काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । ५६ वर्षे उमेर हदका कारण एआईजी पोखरेलले आज (शुक्रबार)बाट अनिवार्य अवकाश पाएका हुन्।
सरकारले आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) बनाएको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए। पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधन कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो।
केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाएको जनाएको थियो।
अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका छन्।
उनी अवकाशमा गएसँगै नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।