• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीर्ष नेताको छायाले संसद्‌मा पुग्नै सकस परेका युवा नेता 

64x64
ईश्वर बराल शुक्रबार, साउन २७, २०७९  २०:१०
1140x725

काठमाडौं–प्रधानमन्त्री शेरबहादर देउवाले विश्व युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमा अन्तरपुस्ता ज्ञान तथा सीप हस्तान्तरण कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। तर युवालाई नेतृत्व वा संसदीय निर्वाचनमा टिकट हस्तान्तरणका बारेमा प्रधानमन्त्री स्वयं र शीर्ष नेतृत्व मौन देखिन्छन्।

कतिपय प्रतिभावान युवा नेताहरु त उनीहरुले ३१ वर्षदेखि निर्वाचन क्षेत्र ओगटेका कारण छायामा छन्। कति पलायनसमेत भइसकेका छन्। प्रभावशाली नेता निरन्तर निर्वाचनमा उम्मेदवार हुँदा राजनीतिमा खारिएका केही प्रतिभासम्पन्न नेता दृश्यबाट गयल हुने स्थितिसमेत बनेको छ। 

युवा दिवसका अवसरमा चर्चित नेताको छायामा परेका केही युवा नेताहरुको चर्चा गर्दैछौं। जुन आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न चाहन्छन् तर वयोवृद्ध नेताले ठाउँ नछाड्दा समस्यामा छन्। 

देउवाका कारण निर्वाचन क्षेत्र खोजिरहेका नैन
देउवाले निरन्तर डडेल्धुराबाट चुनावमा प्रतिस्पर्धा गर्दा एक पुस्ता नै त्यहाँबाट राजनीतिमा माथि उठ्न सकेन। देउवाबाट पेलिएर भर्खरै अर्को पार्टीमा लागेका कर्ण मल्ल एउटा उदाहरण हुन्। अब तेस्रो पुस्ता देउवाबाट पीडित बन्ने अवस्थामा छ। 

नेपाल विद्यार्थी संघका सभापतिसमेत भएका नैनसिंह महर डडेलधुराका हुन्। विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका महरलाई संसदीय राजनीतिका लागि भने बाधा छ। यसको, बाधक हुन् आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री देउवा। देउवा आसन्न निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट सातौंपल्ट प्रतिस्पर्धा गर्दैछन्।

२०४८ मा पहिलोपटक सांसद बन्दा ४४ वर्षका देउवाले अविछिन्न रुपमा उम्मेदवारी दिइरहेका छन्। उनलाई रोक्नेसक्ने स्थिति कम्तिमा यो निर्वाचनमा छैन। 

आफ्नै जिल्लाबाट उम्मेदवारी दिनको विकल्पमा महरले सोचेनन् भने संसदीय राजनीतिको बाटोमा प्रवेश गर्न मुस्किल देखिन्छ। त्यसैले उनले विकल्पका रुपमा काठमाडौं–६ दाबी गरिहेका छन्। 

रामचन्द्रले रोकेका प्रदीप पौडेल
तनहुँ निर्वाचन क्षेत्र नंबर १ मा कांग्रेसका वरिष्ठ नेता ७८ वर्षीय रामचन्द्र पौडेलले २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए। तर, पराजित हुन पुगे। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही क्षेत्रका हुन् कांग्रेसकै अर्का युवा नेता प्रदीप पौडेल। अघिल्लो निर्वाचनमा युवा पौडेलले वृद्ध पौडेललाई प्रतिनिधिसभाको निर्वाचनमा टिकट छोडेर गण्डकी प्रदेशसभाका लागि प्रतिस्पर्धा गरेका थिए, यद्यपि उनी पनि पराजित भए। 

पार्टीमा महामन्त्रीमा प्रतिस्पर्धा गरिसकेका पौडेलले आसन्न निर्वाचनमा पनि प्रतिनिधि सभामा टिकट पाउने सम्भावना न्यून छ। किनकि ७८ वर्षका पौडेलले आफू ‘नथाकेको’ भनेर उद्घोष गरिसकेका छन्।

