• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अफगानिस्तानमा तालिवान शासनपछि पनि पुरूष क्रिकेटको ‘चार्म’ उस्तै, महिला टोलीको नामोनिशान मेटिने संघारमा

64x64
नेपाल लाइभ शनिबार, भदौ ११, २०७९  १७:१२
1140x725

काठमाडौं– अफगानिस्तानमा तालिवान शासन पुनर्बहाली भएको एक वर्षभन्दा बढी समय बितिसकेको छ। यसले जीवनका हरेक पक्षमा गहिरो प्रभाव पारेको छ। तर, क्रिकेटमा कस्तो प्रभाव परेको छ?

अफगानिस्तानमा भर्खरै सुरू भएको महिला क्रिकेटलाई नै एक उदाहरणको रूपमा लिन सकिन्छ। अहिले अफगानिस्तानमा महिला क्रिकेट पूर्ण रूपमा रोकिएको छ। यद्यपि, तालिवानले अन्य प्रकारका सार्वजनिक मनोरञ्जनलाई प्रतिबन्ध लगाए पनि पुरूष क्रिकेटलाई भने स्वीकार र समर्थन गरेको छ।

जब तालिवानी शासन पुनर्बहालीका प्रारम्भिक दिनहरू थिए, अफगानिस्तान क्रिकेट संघ (एसीबी) का लगभग सबै पदाधिकारीहरू देशबाट भागिसकेका थिए। महिला क्रिकेटप्रति तालिवानको रूढीवादी दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्थायी सदस्यतालाई लिएर पनि केही प्रश्न उठेका थिए। 

No description available.

प्रायोजक ‘ब्याक’ हुँदा बोर्डको आम्दानी घटेको थियो। यद्यपि, विदेशी टोलीहरू अफगानिस्तान भ्रमणमा आउने क्रम जारी छ। त्यसैले अहिले युएई अफगान पुरूष क्रिकेटरहरूको दोस्रो घरमा परिणत भएको छ। तर, यी कठिनाइका बाबजुद पनि क्रिकेटको दबदबा घटेको छैन।

पूर्व छनोटकर्ता असदुल्लाह खान क्रिकेट सञ्चालनलाई सहज बनाउन एसीबीलाई केही सुझावहरू तयार गर्दैछन्। उनले भने, ‘सुरूमा अलिकति अनिश्चिततापछि हामीले अहिले क्रिकेट अझै फस्टाएको देख्यौं। खेलको लागि उत्साह र जोश बढेको छ। पैसा पक्कै आउन थालेको छ। तालिवान शासनले क्रिकेटलाई समर्थन गरेको छ। तर, प्रायोजकहरू अगाडि आउन चाहँदैनन्। आईसीसी कोष पनि अब सिधै हामी कहाँ आउँदैन। उनीहरूलाई एसीबी छ भन्ने पनि थाहा छैन।’

तालिवानको आगमनपछि अफगानिस्तानमा बैंकिङ र विदेशी मुद्रा भुक्तानीमा कठिनाइ छ। यता, आईसीसीले कोषबाट छुट्याएकोभन्दा कम रकम भुक्तानी गरिरहेको छ। जसका कारण एसीबीसँग नगदको अभाव छ। हाल, एसीबी आफ्नो कर्पोरेट र घरेलु क्रिकेट पूर्वाधारमा परिवर्तन ल्याउने कोसिस गरिरहेको छ। साथै राजधानी काबुलमा पूर्वधारहरू निर्माण गर्ने प्रयास गरिरहेको छ।

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

असदुल्लाहले भने, ‘अहिलेसम्म काबुल क्रिकेटको सबैभन्दा ठूलो केन्द्र बनेको छ। तर, यसलाई अझ धेरै ठाउँमा लैजानु आवश्यक छ। हामीले कान्दाहार र खोश्तजस्ता क्षेत्रमा सुविधा सुधार गर्न पहल गरेका छौं। हरमा पनि कोचिङ सुविधा हुनुपर्छ। यद्यपि, यो प्रक्रियालाई पैसा पनि चाहिन्छ।’

हाल अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीमा राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानजस्ता चर्चित खेलाडीहरू छन्। उनीहरू विश्वभरका टी–२० लिगमा सहभागिता जनाउँदै आइरहेका छन्। 

कोरोना महामारीपछि राशिदले ६ लिग र ११४ टी–२० खेल खेलेका छन्। यता, नाबीले एउटै लिगमा ६३ टी–२० खेल खेलेका छन्। मुजिबको नाममा ७ प्रतियोगिता र ५८ खेल छन्। तीव्र गतिका बलर नवीन उल हकले पनि चार प्रतियोगितामा ६८ खेल खेलेका छन्।

