• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सत्ता गठबन्धनको सिट बाँडफाँट : यी ११ निर्वाचन क्षेत्रमा पर्नेछ सबैभन्दा सकस

64x64
ईश्वर बराल शुक्रबार, साउन २०, २०७९  २०:३७
1140x725

काठमाडौं– नेपाल सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सिट बाँटफाँटका लागि समिति गठन गरेको छ। 

निर्वाचन घोषणा भएसँगै गठबन्धन दलभित्र सिट बाँडफाँट पेचिलो बन्ने निश्चित छ। समितिले सत्ता गठबन्धनका घटकहरूका बीचमा सिट बाँडफाँटमा विभिन्न विकल्पहरूमा छलफल गर्नेछ। 

जसमध्ये एउटा विकल्प, २०७४को निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा साविककै दललाई छोड्ने र एमालेले जितेका क्षेत्रलाई गठबन्धन दललाई बाँडफाँड गर्ने विषय कांग्रेसबाहेकका दलहरुले उठाउने निश्चित छ। किनभने आफूसँग भएकै छाडेर भागबन्डा गर्ने कुरा उनीहरुलाई न्यायिक नलाग्न सक्छ। 

२०७४को निर्वाचनमा एमाले–माओवादीले गठबन्धन गरेर कांग्रेसकाविरुद्ध चुनवी मैदानमा होमिमएका थिए। तर, अहिले त्यो समीकरण परिवर्तन भएर एमालेकाविरुद्ध पाँचदलीय गठबन्धन निर्वाचनमा सहभागी हुन लागेका छन्। एमालेसँग माओवादीले गठबन्धन गर्दा कांग्रेसका उम्मेदवार पराजित भएका हुन्। अर्को पार्टी एकीकृत समाजवादीका सांसद (तत्कालीन एमाले)हरु पनि कांग्रेसलाई नै पराजित गरेर आएका हुन्।

अहिलेको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी(उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) र राष्ट्रिय जनमोर्चा रहेका छन्। 

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा ‘जसले पहिले जितेको छ’, त्यसैलाई छाडिदिने विधि तय गरेको थियो। यो मोडलले २०७४को निर्वाचनमा हारेका कांग्रेसका प्रभावशाली नेताहरूले मंसिरको निर्वाचनमा वञ्चित हुने अवस्था बन्छ। 

माओवादीले छोड्ला त विश्वप्रकाशलाई?
झापा क्षेत्र नम्बर १ मा तत्कालीन एमाले–माओवादी गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की (राम कार्की) निर्वाचित भएका थिए। उक्त क्षेत्रमा कांग्रेसका चर्चित नेता तथा वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले कार्कीसँग पराजय व्यहोरेका थिए। माओवादीको कम प्रभावी क्षेत्रबाट उम्मेदवारी दिएका कार्कीले एमालेको सहयोगमा ३६ हजार १ सय ७३ मत प्राप्त गरेका थिए भने शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरेका थिए। 

यस्तै, आगामी मंसिरमा हुने निर्वाचनमा गठबन्धनले सारेको मोडल अनुसार शर्माले उम्मेदवारी पाउने छैनन्। उनले उक्त क्षेत्र माओवादी केन्द्रलाई नै छोड्नुपर्ने हुन्छ। तर विगत  २ वटा निर्वाचनमा निरन्तर संसदीय राजनीतिमा पराजय भोगेका शर्मा आगामी निर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गर्न चाहन्छन्। यो विषयलाई छिनोफानो गर्न गठबन्धनलाई सकस पर्ने नै छ।

Ncell 2
Ncell 2

महेश आचार्यलाई माओवादीले पुन रोक्छ?
यस्तै सकस पर्ने अर्को निर्वाचन क्षेत्र हो मोरङ क्षेत्र नंबर ४। यो क्षेत्रबाट माओवादी केन्द्रका युवा नेता अमनलाल मोदीले ३३ हजार ५ सय २९ मत ल्याएर कांग्रेसका चर्चितमध्येका एक अनुहार महेश आचार्यलाई पराजित गरेका थिए। आचार्यले २६ हजार ८ सय मत ल्याएका थिए। 

