• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्किल सेवाका डाक्टरले गरिदिन्छन् अब घरको उपचार

64x64
कल्पना घिमिरे शनिबार, भदौ ११, २०७९  १४:०५
1140x725

काठमाडौं– मान्छे बिरामी हुँदा जाँच तथा उपचार गराउन अस्पताल लगिन्छ। वा, डाक्टरलाई घरमै बोलाएर परीक्षण गराई उपचार गरिन्छ। यो सबैलाई थाहा भएकै कुरा हो। तर अब, घरको उपचार हुन गरेको छ? घरको पनि उपचार! सुन्दा अनौठो लाग्ला।

तर, अब घरको उपचार सेवा पनि सजिलै प्राप्त गर्न सकिन्छ। नेपालमा घरको समेत परीक्षण र उपचार हुन्छ। त्यो पनि ‘डाक्टर’ घरमै बोलाएर घरको परीक्षण र उपचार गराउन सकिन्छ। 

घरको परीक्षण र उपचार गर्ने सेवा दिने प्रविधि विकास गर्ने इन्जिनियर रमेश तिमिल्सिना, महेश तिमिल्सिना र रामशरण थापा हुन्। तीनजना सहपाठी मिलेर निकालिएको उपाय अहिले स्किल सेवा (घरको डाक्टर) बन्न पुगेको छ।

Skill_Sewa_21661514315.jpg

के हो स्किल सेवा?
‘हाम्रो सर्भिस घर सम्बन्धी हो। दर्तामा स्किल सेवा प्राइभेट लिमिटेड नै छ। तर, ग्राहकहरूले घरको डाक्टर, मेरो घर बिरामी भयो भनेर बोलाउनु हुन्छ। हामीले अनलाइनमा घरको डाक्टर राखेका छौं,’ सञ्चालक रमेश तिमल्सिना भन्छन्।

स्किल सेवा नेपालको पहिलो घरको उपचार सेवा हो। जुन बनाइसकेका घरमा उत्पन्न भएका समस्याको परीक्षण गरेर त्यसको समाधान गर्ने गर्छ। जस्तै; घरमा पानी चुहिने समस्या, चर्केको, धाराको पाइप फुटेको, घरको कोठाको स्पेस बढाउने, रङ, ढलान उप्केको, बाथरुमको समस्यालगायत परीक्षण गरेर समाधान गर्ने एउटा कम्पनी हो। 

जसरी डाक्टरले बिरामीको रोग पत्ता लगाई उपचार गर्छन्, त्यसरी नै स्किल सेवा कम्पनीले घरको परीक्षण गरी उपचार गर्ने गर्छ। आफ्नै गुणस्तरीय सामग्री प्रयोग गरेर ग्यारेन्टीका साथ घरको उपचार गर्ने सञ्चालक रमेश बताउँछन्।

 

Ncell 2
Ncell 2
nimb
nimb

 

 

‘हाम्रो कामको मूल्य टेक्निकल रुपमा रेटलिस्ट हुन्छ। यसको यति भन्ने हुँदैन। सामानको गुणस्तर हेरेर हुन्छ’, रमेश भन्छन्, ‘हामी आँखाले देख्न नसकिने समस्या मेसिनले पत्ता लगाउछौं। अनि, मर्मत गरेर समस्या समाधान गरिदिन्छौँ।’

मान्छे बिरामी हुँदा उपचार गर्ने अस्पताल थुप्रै छन्। गाडी बिग्रेको मर्मत गर्ने स्थान थुप्रै छन्। तीन/चार करोडमा बनाएको घर एउटा मिस्त्रीको भरमा छाड्न नहुने रमेशको भनाइ छ। नेपालमा इन्जिनियरको काम चाहिँ एउटा नक्सा बनाइदिनेसम्म मात्र भएको रमेशको गुनासो छ।

Xtrem

Xtrem

Skill_Sewa_11661514315.jpg

‘मान्छे र घरलाई हामी एउटै सोच्छौं। किनकी मान्छेमा पनि विभिन्न फङ्सन सिस्टम मिलेर एउटा मान्छे बन्छ। जस्तै; एउटा ब्लड सिस्टम हुन्छ। सर्कुलेटिभ सिस्टम हुन्छ। सास फेर्नलाई रेस्क्यूलिटी सिस्टम हुन्छ। यसैगरी घरहरूको पनि आफ्नै सिस्टम हुन्छ। जस्तो कि प्लम्बिङ सिस्टम हुन्छ। ईलेक्ट्रिक सिस्टम वाल सिस्टम हुन्छ। फरक यति मात्र हो, मान्छेले सास फेर्छ घरले फेर्दैन,’ रमेश भन्छन्। 

कसरी सुरु भयो स्किल सेवा? 
तीनै जना सञ्चालक सँगै सिभिल इन्जिनियर पढ्थे। कलेजमा विभिन्न प्रोजेक्ट गरेर इन्टरकलेज प्रतिस्पर्धा भयो। तीनै जनाले सबै अवार्ड जिते। ‘त्यतिबेला हाम्रो प्रोजेक्ट हाईड्रोपावर विशेष थियो। जुन कुरा आफैं गर्न सजिलो थिएन। किनकी अर्बौं पैसा लाग्ने थियो। हामीले बढी गरे रिसर्च पेपर निकाल्न सक्ने मात्रै थियो,’ उनी सम्झिन्छन्।

