• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चार पुस्तादेखि भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा, ‘घर न घाट’को अवस्थामा ६४ परिवार

64x64
धनु विश्वकर्मा बुधबार, भदौ १, २०७९  ०९:२४
1140x725

काठमाडौं– नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका– ६ बडरीका किसान अहिले काठमाडौं आइपुगेका छन्। स्थानीय सरकार र प्रशासनले नसुनेपछि उनीहरु केन्द्रको सरकारलाई आफ्नो पीडा सुनाउन सिंहदरबार छेउको माइतीघरमा धर्नामा बसेका छन्। 

‘किसानलाई न्याय देउ, भूमाफिया र भ्रष्ट कर्मचारीलाई सजाय देउ सरकार’ जस्ता नारा लेखेका पर्चा बोकेर किसानहरु माइतीघरको सडकमा धर्ना दिइरहेका छन्। 

बडरीका ६४ परिवार त्यो बेलाका जमिन्दार प्रेमशरण खत्रीको जग्गा भोगचलन गर्दै आएका थिए। त्यसका लागि उनीहरुले खत्रीको परिवारलाई जग्गाको मूल्य पनि तिरेका थिए। प्रेमशरणको जन्म नेपालमा भएपनि उनी भारतीय थिए।

नेपालमा २०२१ सालमा भूमि ऐन आएपछि प्रेमशरणको जग्गामा खेती गर्दै आएका किसानको मोहियानी हक स्थापित भयो। पछि प्रेमशरण मोहियानी हक स्थापित भएका किसानलाई नै जग्गा ‘जिम्मा लगाएर’ भारत गए।

किसानले वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका थिए। तर, २०७४ सालमा मात्रै उनीहरुलाई थाहा भयो– आफूहरुले भोगचल गर्दै आएको जग्गा त भूमाफियाले कब्जा गरिसकेका रहेछन्। 

प्रेमशरणको छोरा बनेर अनुप खत्रीको इन्ट्री!
पाल्हीनन्दन गाउँपालिका– ६ का वडाध्यक्ष कृष्णचन्द्र यादवका अनुसार २०७४ सालमा २ जना भारतीय र ३ जना नेपालीले बडरीका किसानलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा आफूहरुको भन्दै जग्गा छाड्न धम्की दिए। 

यसरी धम्की दिनेमा भारतीय नागरिक दिपेन्द्र सैतवार, एसकुमार सैतवार तथा नेपाली नागरिक प्रदिप सुनार, तेजस सुनार र प्रियंका वर्मा थिए। आफूहरुले भोजचलन गर्दै आएको जग्गा अरुले नै आफ्नो हो भन्दै खाली गराउन धम्की दिन थालेपछि पीडित किसानहरु नवलपरासी जिल्ला अदालत पुगे।

किसानहरु अदालत पुगेपछि खुल्यो– जग्गा त प्रेमशरणका छोरा बनेर अनुप खत्री मेहर नाम गरेका व्यक्तिले बेचिसकेका रहेछन्। वडाध्यक्ष यादवका अनुसार मालपोत र नापी कार्यालयका कर्मचारी सँगको मिलेमतोमा अनुपले ३४ विघा जमिन ५ जनालाई बेचेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अनुपले आफू प्रेमशरणको छोरा भएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता समेत लिएका रहेछन्– अनुप खत्रीको नाममा। पीडित किसानका अनुसार अनुपसँग भारतीय नागरिकता पनि छ। भारतमा उनले आफ्नो नाम अनुप मेहरा लेख्छन्। 

Nawalparasi_Kisan_Mohiyani_Hak1660635608.jpg

त्यसपछि किसानले अनुपसहित मिलमेतोमा जग्गा नामसारी गर्दै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए।

जग्गा किनबेचको प्रकरणमा मालपोत कार्यालयका तत्कालीन प्रमुख टीकाराम ज्ञवालीलगायत २४ जनालाई अख्तियारले निलम्बन समेत गर्‍यो। तर, किसानले जग्गा फिर्ता पाउने अवस्था भने अझै बनेको छैन।

पीडित किसान भन्छन्– जग्गा फिर्ता नपाए के गरेर बाँच्ने?
केन्द्र सरकारलाई आफ्नो पीडा सुनाउन काठमाडौं पुगेका किसानहरु आफूहरुले जग्गा फिर्ता पाउनुपर्ने बताउँछन्। आफ्नो पितापुर्खा समेतले भोगचलन गर्दै आएको जग्गा अहिले आएर अर्कैले कब्जा गर्दा आफूहरु ‘घर न घाट’को भएको उनीहरुको भनाइ छ। 

जग्गापीडित किसान रामदेव केवटका अनुसार उनका हजुरबुवाले प्रेमशरणबाट १३ कठ्ठा ५ धुर जग्गा लिएर भोजचलन गर्दै आएका थिए। जग्गा भोगचलनका लागि उनका हजुरबुवाले त्यतिबेला प्रेमशरणलाई पैसा पनि तिरेका थिए। 

Nawalparasi_Kisan_1660635608.jpg

२०२१ सालको नापीका क्रममा जग्गामा उनको परिवारको मोहियानी हक स्थापित भयो। उक्त जग्गामा केवटको परिवारले सानो टहरा पनि बनाएको छ। तर, अहिले जग्गामा कब्जा जमाएकाहरुले उनको परिवारलाई बारम्बार जग्गा खाली गर्न धम्की दिइरहेका छन्। 

‘त्यतिबेला जमिन्दारले जमिन नामसारी गरेर बेच्दैनथिए। त्यहीभएर हाम्रा हजुरबाले पैसा तिरेर जमिने भोगचलन गर्ने गरेका थिए। २०२१ सालको नापीका क्रममा हामी मोही कायम भयौं। ४ पुस्तादेखि भोगचलन गर्दै आएको जग्गा हाम्रै हो। तर, अहिले अनुप खत्री भन्नेले अर्कैलाई बेचेको कुरा आयो। उनीहरुले हामीलाई जग्गा खाली गर्न भनेर बारम्बार धम्की दिइरहेका छन्,’ केवट भन्छन्।  

बडरीकै पिंकु सैतवारको ३ बिघा १७ कठ्ठा जग्गा पनि भूमाफियाको कब्जामा पुगेको छ। तिनै अनुप खत्रीले आफ्नो जग्गा भन्दै पिंकु सैतवारको जग्गा पनि भूमाफियालाई बेचिदिएका रहेछन्। 

‘गास, बास जोहो गर्ने जग्गा अहिले अनुप खत्री भन्नेले अर्कैलाई बेचिदियो। हामी त घरबार विहीन भएका छौं,’ पिंकु भन्छिन्, ‘जग्गा नभयो भने हामी के गरेर बाँच्ने। जसले हाम्रो जग्गा बेच्यो सरकारले त्यसलाई कारबाही गर्नुपर्‍यो। हाम्रो जग्गा फिर्ता हुनुपर्‍यो।’

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्