• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याजपीडितकाे माग–‘सरकारले कि न्याय देओस्, कि यहीँ गोली हानोस्’

64x64
धनु विश्वकर्मा बुधबार, साउन १८, २०७९  २०:३५
1140x725

काठमाडौं-छोरीको विवाह गरिदिएर बाबुको कर्तव्य पूरा गर्नु थियो। तर पैसा थिएन। नवलपरासी प्रतापपुरका मोहरलाल यादवसँग सुनील बानियाँसँग हात फैलाउनुको विकल्प थिएन। त्यसैले उनले साहु बानियाँसँग लालपुर्जा दृष्टिबन्धक राखेर ४ लाख रुपैयाँ कर्जा लिए। यसले उनकाे तत्कालीन गर्जो टर्‍यो। तर त्यही ऋणले मोहरलाल दम्पतीलाई रुनु न हाँस्नु बनाएको छ यतिखेर।

उनै मोहरलाल पत्नी लक्ष्मीसँगै बुधबार माइतीघर मण्डलामा देखिए। हातमा न्यायकाे मागसहितकाे पर्चा बोकेका थिए। ‘पैसा नभए विवाह हुँदैनथ्यो, त्यसैले कर्जा लिएँ,’ उनले भने। 

ऋण लिएको चार वर्षमा ९ लाख ५० हजार बुझाए। पैसा तिरिसकेपछि उनले साहुलाई भने–अब मेरो जग्गा फुकुवा र तमसुक च्यातिदिनू। 

सुरुमा त बानियाँले ऋण लिएका सबैलाई एकै पटक फुकुवा गरिदिन्छु भनेर फकाए। उनी भन्छन्, ‘अहिले चक्रीय ब्याज भन्दै २५ लाख कर्जा तिर्न बाँकी छ भनेर साहुले हिसाब निकालेको छ।’ 

त्यति रकम मोहरलालले तिर्न सक्ने कुरै थिए। अनि साहुले जिल्ला अदालतमा मुद्दा हाले। अनि उनकाे शुरु भयाे ब्याजसँग अदालत धाउने दैनिकी ।  अहिले त्यो मुद्दा विचाराधीन छ। उनले त्यो बेला एक कट्ठामात्र जग्गा धितो राखेर कर्जा लिएका थिए। उनी पढ्नलेख्न जान्दैनन्। अहिले एक विगाहा जग्गाको लालपुर्जा साहुको हातमा छ। 

यादव दम्पतीले दुई कट्ठा जग्गा बेचेर साढे नौ लाख तिरे। कोभिडका कारण छोरीको मुत्यु भयो। लक्ष्मी भन्छिन्, ‘न जग्गा छ, न छोरी।’ 

यति भन्दै गर्दा लक्ष्मीका आँखामा आँशु भरिएर गालामा झर्न थालेका थिए। 

meter31659537073.jpg

Ncell 2
Ncell 2
nimb
nimb

०००

नवलपरासीको सुस्ताका उमाशंकर लोनीयाले साहु रामनरेश गुप्तासँग चार लाख रुपैयाँ कर्जा लिएका थिए। तर साहुले आठ लाखको तमसुक बनाए अनि  ११ कठ्ठा जग्गा पनि दृष्टिबन्धकमा लिए। उमाशंकरले पनि पटक–पटक गरेर साहुलाई ८ लाख २० हजार रुपैयाँ बुझाइसकेका छन्। तर, साहु भने अझै तिर्न बाँकी छ भन्दै १६ लाख मागिरहेका छन्। 

उमाशंकरले ‘म अब दिन सक्दिनँ, गर्न सकेजति गर्नू’ भने। जग्गा फुकुवा गर्न पनि माग गरे। तर, साहुले मानेनन्। उल्टै उमाशंकरविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन्। उनको मुद्दा पनि विचाराधीन छ।

 उमाशंकरका बुवा गंगा लोनीयाको २०७६ सालमा मृत्यु भइसकेको छ। उनी भन्छन्, ‘जहिल्यै पैसा माग्ने, बुबालाई साहुकारको टर्चरले तनाव दियो र मृत्यु भयो।’ अदालतमा रू १६ लाखको मुद्दा हालेकाले त्यसको तनाव खप्न नसकेर हृदयाघात भएर बाबुको मृत्यु भएको उमाशंकरले बताए। 