तर, यस्तो अवस्थामा यी खेलाडीहरूले घरेलु क्रिकेटमा युवा खेलाडीसँग खेल्ने र केही सिकाउने मौका पाउँदैनन्। यी खेलाडीहरू राष्ट्रिय क्याम्पमा भाग लिँदैनन्। उनीहरू प्रायः प्रतियोगिताको समयमा मात्र राष्ट्रिय टोलीमा समावेश हुन्छन्। राशिद र नाबीजस्ता धेरै खेलाडीको बासस्थान अहिले युएईमा नै बनेको छ।

Xtrem

Xtrem

मिडल अर्डरका पूर्वब्याट्सम्यान तथा हाल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रइस अहमदजाई भन्छन्, ‘राशिद, मुजिब र नाबीसँग युवा खेलाडीहरूलाई सिकाउने धेरै कुरा छन्। उनीहरूले विभिन्न अवस्थामा खेल्ने र तयारीको तरिका बताउन सक्छन्। यो नि: शुल्क ज्ञान हो। तर, उनीहरूलाई अफगानिस्तान जाने फुर्सद छैन।’

तर, युवा खेलाडीको विकासको बाधा कोचिङ भूमिकामा निरन्तरता नहुनु पनि हो। अफगानिस्तान क्रिकेटमा यो समस्या तालिवान शासन हुनुअघिदेखि नै छ। जोनाथन ट्रोट र उमर गुलजस्ता वर्तमान प्रशिक्षकहरू डिसेम्बर २०२२ सम्म अनुबन्धित छन्। जुनमा जिम्बाब्वे भ्रमणअघि युनिस खानले ब्याट्सम्यानसँग काम गर्न तीन हप्ता समय पाएका थिए। 

ग्रीम थोर्पे अस्वस्थ भएकाले टोलीको त्यो भ्रमणमा कुनै मुख्य प्रशिक्षक थिएनन्। ट्रोटलाई आयरल्यान्ड भ्रमण र त्यसपछि एसिया कपको लागि टोलीको नेतृत्व गर्न भनिएको थियो। 

No description available.

सन् २०१९ देखि अफगानिस्तानको क्रिकेट टोलीले ५ जना मुख्य प्रशिक्षक पाइसकेको छ। तर, कोही पनि नयाँ खेलाडी खोज्न अफगानिस्तान जान सकेका छैनन्। उनीहरू सबैले युएईमा उपलब्ध खेलाडीहरूबाट राष्ट्रिय टोली बनाउँदै आइरहेका छन्।

अहमदजाईले भने, ‘मुख्य प्रशिक्षकका लागि अफगानिस्तानमा चलिरहेको प्रणाली बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसले प्रत्येक खेलाडीको विकासलाई अझ राम्ररी बुझ्न र दीर्घकालीन योजनाहरू  बनाउन मद्दत पुग्छ। तर, यस विषयमा निरन्तरता भने देखिएको छैन।’

अफगानिस्तानले जिम्बाब्वेमा भएको एकदिवसीय र टी–२० आई दुवै सिरिज ३–० ले जितेको थियो। तर, एसिया कपअघि आयरल्यान्डमा भएको टी–२० आई सिरिज २–३ ले गुमायो। 

अहमदजाईले भने, ‘एसिया कप र टी–२० विश्वकपअघिको यस्तो नतिजा हाम्रा लागि राम्रो चेतावनी थियो। कहिलेकाहीँ ठूलो प्रतियोगिता अघि जित्छौं र त्यसपछि गति कायम राख्न असफल हुन्छौं। हामीले जित्नुपर्ने खेल हार्‍यौं, यो ठिक भएन। पहिलो दुई खेल हारेपछि लय समात्दै जित्यौं तर निर्णायक खेल हार्न पुग्यौं। अब हामीलाई थाहा छ एसिया कप र विश्वकपमा के गर्नुपर्छ।’

उनले थपे, ‘हामी ठूला टोलीहरूविरूद्ध राम्रो खेल्छौं। तर, महत्त्वपूर्ण चरणहरूमा नियन्त्रण गुमाउँछौं। हामी धेरै वर्षदेखि क्रिकेट खेल्दै आएका छौं र केटाहरूले भावनात्मक बन्न र गल्ती गर्नबाट जोगिनै पर्छ।’

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
सम्बन्धित सामग्री
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट... शुक्रबार, असोज १६, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्