काठमाडौं– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १६५ सवारी साधनका चालकलाई कारबाही गरेको छ।
शनिबार उक्त संख्यामा सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जसअनुसार मादक पदार्थ सेवन गरि चलाएका १५४, लेन अनुशासन पालना नगर्ने ९४, ट्राफिक बत्ती उल्लंघन गर्ने ७५ रहेका छन्।
यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका ३६ र अन्य २२७९ गरि २६३८ सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अघिल्लो दिन शुक्रबार २७६० सवारी चालक कारबाहीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।