• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘ठूली एकादशी’का कारण चुनावै सरेको थियो, ‘उत्पत्तिका एकादशी’ मा के होला?

64x64
किशोर दहाल बिहीबार, साउन १९, २०७९  १७:३५
1140x725

काठमाडौं– २०५१ असार १७ गते राजा वीरेन्द्रले तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। त्यसका लागि राजालाई धन्यवाद चढाउन असार २६ गते प्रतिनिधि सभामा सरकारको तर्फबाट प्रस्तुत धन्यवाद प्रस्ताव पारित हुन सकेन। परिणामतः सरकारको नीति तथा कार्यक्रम विफल भयो। त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यही दिन राजासमक्ष राजीनामा दिए। उनको राजीनामा त्यही दिन स्वीकृत भयो।

राजीनामा सँगसँगै प्रधानमन्त्री कोइरालाले नयाँ जनादेश लिने उद्देश्यले २०५१ कात्तिक २७ गते आइतबार निर्वाचन हुने गरी प्रतिनिधि सभा विघटन पनि गरेका थिए। विघटन गर्नुको कारणबारे उनले दरबारमा पठाएको सिफारिसमा भनिएको थियो- 'संसद्‌मा बहुमत प्राप्त नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा विधिवत् मेरो नेतृत्वमा गठन भएको सरकारको नीति र कार्यक्रमलाई अवान्छित राजनीतिक समीकरणद्वारा विफल पार्ने अवस्था सिर्जना भएपछि अर्को स्थिर सरकार गठन हुनसक्ने सम्भावना देख्दिनँ, त्यसैले मुलुकमा राजनीतिक अन्योल र दिशाहीनतालाई कायम राख्नु अथवा जनताको अभिमत विरुद्धको राजनीतिक समीकरणको भरमा सरकार चल्नु र चलाउनु भन्दा बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने उद्देश्यले जनतासमक्ष गइ नयाँ जनादेश लिनु बाहेक अर्को विकल्प छैन।'

राजीनामा तत्कालै स्वीकृत भएको भए पनि प्रतिनिधि सभा विघटनचाहिँ राजाबाट तत्कालै स्वीकृत भएन। राजाले परामर्श सुरु गरे। असार २६ गते राजदरबारको सूचनामा भनिएको थियो, ‘प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले नयाँ जनादेश उद्देश्यले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५३ को उपधारा (४) बमोजिम प्रतिनिधि सभा विघटन गरिबक्सन र प्रतिनिधि सभाका लागि निर्वाचन हुने मिति तोकिबक्सन मौसुफमा चढाउनु भएको सिफारिसको सम्बन्धमा मौसुफबाट विभिन्न संवैधानिक पदाधिकारी तथा राजनीतिक नेताहरुसँग परामर्श लिइबक्सने प्रक्रिया चालू छ।’

परामर्शपछि असार २७ गते नै राजाले प्रतिनिधि सभा विघटनलाई अनुमोदन गरे।

विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। जसमाथि भदौ २७ गते फैसला भयो। विघटन सदर भयो। उसले विघटनलाई असंवैधानिक भन्न नमिल्ने निष्कर्ष सुनायो। फैसलासँगै मुलुक निर्वाचनतिर होमियो।

तर मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले निर्वाचन दुई दिन पछि सार्न राजासमक्ष सिफारिस गर्‍यो। त्यसको कारण थियो, पहिले निर्धारित भएको निर्वाचनको मिति अर्थात् २०५१ कात्तिक २७ गते हरिबोधनी एकादशी (ठूली एकादशी) पर्नु। हिन्दू बाहुल्य नेपाली समाजमा ठूलो संख्याका नेपालीहरुले एकादशी पर्व मनाउने प्रष्टै थियो। यस दिन व्रत बस्ने तथा तुलसीको विवाह गर्ने प्रचलन छ। व्रतका कारण भोको भएको पेट लिएर मतदानका लागि लाइनमा बस्नु व्यवहारिक पनि हुन्थेन। पहिल्यै तोकिएको निर्वाचनको मितिलाई लिएर सोही कारण विरोध हुँदै आएपछि र भदौ २७ को फैसला आफू अनुकूल आएपछि मन्त्रिपरिषद्को बैठकले कात्तिक २९ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्‌बाट सिफारिस आएपछि राजाले पनि सर्वोच्च अदालतसँग राय मागे। त्यसका लागि उनले भदौ ३१ मै विवरण पठाए।

