काठमाडौं– दुबई जान लागेका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक ४३ वर्षीय अंकुर घनश्याभाई पटेल छन्। उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
पटेलले बोकेको झोलामा अवैध अमेरिकी डलर ३ हजार ६, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४ सय, युएई दिराम ४ हजार ४६५ र केन्या सिलिङ ४ हजार ६५० बरामद भएको छ।
उनलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।