काठमाडौं–एक बेलायती नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्।
यही साउन १७ गते थाइ स्माइल एयरलाइन्सको उडानबाट बैंकक जान लागेका बेलायती नागरिक डेभिड होल्म्स ९ हजार ७०० पाउण्ड स्टर्लिङसहित पक्राउ परेका हुन्। उनले लिइ आएको कालो खैरो रंगको ब्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्डब्याग चेकिङ एरियामा स्क्रीनिङ गर्ने क्रममा अवैध रुपमा लुकाईपिछाई लैजान लागेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका हुन्।
होल्म्सलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।