• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटर ब्याजकाे जालाे : जीवनभर तिर्दा पनि सकिएन ऋण, गरिबका जग्गामा साहुका आँखा 

64x64
धनु विश्वकर्मा शनिबार, साउन २८, २०७९  १७:०१
1140x725

काठमाडौं– नवलपरासी सुस्ताकी लिलाकुमारी केवटकी सासुले घर बनाउन भनेर साहुसँग ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन्। सासुको पनि निधन भइसक्यो। तर त्यो कर्जाको भारले लिलाकुमारी र उनका पतिलाई थिचिरहेको छ। 

५० हजार कर्जा लिएकोमा ३ लाखको तमसुक बनाइयो। जसका लागि एक कट्ठा तीन धुर जग्गा दृष्टिबन्धक राखिएको छ। साहुकारले अहिले ६ लाख रुपैयाँ माग्दै आएका छन्। लिला भन्छिन्, ‘सावाँँव्याज दिएको हो। न तमसुक दिएको छ, न जग्गा नै फुकुवा गरिदियो। ’ 

लिलाका श्रीमान सगेर केवट ४ वर्षदेखि मलेसियामा छन्। उनलाई आमाले लिएको त्यही कर्जा तिर्दैमा ठिक्क छ। ‘विदेश गएर कमाएको पैसा साहुकारको हातमा थम्याउँदैमा ठिक्क छ। घर बनाउन लिएको कर्जाले न घर बन्यो, न भएको जग्गाको लालपुर्जा नै साथमा छ,’ लिला भन्छिन्। 

साहुले ६ लाख तिरे मात्र जग्गा फुकुवा गर्छु भनेर दबाब दिँदै आएका छन्। छोराछोरी माइतीमा राखेर न्यायको खोजीमा काठमाडौं आइपुगेकी उनी भन्छिन्, ‘अब कहाँबाट म ६ लाख फेरि दिऊँ?’

121660388914.jpg

नवलपरासी प्रतापपुर सिलामकी आश्मा खातुनले घर बनाउन भनेर साहु सुनील बाँनियासँग ८ लाख रुपैयाँ कर्जा लिईन्। तर बनाइयो १६ लाखको तमसुक। त्यसका लागि १४ कट्ठा जग्गा दृष्टिबन्धक राखियो। 

उनले हालसम्म अरु जग्गा बेचेर बाँनियालाई ३४ लाख बुझाईसकेकी छन्। तर, साहु भने अझै १४ लाख माग्दैछन्।

प्रतापपुर पच्पेडाकी तिलेस्रादेवीले छोरालाई विदेश पठाउन साहु जगदिश बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिईन्। आम्दानीको स्रोत कृषिबाहेक केही छैन। परिवार ठूलो छ, पाल्नै पर्‍यो। श्रीमान्‌लाई प्रेसरको औषधि खुवाइराख्नुपर्छ। त्यही भएर एकमात्र छोरालाई साउदी पठाउन कर्जा लिनुको विकल्प थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

111660388914.jpg

उनले साहुसँग १ लाख रुपैयाँ लिए पनि एक पटक १० लाख र एक पटक ७ लाख बुझाइसकिन्। छोराले तीन वर्ष विदेशमा बसेर कमाएको सबै पैसा साहुलाई तिर्दैमा सकियो। तर साहुले उनको जग्गा अझै फुकुवा गर्न मानेका छैनन्। 
भन्छिन्, ‘छोरा विदेश गएर कमाएको सबै पैसा साहुलाई दिँदा पनि जग्गा फुकुवा भएन।’

बर्दघाट गंगावस्तिका कुलबहादुर थापा २०७२ सालमा वैदेशिक रोजगारीमा साउदी अरबमा थिए। बस्नका लागि कम्तीमा एउटा राम्रो घर बनाउने सल्लाह भयो। छोरा विदेश गएको बेला सजिलो होला भनेर आमाबुबा र श्रीमतीले घर बनाउनका लागि ४ लाख कर्जा लिए स्थानीय लालबहादुर खड्कासँग। 

४ लाख ऋणको तमसुक ७ लाखको बनाइयो। ७ कट्ठा जग्गा दृष्टिबन्धक राखियो। उनले अहिलेसम्म सबै सावाँब्याज तिरिसके। तर, जग्गाको लालपुर्जा भने साहुकार लालबहादुरसँगै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

41660388909.jpg

१० धुर जग्गा कुलबहादुरका आमाबुवाले साहु लालबहादुरसँग नै लिएका थिए। काठमाडौंमा स्थायी बसोबास गर्ने लालबहादुरले बर्दघाटमा जग्गा प्लटिङ्गको काम गर्दै आएका छन्। उनले १७ लाख पैसा दिए मात्र जग्गा फुकुवा र तमसुक  फिर्ता हुन्छ नत्र जग्गा लिलाम गर्छु भन्दै धम्क्याउन थाले। र, जग्गा रामग्रामका अखिलेश अग्रहरीलाई लिलाम गरिदिए। 