उनीहरूले तीन वर्षअघि स्किल सेवा नामक कम्पनी खोली आफन्तको स्टोरबाट सञ्चालन गरे। तीनै जना परीक्षाको भोलिपल्टबाट नै काममा लागे। आफ्नै पकेटमा भएको १०/१५ हजार खर्च जम्मा पारेर दुई लाखभन्दा कम लगानीबाट सुरु गरेको रमेश सम्झन्छन्। चिनेका मान्छेको स्टोरमा अफिस बनाए। अफिसको लागि भनेर धेरै खर्च भएन। तीनै जनाले लगानी गरे। तीनै जना काम गर्न फिल्डमा गए। 

सुरुमा स्किल सेवाले बजार राम्रो पाएन। अब ‘नसक्ने भयौँ’ भन्ने पनि सोचे। कोही स्टाफ पनि राखेका थिएनन्। आफूहरूले पनि तलब लिएका थिएनन्। तर, त्यतिबेला काम पनि भएन। केही कमाई भएन। जहाँ पनि तिर्न मात्र बाँकी भयो। छ महिनासम्म घाटामा थिए। कर, तिर्नुपर्ने भन्ने थाहा थिएन। शून्य आम्दानीमा काम गरेकाले आफैंले खल्तीबाट कर तिर्न परेको थियो।

६ महिनापछि स्किल सेवाले मार्केट राम्रै लियो। केही स्टाफ राखेर काम गर्न थाले। काठमाडौं, भक्तपुर र ललितपुरबाट कामका लागि अफर आउन थाल्यो। त्यसपछि काम गर्ने आशा जागेको उनी बताउँछन्। 

रमेश भन्छन्, ‘अहिले राम्रै बीजी छौँ। एउटा क्लाइन्टले १० दिन कुर्नपर्ने हुन्छ।’ स्किल सेवाले अहिले १० हजारभन्दा बढी समस्या समाधान गर्न सफल भसकेको उनी सुनाउँछन्। उनीहरूकहाँ एक दिनमा ५० वटा समस्या आउने गर्छन्। समस्या आएको १० दिनपछि मात्र निरीक्षण लागि जान्छन्। घर निरीक्षणका लागि दुई हजार शुल्क लिने गर्छन्। अहिले दिनमा १५ वटा घरको समस्या समाधान गर्ने गरेको उनले बताए।

चार सय जनालाई रोजगारी
स्किल सेवाले अहिले चार सय जनालाई रोजगारी दिएको छ। अब दशैंपछि तीन हजार जनालाई रोजगारी सेवा दिने लक्ष्य रहेको छ। कामदारलाई काम गरेवापत उचित तलब स्केलको व्यवस्था गरेको रमेश बताउँछन्। 

Skill_Sewa_31661514315.jpg

‘लेबरले मासिक ३० देखि ४० हजार कमाउँछन्। स्टाफको ५० देखि ६० हजार रुपैयाँसम्म हुन्छ। लेबर म्यानेजरले ७० देखि ८० हजार रुपैयाँसम्म प्राप्त गर्दछन्,’ रमेशले सुनाए। 

काठमाडौंका ८० प्रतिशत घरहरू समस्याबाट ग्रसित छन्। नेपालमा घर बनाउँदा सामानको गुणस्तर हेरिन्छ। तर, ठेकेदार र लेबर सस्तोमा लगाउने प्रवृत्तिका कारण घर चर्किने, पानी चुहिने जस्ता समस्या आउँछन्। 

रमेश भन्छन्, ‘गुणस्तरीय सामान जस्तै ठेकेदार अलि शिक्षित रोजे घरमा आउने समस्या कमी हुन्छ।’

युट्युब, फेसबुकदेखि टिकटकसम्म 
स्किल सेवा युट्युब, फेसबुक पेजदेखि अहिले टिकटक एपमा समेत निकै सक्रिय छ। जहाँ स्किल सेवाले गर्ने काम सम्बन्धी भिडियो र फोटोेहरू राखिएका छन्। टिकटकमा ८७ हजारभन्दा बढी फलोअर्स छन्। जसमा घर बनाउँदा कस्ता सामग्री प्रयोग गर्ने, कुन सामग्रीको गुणस्तर राम्रो, कुन कमसल भन्ने जस्ता भिडियो राखिएका छन्।

Skill_Sewa_41661514315.jpg

साथै, घरको समस्या देखाएर त्यसको समाधान गरेको भिडियो समेत पोष्ट गरिएका छन्। घर निर्माणमा कस्ता सामग्री प्रयोग गर्ने भनेर प्रश्न समेत टिकटकमा सोधेर विजेतालाई पुरस्कारको रुपमा रिचार्ज कार्डको व्यवस्था गर्ने गरिएको रमेश बताउँछन्। 

घरबेटी एप सुरु गरिँदै
स्किल सेवाले अबको एक महिना एउटा एप लञ्च गर्ने योजना बनाएको छ। जुन एपको नाम घरबेटी रहनेछ। यो घरबेटीलाई मध्यनजर गरेर बनाइएको हुँदा यसको नाम नै घरबेटी राखिने सञ्चालक तिमिल्सिना बताउँछन्। 

घरबेटी एपको काम चाँहि आफ्नो घरलाई कसरी मेन्टेन गर्ने भन्ने हुन्छ। जस्तो कि रेन्ट (भाडा) म्यानेजमेन्ट गरिएको हुन्छ। जस्तै, कोठा भाडा, पानी, फोहोर, बत्तीको बिल, घरमा कोको बस्छ? विस्तृत विवरण समावेश गरी घरबेटीका लागि सजिलो हुने बताएको छ। 

अबको केही महिनापछि स्किल सेवाले नेपालका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना बनाएको छ। दशैंपछि यसका शाखाहरू चितवन, बुटवल र पोखरामा खोल्ने सञ्चालक रमेशले बताए। 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्