तत्कालीन एमाले–माओवादी केन्द्रको भोटमा जितेका मोदीलाई आगामी निर्वाचनमा माओवादी केन्द्रले टिकट दिन्छ दिन्न थाहा छैन तर गठबन्धनले अगाडि सारेको मोडल अनुसार त्यो क्षेत्रमा कांग्रेसले टिकट पाउन मुस्किल देखिन्छ। सोही निर्वाचन क्षेत्रमा कांग्रेसका अर्का युवा नेता गुरुराज घिमिरेको पनि दाबी रहेको छ।

बलबहादुर केसीलाई पनि माओवादी केन्द्रकै अवरोध
त्यस्तै कांग्रेसका पुराना तथा चर्चित नेता बलबहादुर केसीले २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनका माओवादी उम्मेदवार हेमकुमार राईसँग सोलुखुम्बुको एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट पराजय भोग्नुपर्‍यो।

राईले २० हजार ७ सय ४७ मत ल्याउँदा केसीले १७ हजार २ सय ९४ मत मात्र प्राप्त गरेका थिए। तत्कालीन समीकरण र वर्तमान समीकरण परिर्वतन भएको छ। तर केसीलाई आगामी निर्वाचनमा टिकट पाउन गठबन्धनको मोडलले रोक्न सक्छ। 

कांग्रेसका डाक्टर अर्थशास्त्रीलाई पनि माओवादीकै भर
चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरीले ऐन मौकामा टिप्पणी गरिरहने व्यक्ति हुन् डाक्टर रामशरण महत र उनको आर्थिक नीति। खुला अर्थतन्त्रमा जानलाई आर्थिक नीति बनाउने जस पाएका डाक्टर महत नियमित अर्थमन्त्री भइरहने नेता हुन्।

चिन्तक गिरीका अनुसार अर्थतन्त्रका सरोकारको विषय पार्टी छलफलमा उठे सबैले डाक्टर महतको जिम्मा लाएर पन्छिन्थे। त्यहि भएर कांग्रेसभित्र महतलाई डाक्टर अर्थशास्त्री भनेर चिनिने गरेको टिप्पणी गर्छन् चिन्तक गिरी।

हुन पनि सधैं सत्ताको चाबी बोक्ने नेता महत २०७४को निर्वाचनमा माओवादी केन्द्रका नेता हितबहादुर तामाङसँग नुवाकोट क्षेत्र नंबर १ बाट पराजय भोगेपछि गुमनाम छन्। तामाङले ३६ अजार ४ सय ७३ मत ल्याउँदा महतले २७ हजार ९ सय २० मत प्राप्त गरेका थिए। कांग्रेस नेतृत्वको सरकार बने पनि संसद्‌मा पराजित महत यसपाला सत्ताको स्वादबाट टाढा छन्।

आगामी निर्वाचनमा पनि उम्मेदवार दिन र सत्ताको राजनीतिमा आउन भने गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधिले रोक्ने छ। सिट बाँडफाँटको यहि विधि कायम रहे महतले माओवादीसँगै भर पर्नुपर्ने वा निर्वाचन क्षेत्र परिर्वतन गर्नुपर्ने छ। 

त्यसमाथि यसपल्ट कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले यो क्षेत्रमा जाने तयारी गरेका छन्। महत गएको निर्वाचनमा काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भएका थिए। यसपल्ट पनि उक्त क्षेत्र सुरक्षित नदेखेपछि उनी गृहजिल्लातर्फ नै जाने तयारीमा छन्। यसकारण बाँडफाँट झन् पेचिलो बनेको छ।

मोहन बस्नेतको सांसद बन्ने सपनाका अवरोधक अग्नि
गठबन्धनको कडा आलोचकमध्येका नेतामा पर्छन् सिन्धुपाल्चोक क्षेत्र नंबर १ बाट २०७४ को निर्वाचनमा वर्तमान सभामुख तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटासँग पराजित कांग्रेस नेता मोहनबहादुर बस्नेत।

बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याउँदा सापकोटा ४० हजार ५ सय ४ मत प्राप्त गरेर विजयी भएका थिए। वैशाखको स्थानीय तह निर्वाचनमा बस्नेतले आफ्नो क्षेत्रमा गठबन्धन गर्न दिएनन्। यसो त बस्नेत सार्वजनिक रुपमै यो गठबन्धनविरुद्ध टिप्पणी गर्ने गर्छन्। 

