काठमाडौं– बलात्कार गरेको आरोपमा पक्राउ परेर हिरासतबाटै फरार भएका आरोपीलाई प्रहरीले पुन: पक्राउ गरेको छ। बाँकेको खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले पक्राउ गरेको हो।
उनी इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाको हिरासतबाट साउन ९ गते फरार भएका थिए। साउन ९ गते बिहान ११ बजेतिर खाना खुवाउने समयमा ड्युटीमा रहेका सेन्ट्री (प्रहरी कर्मचारी)लाई झुक्याएर उनी फरार भएका थिए।
फरार खाँलाई सोमबार दिउँसो बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको बर्दिया प्रहरीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।