काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको मूल्य तोलामा तोलामा ६०० रुपैयाँले घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने तोलामा ७०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ९५ हजार १०० र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। आइतबार पनि १५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।