काठमाडौं– राजश्व छलेर ल्याइएका अवैध सुर्तीजन्य गोदाममा प्रहरीले छामा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, मोरङको विराटनगर–१२ का ५३ वर्षीय सुरेश पोख्रेल, सर्लाहीको बिष्णु गाउँपालिका–३ का ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगलका ३८ वर्षीय अरविन्द अग्रवाल छन्।
उनीहरुले अवैध रुपमा थुपारेर राखेको १९५ बोरा तयारी सुर्ती र अन्दाजी २० हजार २ सय किलो कच्चा सुर्ती बरामद भएको छ।
पोष्टराजलाई पेप्सीकोलाबाट, दिनेशलाई कुलेश्वरबाट र अरविन्द र सुरेशलाई ललितपुर खोकनाबाट पक्राउ गरिएको हो। खोकनामा रहेको न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यका विभिन्न ठाउँमा उनीहरुले अवैध रुपमा सुर्तीजन्य पदार्थ थुपारेर राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।