२०४८ सालको निर्वाचनमा त्यही क्षेत्रबाट उम्मेदवारी दिँदा उनी ४८ वर्षका थिए। ३२ वर्षपछिको निर्वाचनमा पनि चुनाव लड्ने तयारीमा हुँदा युवा पौडेललाई वृद्ध पौडेल व्यवस्थापन गर्न कठिन हुन सक्छ।

गोपालमानलाई रोक्न नसक्ने धनराज
स्याङ्जा क्षेत्र नंबर २ बाट नेपाली कांग्रेसका ७५ वर्षीय पाका नेता गोपालमान श्रेष्ठले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। तर, उनी पराजितत भए। त्यही क्षेत्रका कांग्रेसका चर्चित नेता तथा उपसभापति धनराज गुरूङलाई टिकट दिएको भए जित्न सक्ने आकलन स्थानीयको थियो। चुनाव समीक्षामा पनि धेरैपटक याे कुरा उठ्यो।

पार्टीमा उपसभापति चयन भइसकेका गुरुङ टिकट पाउनेमा अझै ढुक्क छैनन्।  आगामी निर्वाचनमा श्रेष्ठ र गुरूङबीच कसले टिकट पाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ। देउवा निकट रहेका श्रेष्ठले टिकट पाउन सक्ने प्रबल सम्भावना देखिन्छ। यसले गर्दा राष्ट्रिय राजनीतिमा चर्चित गुरूङ संसदीय राजनीतिमा भने पुनः पछि रहन सक्छन्। यसलाई बुझेका गुरुङ क्षेत्र नं १ बाट भए पनि टिकट लिने दाउमा छन्। 

४६ पछिका महेश र ६० पछिका गुरुराज
मोरङ ४ बाट ६८ वर्षीय महेश आचार्यले संसदीय राजनीतिमा प्रवेश गरेको कम्तिमा ३० वर्ष भयो। २०४६ पछिको आर्थिक उदारीकरणको नीति अख्तियार गर्नेमध्येका एक आचार्य निरन्तर सत्ता र संसद्को नजिक छन्।

कोइराला परिवार नजिक तथा अर्थशास्त्रीसमेत रहेका आचार्यले आगामी निर्वाचनमा उम्मेदवारी दिने–नदिने बारे सार्वजनिक गरेका छैनन्। तर आचार्यको उम्मेदवारीले निरन्तर पछि परेका अर्का नेता छन् गुरुराज घिमिरे। 

२०६० पछि नेपाली कांग्रेस गणतन्त्रको मार्गमा जानुपर्छ भनेर मुखर रुपमा बोल्नेमध्येका नेता हुन् घिमिरे। विद्यार्थी राजनीतिमा लोकप्रियमध्येका एक घिमिरेले आचार्यकै क्षेत्रबाट चुनाव लड्ने घोषण गरेका छन्। अहिले जिल्ला केन्द्रित छन्। 

यस्तै राजनीतिबाट विरक्तिएर सन्यास लिनसमेत सल्लाह मागेका उनी शुभचिन्तकको सल्लाहपछि मोरङ ४ बाट चुनाव लड्ने तयारीमा छन्। 

शीर्ष नेताका सम्धीका कारण अन्यायमा गैरे
पाल्पा क्षेत्र नंबर २ बाट निरन्तर टिकट पाउने व्यक्ति हुन् ६७ वर्षीय सोमप्रसाद पाण्डे। नेकपा एमालेमा हुँदा उनीबाहेक अरुले टिकट पाउने कुनै अवसर थिएन। किनभने पाण्डे माधवकुमार नेपालका सम्धी हुन्। 

एमालेनिकट विद्यार्थी संगठनको अध्यक्ष भइसकेका प्रभावशाली युवा ठाकुर गैरेले दाबी गरे पनि टिकट पाण्डेले नै पाए। पाण्डे अहिले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीमा छन्। त्यसैले यसपल्ट उनीसँगै लड्ने अवसर पाउन सक्छन्। 