निर्वाचन सार्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनायो। कात्तिक २७ मै चुनाव हुनुपर्ने र राजाबाट घोषित मितिमा चुनाव गराउन नसक्ने प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने माग गर्‍यो। तर, त्यसको प्रभाव भने परेन।

Ncell 2
Ncell 2
nimb
nimb

राय सल्लाहपछि राजाले असोज २४ गते निर्वाचनको मिति दुई दिन पछि सारिदिए। राजाको प्रमुख सचिवालयबाट त्यस दिन जारी सूचनामा भनिएको छ- ' श्री ५ महाराजधिराजका हजुरमा यही २०५१ साल कात्तिक २७ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिन ठूलो (ठूली) एकादशीको पर्व परेकोले सो दिनको सट्टा २०५१ साल कात्तिक २९ गते मंगलबारको दिन प्रतिनिधि सभाको निर्वाचन हुने गरी मिति सारिबक्सन मन्त्रिपरिषद्‌बाट जाहेर हुन आएको र यस विषयमा मौसुफबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (५) अनुसार सर्वोच्च अदालतको राय बुझिबक्सँदा सर्वोच्च अदालतबाट संविधानको धारा १३२ र नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २१ अनुसार एक पटक मौसुफबाट तोकिबक्सेको सो मिति सौसुफबाटै बदल्न सकिबक्सन्छ भन्ने राय जाहेर हुन आएको बेहोरा समेत जाहेर हुँदा मन्त्रिपरिषद्‌बाट जाहेर गरे बमोजिम २०५१ साल कात्तिक २९ गते मंगलबारका दिन प्रतिनिधि सभाको लागि हुने निर्वाचनको मिति तोकिबक्सेको छ।'

सो मितिमा भएको निर्वाचनमा कुनै दलले पनि बहुमत ल्याएनन्। तर, नेकपा एमाले सबैभन्दा ठूलो दल बन्यो। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री बने।

के होला ‘उत्पत्तिका एकादशी’ को चुनाव?
नेपालमा चुनावका लागि २ समय व्यवहारिक मानिन्छ। पहिलो, कात्तिक मध्यदेखि मंसिर मध्यसम्म। दोस्रो, चैत-वैशाख। त्यसैले विगतमा निर्वाचन यिनै मितिका लागि तोकिएका र भएका पाइन्छन्। अन्य समयमा चाडपर्व पर्ने, झरी पर्ने, हिउँ पर्ने जस्ता कारणले निर्वाचनको मिति तोक्नु व्यवहारिक मानिँदैन।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि तोकेको छ। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंसिर २ गतेका लागि प्रस्ताव गरेको थियो। तर, प्रस्तावित मितिभन्दा दुई दिनपछि हुने गरेर निर्वाचनको मिति घोषणा भएको हो।

मंसिर ४ गते ‘उत्पत्तिका एकादशी’ पर्छ। धार्मिक मान्यता अनुसार, सबै एकादशीको उत्पत्ति यसै तिथिमा भएको मानिन्छ। एकादशीको व्रत सुरु गर्नेहरुले यसै दिनबाट गर्ने प्रचलन छ। अन्य एकादशीमा व्रत बस्ते जस्ता आधारभूत धार्मिक गतिविधि यस दिनमा पनि अपनाइन्छ।

देउवाले यसै दिनमा निर्वाचन गराउने मनस्थिति बनाउनुभन्दा पहिले ज्योतिषिसँग सल्लाह गरेको एक कांग्रेस नेता बताउँछन्। निर्वाचन मिति तोकिनुभन्दा केही दिनअघि नै, जब मंसिर ४ गतेका लागि मिति तोकिने निश्चितप्रायः भइसकेको थियो, त्यतिबेलै उनले भनेका थिए, ‘मंसिर ४ मा उत्पत्तिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।’

देउवाले आफ्ना लागि शुभ देखेकैले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकिएको प्रष्ट छ। २८ वर्ष पहिले निर्वाचनका लागि तोकिएको दिनमा ठूली एकादशी पर्नाले चुनाव नै सरेको थियो। अहिले उत्पत्तिका एकादशी परेको छ। यसपटक पक्कै निर्वाचन नसर्ला कि?
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी मंगलबार, भदौ २३, २०८३
भदौ २३ र २४ गतेको विध्वंसमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन : कांग्रेस नेता आङदेम्बे मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्