काठमाडौं– भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने १० हजार धरौटीमा रिहा भएका छन्। उनी अभद्र व्यवहार मुद्दामा १० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका हुन्।
लामिछानेलाई पक्राउ गर्न उड्नै लागेको प्लेन समेत रोकेर प्रहरीको विशेष ब्यूरोले अपरेसन नै चलाएको थियो। सो क्रममा २ घण्टा प्लेन डिले भएको थियो।
पक्राउ परेका व्यक्तिको कैलालीमा सुनचाँदी पसल समेत रहेको पाइएको थियो। उनले अवैध सुनचाँदीको खरिद बिक्री गर्ने गरेको र भारतमा सुन चोरेर ल्याएको आरोप लागेको थियो। उनै लामिछाने १० हजार धरौटीमा रिहा भएका हुन्।
लामिछानेसहित ६ जना जनही १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सोमेन्द्रसिंह राठौरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।