• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून

64x64
रासस शुक्रबार, साउन २०, २०७९  १४:५९
1140x725

काठमाडौं– कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटक–पटक नदी छेउमा पुग्छन्। 

‘गेज रिडर’को जिम्मेवारीमा रहेका उनले गोदावरी–३ को मोहना नदी छेउमा राखिएको ‘स्टाप गेज’ले देखाएको पानीको सतह बारेको जानकारी तत्कालै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयमा गराउँछन्। 

यसबाहेक उनले पानीको सतह बढेका बेला तल्लो तटीय क्षेत्रका समुदायलाई पनि टेलिफोनमार्फत सम्भावित जोखिमका बारेमा समेत जानकारी गराउँछन्। 

‘नदीमा पानीको सतह बढेको बारेमा जानकारी पाउँदा तटीय क्षेत्रका जनतालाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित भएर बस्न टेवा पुगिरहेको छ,’ उनले भने, ‘यसले गर्दा पहिलेको तुलनमा बाढी डुबानबाट हुने मानवीय क्षति न्यूनीकरण भएको छ।’
  
वर्षा भइरहँदा प्रत्येक घण्टामा नदी छेउमा पुगेर पानीको सतहको मापन गर्ने गरेको उनी बताउँछन्। कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई पनि मोहना नदीमा पानीको बहाव मापन गर्न यतिबेला व्यस्तता बढेको छ। उनलाई कैलारी गाउँपालिका बिसनपुर क्षेत्रको मोहना नदीको भागमा पानीको सतह मापन गर्न गेज रिडरको जिम्मेवारी दिइएको छ।

दुई दिनदेखि भइरहेको वर्षासँगै जिल्लाका ‘गेज रिडरहरु’को सक्रियता पनि बढेको छ। विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत खटिने ‘गेज रिडर’ले दिने सूचनाकै कारण पछिल्ला वर्षमा बाढी डुबानबाट हुनसक्ने मानवीय क्षति न्यून हुँदै गएको देखिएको छ। 

‘पूर्वसूचनामा आधारित प्रणालीलाई सक्रिय बनाउँदा विपद्का बेला मानवबस्तीलाई जोगाउन केही मद्दत पुगेको छ’, उनले भने, ‘मानवीय क्षति कम भए पनि बर्सेनि डुबान र नदी कटानको समस्याले भने बढ्दै गएको अनुभव भएको छ।’ 

पूर्वसूचना दिएर बाढी डुबान र नदी कटानको जोखिमबाट समुदायलाई जोगाउने काममा स्वयमंसेवीका रुपमा आफूहरु निरन्तर खटिरहेको भए पनि मोबाई रिचार्ज गर्ने पैसा कतैबाट पाउने नगरेको गुनासो उनीहरुको छ।

‘सूचना आदानप्रदानका लागि मोबाइल रिचार्ज गर्न चाहिने खर्चको समस्या भइरहँदा पनि आफ्नै खर्च बेहोरेर सूचना दिन छोडेका छैनौं’, गेज रिडर चौधरीले भने। 

Ncell 2
Ncell 2

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने गेज रिडरलाई टेलिफोन खर्चका लागि सक्दो रकमका साथै छाता, वर्षादी टर्चलाइट जस्ता सामग्रीको उपलब्ध गराउने गरिएको जानकारी दिए। 

उनले भने, ‘विपद् पर्दा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर उद्धार र राहत लगाएका काममा खटिन स्थानीय तहका प्रहरी इकाइलाई निर्देशन दिने गरिएको छ।’ 

पूर्वसूचना प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’(स्टप गेज) जडान गरिएको छ भने वर्षा मापन र जलमापनका लागि जिल्लाभरि झण्डै १७ जना गेज रिडर कार्यरत रहेका छन्। 

जिल्लामा विसं २०६८ देखि सम्पूर्ण विपद्को वार्षिकरुपमा प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ‘जिल्ला विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना’ तयार गरी कार्यान्वयनको अभ्यास गर्दै आएको छ। 

यस क्रममा जिल्ला प्रशासन कार्यालयले यस वर्ष प्राप्त पूर्वसूचनालगायतका आधारमा जिल्लाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक पनि गरेको छ।

खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने पूर्वी सीमा क्षेत्रको कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने दक्षिणी सीमा क्षेत्रको मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ।

नदी तथा खोलको सतहमा बर्सेनि बालुवा र माटो थुप्रिने भई बढ्दै गएको सतहका कारण डुबानको समस्या बढ्दै गएको जनाइएको छ।

जलवायु परिवर्तनका कारण सङ्कटासन्नमा परेका समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न विभिन्न गैरसरकारी संस्थाको सहयोगमा विगतमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन गरिएको थियो। 

जलवायु परिवर्तनको कारक तत्वका रुपमा नरहेको भए पनि जलवायुको असर भने झेल्दै आएको जानकारको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन समारोह (LIVE) आइतबार, पुस २७, २०८२
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन आइतबार, पुस २७, २०८२
चन्द्र भण्डारीले भने : ‘पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसक्यो’ आइतबार, पुस २७, २०८२
शेखर कोइरालाको सपना साकार पार्न यहाँ आएको हुँ : केदार कार्की आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्