सापकोटा संसदीय राजनीतिबाट तत्काल विश्राम लिने मुडमा देखिन्नन्। अतः बस्नेतको संसदीय बाटोमा एकै निर्वाचन क्षेत्रका सापकोटा अवरोधक बन्न सक्छन्। अन्यथा, यी नेताले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने हुन्छ।

गोरखा २  : दुई पूर्व सहकर्मीको तानातान 
गोरखा क्षेत्र नंबर २ मा २०७४ सालको निर्वाचनमा एउटै पार्टीमा सँगै लामो काम गरेर छुट्टिएका दुई पूर्व सहकर्मीबीच चुनावी प्रतिस्पर्धा भएको थियो। माओवादी आन्दोलनमा सँगै रहेका नेता नारायणकाजी श्रेष्ठ र डाक्टर बाबुराम भट्टराई एउटै मैदानबाट संसदीय निर्वाचनमा होमिएका थिए।

उक्त निर्वाचनमा कांग्रेसको समर्थनमा भट्टराईले ३१ हजार ८ सय ७ मा ल्याएर जित हाँसिल गरेका थिए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए।

भट्टराईले नयाँशक्ति पार्टी हुँदै हाल नेपाल समाजवादी पार्टी गठन गरेका छन् जुन अहिलेको गठबन्धनमै छ। आगामी निर्वाचनमा गठबन्धनमै रहे भट्टराईलाई गोरखा २ छोड्नुपर्ने हुन्छ। यस कारण श्रेष्ठले उम्मेदवारी दिन पाउने छैनन्। या क्षेत्र परिवर्तन गर्नु पर्ने छ।

यद्यपि, श्रेष्ठ हाल राष्ट्रिय सभा सदस्य छन्। उनले प्रतिनिधिसभामा उठ्न राजीनामा दिनुपर्ने हुन्छ। उनी निकट स्रोतका अनुसार श्रेष्ठ राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारीमा छन्। 

यदि त्यस्तो भएमा श्रेष्ठलाई दिने कि भट्टराईलाई टिकट दिएर गठबन्धनमा राख्ने भन्ने चुनौती पाँच दलीय गठबन्धनलाई हुने छ।

पौडेलको प्रधानमन्त्री बन्ने सपना
शुक्रबार मात्र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेको उद्घोष गरेका छन्। त्यसको लागि कम्तिमा पनि आगामी निर्वाचनमा सांसद जितेर आउनुपर्ने हुन्छ। पौडेल २०७४को निर्वाचनमा तत्कालीन एमाले तथा अहिले एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ(किसान)सँग पराजित भएका थिए। श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ९० मत ल्याएका थिए। 

पूर्व सभामुखसमेत रहेका पौडेलले प्रधानमन्त्री बन्ने सपना देख्नु स्वभाविक हो। तर पार्टी महाधिवेशनमा अस्थिर चरित्र देखाएकोले एक्लिँदै गएका पौडेललाई पुराना प्रतिस्पर्धी शेरबहादुर देउवाको साथ रहे पनि पुरानै निर्वाचन क्षेत्रमा टिकट पाएर सांसद हुन भने अहिले गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटले रोक्न सक्छ। 

कपिलवस्तु १ : खनाल की उपाध्याय
कांग्रेसका कोषाध्यक्ष भइसकेका नेता दीपकुमार उपाध्यायको निर्वाचन क्षेत्र हो कपिलवस्तु क्षेत्र नंबर १। तत्कालीन समयमा भारतको राजदूत भएकै अवस्थामा पद त्याग गरेर उम्मेदवारी दिन नेपाल फर्केका उपाध्यायले २०७४को निर्वाचनमा माओवादी केन्द्रका चक्रपाणी खनालसँग पराजय व्यहोरे।

खनालले २९ हजार ७ सय ९९ मत ल्याउँदा उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गरेका थिए। अहिले आफ्नै निर्वाचन क्षेत्रमा रहेका उपाध्याय नेपाल लाईभसँगको कुराकानीमा आफू राजनीतिक व्यक्ति भएकोले उम्मेदवारी नदिनपर्ने कारण नरहेको बताउँछन्। उता खनाल पनि माओवादी केन्द्रका महत्वपूर्ण नेताहरू मध्येमा पर्छन्। 

