काठमाडौं– ‘घुस’सहित पक्राउ परेका एक प्रहरी निरीक्षक (इन्सपेक्टर)ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। इन्सपेक्टर रामबालक रायलाई विशेष अदालतले सफाइ दिएको हो।
विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलाले रायविरुद्ध दाबी नपुग्ने ठहर गर्दै सफाइ पाउने फैसला गरेको हो।
रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मकवानपुरबाट १२ हजार रुपैयाँ घससहित पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय भीमफेदीमा भएका बेला २०७७ असारमा टिपर व्यवसायीसँगै ‘घुस’ लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।