काठमाडौं– आज आइतबारको अपोइन्टमेन्ट भएकाले सोमबार र मंगलबार पनि राहदानी फारम बुझाउन पाउने भएका छन्।
राहदानी विभागका अनुसार आइतबारका लागि अत्यधिक मात्रामा अपोइन्टमेन्ट डेट खुलेपछि ती अपोइन्टमेन्टलाई २३ र २४ साउनमा समेत हुने गरी व्यवस्था गरिएको छ।
विभागको सर्भरमा देखिएको प्राविधिक त्रुटिका कारण आइतबारका लागि अत्यधिक मात्रामा अपोइन्टमेन्ट खुलेपछि व्यवस्थापनमा समस्या भएको हो।
विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आज आइतबार व्यवस्थापन गरेको छ।
यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार व्यवस्थापन गरिएको छ।
१०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरु मंगलबार व्यवस्थापन गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।