• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुराका ९ मध्ये ६ पालिका जितेको एमाले समग्र मतमा कति अघिपछि?

64x64
नेपाल लाइभ मंगलबार, भदौ ७, २०७९  २१:३५
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ। 

वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिष्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ। 

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन्। 

एउटा मात्रै निर्वाचन क्षेत्र भएको बाजुरामा गठबन्धन दलहरु एकै ठाउँ उभिने हो भने एमाले २ हजार १ सय ५८ मतले पछि पर्छ। यदि स्थानीय तहको निर्वाचन जस्तै गठबन्धन हुन नसक्ने हो भने चाहिँ एमालेले जित्ने देखिन्छ।

प्रतिनिधि सभामा को?
प्रतिनिधि सभाका लागि एमालेबाट तीनजना नेताको दाबी देखिन्छ। यसअघिकै सांसद लालबहादुर थापा दोहोरिने तयारी गरिरहेका छन्। पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा यसपल्ट फेरि चुनाव लड्ने चाहना व्यक्त गरिरहेका छन्। पूर्वप्रदेश मन्त्री समेत रहेका प्रकाश शाहको पनि यसपल्ट प्रतिनिधि सभामा उक्लिने आकांक्षा देखिन्छ।

कांग्रेसबाट भने सहमहामन्त्री बद्री पाण्डेले यसपल्ट भूगोलबाटै सांसद बन्ने तयारी गरेको लामो समय भयो। पार्टी राजनीतिमा पदाधिकारी भइसकेका उनले भुगोलबाट परीक्षण हुने अवसर पाएका छैनन्। त्यसैले सवैभन्दा बलिया उम्मेदवार उनी नै देखिन्छन्। 

पूर्व जिल्ला सभापति कविराज पण्डित २०७५ सालको निर्वाचनमा पराजित भएका उम्मेदवार हुन्। सभापति शेरबहादुर देउवा गुटका उनी पनि स्वभाविक आकांक्षी हुन्। पाण्डे र पण्डित फरक गुटका भएकाले आ–आफ्नो लबिङ कायम राखेका छन्न। 

जिल्ला सभापति रामसिंह रावल पनि उम्मेदवारका आकांक्षी हुन् तर उक्त गुटबाट पाण्डे अघि सर्दा रावल छायाँमा परेका छन्। पूर्व जिल्ला सभापति मनबहादुर रावल पनि फेरि एकपल्ट उम्मेदवार बन्ने तयारीमै देखिन्छन्। 
सर्वसम्मति भए उम्मेदवार बन्ने चाहना बनाएर नेपाल आइपुगेका डा अंगराज तिमिल्सेना भने त्यस्तो संकेत नदेखेपछि आफ्नै काममा फर्केका छन्। सिंगापुरबाट नर्वे सरुवा भएका उनी ओस्लो पुगिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सभा र उम्मेदवार मिलाउने चुनौती
पार्टी विभाजनबाट गुज्रिएको एमालेमा मतभेद कम देखिन्छ। टिकट लिनका लागि आ–आफ्नो दाबी चर्को पारेपनि उनीहरु अन्तिममा एक ठाउँ आउने सम्भावना छ। 

कांग्रेसमा भने स्थानीय तह निर्वाचनमा एक गुटले अर्कोलाई हराएको आरोप कायम छ। अर्कातिर जिल्लास्तरमा गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेट्न सकेको छैन। स्थानीय तहको निर्वाचनमा गठबन्धनका दललाई ’इग्नोर’ गर्दा कांग्रेस खुम्चिन पुग्यो। त्यसैले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समेटेरै लैजानुपर्ने चुनौती छ। 

प्रदेश सभा (क)मा कांग्रेसका आफ्नै प्रशस्त उम्मेदवार छन्। त्यसैमाथि पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीले त्यसैका लागि लबिङ गरिरहेका छन्। गत निर्वाचनमा एमालेका बलदेव रेग्मीसँग पराजित उनी यसपल्ट जित निकाल्न लागिपरेका छन्। 

यही क्षेत्रमा आफूलाई भाग दिनुपर्ने चाहना एकीकृत समाजवादीको छ। एकीकृत समाजवादीका नेताहरु हिक्मत शाही, नरेश शाही, नीर शाही र पुर रावत यही क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। स्थानीय तहमा कांग्रेसले नसमेटेकाले यो निर्वाचनमा निशर्त समर्थन गर्न उनीहरु तयार देखिदैनन्। 

प्रदेश सभा (क)मा एमालेबाट रेग्मीको दोहोरिने चाहना छ। तर एमालेलाई समेत यहाँ चुनौती छ। पूर्व माओवादी केन्द्रबाट एमालेमै बसेको समूहलाई समेट्नुपर्नेछ। पूर्व माओवादीबाट एमालेमा पुगेका सहदेव बोगटी उम्मेदवार बन्ने तयारी गरिरहेका छन्। उनका लागि माओवादी केन्द्रका पदाधिकारीले नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लबिङ गरिदिएका छन्। उनी लड्दा माओवादी केन्द्रमै रहेकाहरुको मत समेत आएर जित्ने सम्भावना पनि बलियो रहेको एकथरिको विश्लेषण छ। 

यसैगरी प्रदेश सभा (ख) मा कांग्रेससँग प्रशस्त उम्मेदवार छन्। कविराज पण्डितले संघमा नपाउँदा स्वतः दाबी प्रदेशको रहन्छ। संघमा पाण्डे वा संस्थापनइतरका कसैले पाउँदा गुट मिलाउन पनि उनलाई टिकट दिनुपर्ने हुन्छ। पण्डितले प्रदेशमा उम्मेदवार बन्ने चाहनना नराखेमा भने कांग्रेसका पूर्वसभापति मानबहादुर रावल, चक्र शाह, पदम शाही, रामसिंह रावललगायतले दाबी गर्नेछन्। 

एमालेबाट प्रदेश सभा (ख)मा संघमा टिकट नपाउँदा प्रकाश शाह दोहोरिन चाहनेछन्। वा संघमा टिकट नपाउने थापाद्वयबाट एकले प्रदेशमा चित्त बुझाउन सक्ने सम्भावना पनि छ। तर नेता लालबहादुर ओली आफूलाई अवसर दिनुपर्ने दाबी गरिरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २१:३५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्