चक्रीय मिटरब्याजका कारण ठगिएको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा  किटानी जाहेरी पनि दिए। तर प्रहरीले उजुरी लिन मानेन। 

मिटरब्याजको ठगीमा संलग्नहरुलाई कारबाहीको माग गर्दै नवलपरासीका विभिन्न गाउँपालिकाका पीडितहरु अहिले माइतीघर मण्डलामा धर्नामा छन्। आफूहरु धर्नामा बसे पनि साहुहरु भने ‘जता जे गरे पनि केही फरक नपर्ने भनेर बसेको’ पीडितहरुले बताएका छन्।

meter21659537100.jpg

०००

प्रतापपुरका पारसनाथ गुप्ता पनि मिटरब्याजको फन्दामा परे। माइतीघर मण्डलामा धर्नामा भेटिएका उनले साहु सुनील शर्मासँग तीन लाख ५० हजार कर्जा लिएका थिए। तर तमसुक बनाइयो ७ लाखको। 

उनले साहुलाई साढे सात लाख तिरिसकेका छन्। 

उनीसँग पैसा तिरेको भर्पाई पनि छ। तर, उनको तमसुक साहुले च्यातेनन्। उनी भन्छन्, ‘म पढे लेखेको छैन। मलाई तमसुक च्यातियो भन्ने लाग्यो, उल्टै अझ पैसा तिर्न बाँकी भन्दै हिसाब जोडेको रैछ।’ जसका कारण उनीसँग ६० लाख रुपैयाँ साहुले लुटिसकेका छन्। अब तिर्न सक्दिनँ भनेपछि त्यही तमसुकलाई आधार मानेर पारसनाथविरुद्ध अदालतमा मुद्दा हालिएको छ। 

त्यही तनाव सहन नसकेर पारसनाथको श्रीमतीको ब्लडप्रेसर बढ्यो। उनी अहिले प्रेसरको औषधि खाइरहेकी छन्। उपचारमा मात्र उनले ६० हजार रुपैयाँ खर्च गरिसकेकी छन्। एक कटठा जग्गा पनि फुकुवा भएको छैन।

meter41659537120.jpg

०००

परासीका अकबर अली धुनीको कथा पनि उस्तै छ। उनले साहु अगलेश मिश्रसँग ७५ हजार कर्जा लिए। तर १ लाख २० हजारको तमसुक बनाइयो। उनले त्यो पनि तिरे। तर, साहुले २ लाख १० हजार मागे। अकबरले तिर्न नसकेपछि साहुले अदालतमा मुद्दा हाले। फैसला साहुको पक्षमा आयो। अब त्यो पैसा कसरी तिर्ने भने अन्योलमा छन् अकबर। भन्छन्, ‘साहुकारले ठग्यो, अब सरकारले नठगोस्। अन्तिम विकल्प यही हो। हामी न्याय माग्न कहाँ जाउँ?’ 

यस्तै, प्रेमनारायण कोईरीले साहुकार वसन्त कोहारसँग ९ लाख ८० हजार रुपैयाँ कर्जा लिए। साहुले १६ लाखको तमसुक बनाए। उक्त रकम प्रेमनारायणले २ कटठा जग्गा बेचेर तिरे। तर, तमसुक भने च्यातिएको रहेनछ। अहिले साहुले प्रेमनारायणलाई ४२ लाख तिर्न भनेर दबाब दिन थालेका छन्। उनै प्रेमनारायणले अर्का साहु गोविन्द मुराउसँग २ लाख ५० हजार कर्जा लिए। त्यसको पनि ६ लाखको तमसुक बनाईयो। उनले त्यो पनि तिरे। 

अझै पैसा माग्दैछन् साहुहरु प्रेमनारायणसँग। उनी भन्छन्, ‘अब कपालको रौँ उखालेर लिएमात्र हो। त्यो पनि म ७० वर्षको मान्छेले कहाँबाट दिनु?’ उनको पनि ११ कट्ठा जग्गा साहुले अझै फुकुवा गरिदिएका छैनन्।
मिटरब्याजीबाट गाउँका मात्र करिब ५ हजार किसान मारमा परेको पीडितले बताएका छन्।

