दाङ–आठ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ शान्तिनगर गाउँपालिका ५ का २८ वर्षीय चमन विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका ५ निवासी ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि विकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको काफ्लेले बताए।
विकलाई तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
विकले बालिकालाई उनको घरदेखि एक सय मिटर टाढा मकैबारीमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। बालिकाको अवस्था भने सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।