दाङ- आइतबार दिउँसो प्यूठानमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
नौबहिनी ५ डामृका जीपका चालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा मृत्यु भएसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए।
प्यूठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी ४ वर्षीया छोरी करुणा बुढामगर र उनकै २५ दिने शिशु चेतना बुढाको उपचारकै क्रममा मृत्यु भएको थियो।
उनीहरु तीनै जनाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा १५ जना घाइते भएका छन। घाइतेको विजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भइ सडकदेखि करिब ४० मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।