• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

बजारमा अचाक्ली महङ्गी : सरकार खै?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १०, २०७९  २०:५०
1140x725

बजारमा महङ्गी अचाक्ली बढेको छ। काम गरेर खाने वर्गलाई दैनिक खर्च चलाउन निकै सकस भइरहेको छ। बजारमा महङ्गी बढ्नुका धेरै कारण देखिन्छन। तर, यस मध्येको प्रमुख कारण हो उदारवादको नाममा सरकारले बजारलाई बेलगाम छोड्नु। सरकारले नियमित रुपमा बजारमाथि अनुगमन गर्न जरुरी हुन्छ। तर, सरकारले व्यवसाय गर्ने अनुमति जारी गर्छ अनि आफ्नो जिम्मेवारी पूरा भएको सम्झेर मौन बस्छ जसका कारण दशैं, तिहार, तीज जस्ता नेपालीका प्रमुख चाडको मुखैमा व्यापारीहरुलाई मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगी गर्न सहज भएको छ। 

संविधानको धारा ३६ मा  खाद्य सम्बन्धी अधिकार संविधानको मौलिक हकको रुपमा राखिएको छ। उक्त धारामा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी अधिकार हुने भनिएको छ। प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने छ र खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थावाट सुरक्षित  हुने हक हुने छ भनिएको छ।

संविधानले यसरी मौलिक हकको रुपमा खाद्य अधिकार राखेपछि सरकारले त्यस अनुरुपको काम गर्न नसक्दा बजारमा लुटतन्त्र मच्चिएको देखिन्छ। उपभोक्ता अधिकारकर्मी अधिवक्ता ज्योति बानियाँले महङ्गी नियन्त्रण गर्ने कानुनहरु रहेको तर त्यसको कार्यान्वयन गर्नु पर्ने  सरकारले नै आफ्नो दायित्व पूरा नगरेको बताउँछन्। अखाद्य वस्तु बिक्री गर्ने, कालोबजारी गर्ने  र बजारमा वस्तुको कृत्रिम अभाव गराउने व्यक्तिलाई कारबाही गर्ने कानुन छन् तर त्यो जिम्मेवारी पूरा गर्नुपर्ने निकायले नगर्दा बजारमा महङ्गी अनियन्त्रित हुँदै गएको देखिन्छ।

खास गरी रुस-युक्रेन युद्धका कारण संसारभरि नै आपूर्ति प्रणाली प्रभावित भएको छ। उत्तरी छिमेकी चीनले कोभिड नियन्त्रण गर्न भन्दै नेपाली व्यवसायीहरुले आयात गरेका करोडौं रुपियाँका सामान रोकिदिँदा बजारमा सामानको अभाव हुन पुगेको छ।  तर, आन्तरिक कारण पनि त्यत्तिकै महत्त्वपूर्ण छन्। 

केही हदसम्म मुलुकको राजनीति पनि यसका लागि जिम्मेवार रहेको छ। राजनीतिक दलहरु जनताको भोट भन्दा व्यापारीहरुको नोटमा भर पर्न थालेपछि नीति पनि त्यही अनुसार बन्दै गएको देखिन्छ। व्यापारीले नेता र सरकारलाई चन्दा दिन्छ भने त्यसको असुली पनि उसले कुनै न कुनै माध्यमबाट गर्छ, त्यो भनेको आम उपभोक्ता नै हो। आम्दानी मनग्ये हुनेहरुले त बजारमा  मूल्य वृद्धि भएपनि दैनिक व्यवहार चलाउलान् तर जसको न्यून आय छ र गरिबीको रेखामुनि  रहेका छन् उनीहरु भोकै बस्नुको विकल्प देखिँदैन।  जो अनौपचारिक श्रमको क्षेत्रमा काम गर्दछन् दैनिक गुजाराका लागि काम गर्ने यस्तो वर्ग झन् ठूलो मारमा परेको देखिन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

बजारका बेथिति र कालो बजारी नियन्त्रण गर्न सरकारले बजार अनुगमनका लागि वाणिज्य विभागलाई तोकेको छ। जिल्लामा सहायक सिडीयोलाई अधिकार दिएको छ। त्यस्तै स्थानीय सरकारलाई पनि यसको अधिकार रहेको छ। उनीहरुले प्रभावकारी रुपमा काम गर्ने हो भने बजारमा देखिएको बेथिति नियन्त्रण  असम्भव छैन। 

कतिपय स्थानीय सरकारहरुले आफैं कानुन र कार्यविधि  निर्माण गरी बजार अनुगमन नियमित रुपमा गरिरहेको पनि देखिन्छ। यसलाई अझै व्यवस्थित बनाउँदै सबै स्थानीय तह र केन्द्र सरकारले पनि अनुमगन र कारबाही तीव्र बनाउनुपर्छ। राम्रा काम गर्ने व्यवसायीहरुलाई हौसला दिनुपर्छ भने कालोबजारी गर्नेहरुमाथि डन्डा चलाउन जरुरी छ। कानुनको परिपालना गर्दै जनतालाई सुशासन दिने जिम्मेवारी सरकारको हो। आम उपभोक्ता लुटिएको टुलुटुलु हेरेर बस्ने सरकार हुन सक्दैन। जनताको सार्वभौम अधिकार प्रयोग गरेर सत्तामा पुगेको र सरकारी संयन्त्रमा रहेकाहरुले जनताकै लागि काम गर्नुपर्दछ। जनताको लागि काम गर्ने हो भने तत्काल बजारमा हस्तक्षेप गरिनुपर्दछ। बजारमा देखिएको विचलन रोक्नका लागि पनि मौसमी अनुगमन हैन नियमित अनुगमन हुन जरुरी छ।

बजार अनुगमनका लागि अनुगमन मात्र  गर्ने अनि कालोबजारी गर्नेहरुलाई सचेत मात्र गराएर उन्मुक्ति दिँदा उनीहरुले प्रश्रय पाइरहेका छन्। त्यसैले सरकारले अग्रसरता देखाएर बजारमा हस्तक्षेप नगर्ने हो भने व्यापारीहरुको मनलाग्दीपन बढ्ने छ अनि उपभोक्ता मारमा पर्ने छन्। महिनाभरि गरेको आम्दानी बजारमा मात्र बुझाउनुपर्ने अवस्थाले जीवनस्तर कहिल्यै पनि सुध्रिँदैन। जीवनस्तर उकास्नका लागि उपभोक्ताले गरेको आर्जनको केही हिस्सा बचत पनि हुन जरुरी छ। त्यसका लागि सरकारले बजारको मूल्य स्थिर र एकरुपता कायम गराउन सक्नुपर्ने छ। महङ्गी नियन्त्रणमा राख्न सरकारले अग्रसरता देखाउन नचुकोस्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस श्रृंखलाका थप सामग्रीहरू :
महङ्गी नियन्त्रणमा सरकारी प्रयास: तथ्यांकमा घटाउने, बजारमा जेसुकै होस्!

जब नेता व्यापारी हुन्छन् जनताले लुटतन्त्र र महंगी भोग्नुपर्छ : ज्योति बानियाँ [अन्तर्वार्ता]
महङ्गीको मार: गरिखानेले कसरी जोड्ने हातमुख?
कहालीलाग्दो महङ्गी: छाक टार्ने कि आङ ढाक्ने?
सरकारकै नीतिका कारण मूल्यवृद्धि, घटाउने पहल नै भएन

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २०:५०
  • #महङ्गीको मार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्