काठमाडौं– मादक पदार्थ प्रयोग गरेर सवारी चलाउने १०५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने १०५ जनालाई कारबाही गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशासन पालना नगर्ने ९६, सडक बत्ती पालना नगर्ने १३१ जनालाई पनि कारबाही गरिएको छ।
यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका १८ र अन्य २,२०१ गरि २,५५१ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।