०००

मिटरब्याजीको फन्दामा पर्नेमा धनिराम चौधरी पनि छन्। उनले साहुकार वीरेन्द्र तेलीसँग १४ लाख ८० हजार कर्जा लिए। २० लाखको तमसुक र १६ लाखको जग्गा दृष्टिबन्धक गरी जम्मा ३६ लाख साहुलाई तिर्ने कागज बन्यो। उनले जग्गा बेचेर फिर्ता गरे। मुद्दामामिलाको झन्झटमा पर्नुभन्दा साहुले भनेको रकम तिर्नुमै कल्याण देखे उनले। भन्छन्, ‘म मुद्दा मामिला गर्न सक्दिनँ। साहुकारको जताततै पहुँच छ।’ 

धनिरामले साहुलाई पैसा त तिरे। तर जग्गा भने फुकुवा भएन। साहुले उल्टै ८० लाख माग्न सुरु गरे। धनिरामले तिर्न नसकेपछि साहु अदालत गए। तर, अदालतमा मिलापत्र गरेर पठाएको उनले बताए।

धनिरामले सुनवलस्थित सनराईज बैंकका म्यानेजर राजन पोखरेलसँग ५ लाख कर्जा मागे। त्यसमध्ये उनले ३ लाख तिरे। अरु रकम तिर्न सकेका थिएनन्। म्यानेजरले आफ्नो सहायक कर्मचारीसँग जग्गा दृष्टिबन्धक राख्न लगाए। अन्ततः १४ लाखको दृष्टिबन्धक गराइयो। तिनै सहायक कर्मचारीले अदालतमा मुद्दा हालेको धनिरामले बताए।

296163940_1096500954298052_3689269538372023898_n1659537151.jpg

०००

मिटरब्याजपीडित किसान मजदूर संघर्ष समितिका अध्यक्ष रामशरण गुप्ता पहिलो पटक गत जेठ २९ मा न्यायको माग र दोषीलाई कारबाहीको माग गर्दै माईतीघर मण्डलामा धर्नामा बसेका थिए। त्यो बेला १४ जनाको समूह थियो। धर्ना बसेको १४ औँ दिनमा गृहमन्त्रालयले समस्या समाधान गरिदिने चिठी पठायो। 

त्यसपछि सबै जना न्यायको आशा बोकेर घर फर्किए। केही समयका लागि साहुकार जगदीश र सुनील बानियाँलाई प्रहरीले पक्राउ गर्‍यो। तर केही समयपछि नै साहुहरु रिहा भए। कुनै पनि माग सम्बोधन भएन। ‘जनताले बाह्रै  महिना धर्ना गर्नुपर्ने हो? कि काठमाडौंमा बास बस्नुपर्ने हो ?’ उनी प्रश्न गर्छन्। 

296003045_1281621765705585_2280532519259186945_n1659537186.jpg

मिटरब्याजपीडितको माग सरकारले नसुनेपछि उनीहरु फेरि धर्नामा उत्रिएका छन्। अहिले ७७ जनाको समूह धर्नामा छ। अब अनिश्चितकालीन धर्ना दिएर दबाब दिने योजनामा छन् उनीहरु।

आफूले गरेको तमसुक फिर्ता गर्नुपर्ने, दृष्टिबन्धक फुकुवा गर्नुपर्ने, मिटरब्याजबाट ठगिएको पैसा फिर्ता गर्नुपर्ने लगायतका माग उनीहरुको छ। ‘जबसम्म न्याय पाईदैन, हामी आन्दोलनलाई अझै कडा रुपमा अगाडि बढाउँछौं,’ रामशरण भन्छन्, ‘सरकारले कि न्याय दिनुपर्छ, कि यही गोली हानोस्।’ 

मिटरब्याजकै कारण चार जनाको हृदयाघातबाट मृत्यु भइसकेको छ। ‘बिहान–बेलुका काम गरेर घरको खर्च टार्ने हामी यति चर्को मिटरब्याजको पैसा कहाँबाट तिरौं?’ रामशरण प्रश्न गर्छन्। उनका अनुसार सुस्तामा मात्रै मिटरब्याजीबाट ५ सय जना ठगिएका छन्। जिल्लाभर यो संख्या  ५ हजार रहेको उनको अनुमान छ। 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रोनाल्डो चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा आज... शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थि... शनिबार, असोज ३, २०८३
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्