कुलबहादुर भन्छन्, ‘जग्गा पनि उसैको, कर्जा पनि उसैको अन्तिममा उसैसँग किनेको जग्गा नै फुकुवा गरिदिएन।’

बर्दघाटका कर्णसिंह थापामगरको कथा पनि उस्तै छ। 

mitar byaji1660388916.jpg

कर्णसिंहका दाजुभाइ मिलेर ४ लाख कर्जा उनै साहु लालबहादुर खड्कासँग लिए। ४ लाख लिएकोमा ९ लाखको तमसुक बनाईयो। सबै पैसा चुक्ता गरिसकेका छन्। तर दृष्टिबन्धक राखिएको उनको र उनका दाइको ९–९ कट्ठा जग्गा फुकुवा गरिएको छैन। 

उनीहरुले पनि वैदेशिक रोजगारीका लागि कर्जा लिएका हुन्। कर्णसिंह भन्छन्, ‘घर फर्किँदा न पैसा छ, न जग्गा।’ 

सुस्ता सिमेरीका जयप्रकाश कुर्मीले २०७१ मा छोरा सञ्जितलाई वैैदेशिक रोजगारीका पठाउन साहु सुनिल बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिए। 

उनको २ लाखको तमसुक बनाईयो, जसका लागि ४ कट्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखियो। उनले ५ लाख ५ हजार रुपैयाँ बुझाइसकेका छन्। तर, पनि साहु अझै ८ लाख माग्दैछन्। त्यति नदिए जग्गा फुकुवा नगर्ने भन्दै धम्की दिइरहेका छन्। 

प्रतापपुरका मोहरलाल यादवले छोरीको विवाहका लागि भनेर साहुसँग ८ लाख रुपैयाँ कर्जा लिए। अहिले त्यही कर्जाले पिरोलिएर उनी श्रीमती सुनितासहित न्यायका लागि काठमाडौंमा उत्रिए। 

91660388913.jpg

माइतीघर मण्डलामा भेटिएका उनीहरुमध्ये लक्ष्मी आफ्ना पीडा भन्न अघि सरिन्। ‘तराईमा थोरै दाईजोले विवाह हुँदैन। छोरी घरमै राख्न भएन, विवाह गरेर पठाउनै पर्‍यो,’ कर्जा लिनुको बाध्यता उनले सुनाइन्। 

यादव दम्पतीले साहु सुनिल बाँनियासँग ४ लाख कर्जा लिए। ४ लाख कर्जाको तमसुक ८ लाखको बनाइयो। तर मोहरलालले पटक–पटक गरेर ९ लाख ५० हजार रुपैयाँ बुझाईसके। तर, साहुले २५ लाखको हिसाब निकालेका छन्। यहीकारण जग्गा फुकुवा भएको छैन। 

यादव दम्पतीको पीडा कतिसम्म छ भने जसका लागि उनीहरुले कर्जा निकालेका थिए। त्यो सबै व्यर्थ भएर गएको छ।

छोरी सुनिताको कोभिडका कारण मृत्यु भइसकेको छ। ‘नातिनातिनालाई पालेर बसेका छौं। न छोरी रहि, न जग्गा रह्यो। उल्टै पैसा माग्दैछ साहुले। कहाँबाट तिर्नु? कमाइ छैन। घरमा दरिलो आधार दिने पनि कोही छैन,’ लक्ष्मीले छोरी सम्झँदै  भनिन्।

61660388910.jpg

नवलपरासीमा मिटर ब्याज साहुको जञ्जालमा फसेका किसानको कथा लगभग उस्तै छ–लिएको कर्जाभन्दा बढीको तमसुक बनाइएको छ। जीवनभर तिर्दा पनि कर्जा सकिँदैन। अझै अरु पैसा माग्दैछन् साहुहरु। किसानले नसक्दा आफ्ना जमिनको अधिकारबाट समेत वञ्चित भइरहेका छन्। 

सुस्तामा मात्र यसरी ठगिएका ५०० जना छन्। नवलपरासीभर नै यसरी ठगिनेको संख्या ५ हजार रहेको आकलन छ। 
धेरै जनाले वैदेशिक रोजगारका लागि ऋण लिएका छन् भने केहीले विवाह गर्न र घर बनाउन। तर, मिटर ब्याजका कारण जति तिर्दा पनि नसकिने ऋणको भारीले थिचिइरहेका छन्। 

यहीकारण न्यायको खोजीमा पीडितहरु काठमाडौं पसेका छन्। 

101660388913.jpg

81660388912.jpg

71660388911.jpg

51660388910.jpg

तस्बीरहरु– मनिष अर्याल 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै... बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। सिमुटारबाट गुम्बाडाँडासम्म तुइनको यात्रा गर्... बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्