अघिल्ला दुई निर्वाचनमा संसदीय राजनीतिमा प्रवेशको बाटोबाट टाढा बस्नु पर्‍यो नेता गैरेलाई। विद्यार्थी राजनीतिबाट आएका गैरे लोकप्रिय युवा नेताहरूमध्येका हुन्। तर, पार्टीमा उनी जहिले ओझेलमा परे। पार्टी फुटेका बेला गठबन्धनसँग चुनाव लड्नुपर्ने चुनौतीको बेला भने टिकट पाउने सम्भावना बढेको छ। तर, उनका लागि संसद्को ढोका त्यति नजिक देखिँदैन।

बौद्धिक छविको संसदीय बैठान
तत्कालीन नेकपा माओवादी केन्द्रका ६८ वर्षीय नेता बाबुराम भट्टराई समकालीन राजनीतिमा बौद्धिक मानिन्छन्। अहिले उनी नयाँ दल दर्ता गराएर मंसिरको निर्वाचनको तयारी गर्दैछन्। भट्टराईको निर्वाचन क्षेत्र हो गोरखा क्षेत्र नंबर २। उनी माओवादीमा रहुन्जेल त्यो क्षेत्रमा अरू नेतालाई संसदीय राजनीतिको लागि निर्वाचनमा मार्ग छोडेनन्। 

उनी माओवादीबाट निस्किए। तर, अर्का नेता  नारायणकाजी श्रेष्ठ आइपुगे। २०७४ को निर्वाचनमा भट्टराईसँग पराजित श्रेष्ठ अहिले राष्ट्रिय सभामा छन्। गठबन्धनले हरियो झन्डा देखाए उनी राजीनामा दिएर चुनावी मैदानमा जाने मनस्थितिमा छन्।  

पहिला भट्टराई र पछिल्लो समय श्रेष्ठका कारण यो दृश्यमा विलुप छन् माओवादी आन्दोलनकै अर्का नेता लेखनाथ न्यौपाने। 

न्यौपाने आसन्न निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। तर, श्रेष्ठ आउन चाहे वा बाबुरामले गठबन्धनमै रहेर चुनाव लड्ने मेसो मिलाएमा उनको चाहना पूरा हुन मुस्किल छ। सक्रियताका साथै बौद्धिक छविसमेत बनाएका न्यौपानेको राजनीतिको गति यी नेताहरुका कारण धिमा हुँदै आएको छ। 

हेडसर सापकोटाले नछोडेको बाटो
सिन्धुपाल्चोक क्षेत्र नंबर १ बाट ६४ वर्षीय अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रबाट निरन्तर प्रतिनिधिसभा निर्वाचनमा सहभागी छन्। उनी माओवादी आन्दोलनमा आउनुअघि र केही समयसम्म विद्यालयका हेडमास्टर थिए। तर, संसदीय राजनीतिको स्वाद पाइसकेका सापकोटा निर्वाचनमा अरूलाई पालो दिने मनसायमा देखिन्नन्।

उनको क्षेत्रमा माओवादीकै युवा नेताहरू सरल सहयात्री पौडल र रामप्रसाद सापकोटा ‘दीपशिखा’ छन्। सहयात्री पार्टीको बागमती प्रदेशका अध्यक्ष हुन्। उनले युवाहरूका माझ तार्किक तथा सैद्धान्तिक नेताको छवि बनाएका छन्। 

यता, दीपशिखा वाइसीएलको कमाण्ड सम्हालिसकेका नेता हुन्। तर यी युवाहरूले अग्नि सापकोटाकाविरूद्ध पार्टीभित्र उम्मेदवारीको दाबी गरेको चर्चा छैन।

सापकोटाले उक्त क्षेत्र नछाड्ने भएपछि दीपशिखा भक्तपुर २ मा एमाले सांसद महेश बस्नेतसँग चुनाव लड्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  २०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्