वामगठबन्धनले आएको जनमोर्चाको एक सिट फेरि रहला?
२०७४को प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धन गरेर प्रत्यक्ष उम्मेरदारी दिएको राष्ट्रिय जनमोर्चाले एक सिट जितेको थियो। जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएकी नेतृ दुर्गा पौडेलले प्यूठान १ बाट कांग्रेस उम्मेदवार डाक्टर गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत ल्याएका थिए।

गठबन्धनको वर्तमान मोडलअनुसार उक्त स्थानमा पुन: पौडेलेले उम्मेदवारी पाउने छिन् तर अर्थशास्त्री पोखरेल पनि संसदीय राजनीतिमा प्रवेश गर्न आतुर रहेको संदेश दिने गरेका छन्। वाम गठबन्धनले संसद्‌मा प्रवेश पाएकी पौडेलले वाम–लोकतान्त्रिक गठबन्धनमा भने कसो गर्नेछिन् केहि समयमै थाहा हुने छ।

नेता बलायर वा नेता आले–कसको पालो?
एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट २०७४ को निर्वाचनमा तत्कालीन एमाले र वर्तमान एकीकृत समाजवादीका सांसद प्रेम आलेले कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरलाई पराजित गरेका थिए। उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्रसमेत हुन्। 

आलेले ३२ हजार ५ सय १० मत ल्याउँदा बलायरले ३० हजार ८ सय ७८ मत मात्र प्राप्त गरेका थिए। मंसिरमा हुन गइरहेको निर्वाचनमा गठबन्धन दलको मोडल अनुसार उक्त क्षेत्रमा पुन: आलेकै दाबी रहने देखिन्छ। 

प्रधानमन्त्री बन्ने म्याराथनका पूर्वधावक वामदेव
तत्कालीन नेकपा सचिवालयमा चुनाव हराइएको गुनासो गर्नेमा पर्थे वामदेव गौतम। पार्टीको अन्तरसंघर्षमा अस्थिर देखिएका उनी प्रधानमन्त्री पद पाउनलाई म्यारथनमा दौडिने धावक जत्तिकै दखिन्थे। विभिन्न गठजोडबाट राष्ट्रिय सभा सदस्य भएका गौतम तत्कालीन नेकपाको विघटनसँगै गुमनाम भएका थिए। 

केहि सातायता अलि चहलपहल गर्न सुरु गरेका उनले राष्ट्रिय एकता नामको पार्टी गठन गरे। यद्यपि पार्टी गठन गरेको छोटो समयमै उनी निस्काशनमा परे। त्यहि पनि अहिले दौडधुपमै छन्। 

उनको अन्तरमा अहिले पनि प्रधानमन्त्री बन्ने आकांक्षा छैन भन्ने आधार छैन। जसका लागि उनले प्रतिनिधि सभामा निर्वाचित भएर आउनुपर्ने हुन्छ। 

अहिलेको गठबन्धनमा नरहेका गौतमलाई सदासयताका लागि गठबन्धन दलले टिकट दिए पनि गठबन्धनकै मोडलले रोकिनु पर्ने हुन्छ। किनभने २०७४को निर्वाचनमा धावक गौतमलाई अर्का कांग्रेस उम्मेदवार संजयकुमार गौतमले रोकेका थिए। निर्वाचनमा विजयी गौतमले ४४ हजार ८ सय २९ मत ल्याउँदा ‘धावक’ गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए। गठबन्धनको प्रस्तावित मोडलले नेता गौतमलाई समेट्ने छैन।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन् आयोगले पटक-पटक सरकार,सुरक्षा प्रमुखसँग छलफल गरी शान्तिसुरक्षाको विश्लेषण गरेर नै शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको पाइएकाे उनले स... शुक्रबार, माघ २३, २०८२
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ। मतपत्र माघ २५ गतेदेखि फागु... बिहीबार, माघ २२, २०८२
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय सोमबार, माघ २६, २०८२
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय सोमबार, माघ २६, २०८२
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह सोमबार, माघ २६, २०८२
सेयर बजारमा २६ अंकको गिरावट सोमबार, माघ २६, २०८२
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्