काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। मंगलबार चाँदीको मूल्यमा भने कुनै फेरवदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने सोमबारजस्तै मंगलबार पनि प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।