• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याजपीडितकाे माग–‘सरकारले कि न्याय देओस्, कि यहीँ गोली हानोस्’

64x64
धनु विश्वकर्मा बुधबार, साउन १८, २०७९  २०:३५
1140x725

काठमाडौं-छोरीको विवाह गरिदिएर बाबुको कर्तव्य पूरा गर्नु थियो। तर पैसा थिएन। नवलपरासी प्रतापपुरका मोहरलाल यादवसँग सुनील बानियाँसँग हात फैलाउनुको विकल्प थिएन। त्यसैले उनले साहु बानियाँसँग लालपुर्जा दृष्टिबन्धक राखेर ४ लाख रुपैयाँ कर्जा लिए। यसले उनकाे तत्कालीन गर्जो टर्‍यो। तर त्यही ऋणले मोहरलाल दम्पतीलाई रुनु न हाँस्नु बनाएको छ यतिखेर।

उनै मोहरलाल पत्नी लक्ष्मीसँगै बुधबार माइतीघर मण्डलामा देखिए। हातमा न्यायकाे मागसहितकाे पर्चा बोकेका थिए। ‘पैसा नभए विवाह हुँदैनथ्यो, त्यसैले कर्जा लिएँ,’ उनले भने। 

ऋण लिएको चार वर्षमा ९ लाख ५० हजार बुझाए। पैसा तिरिसकेपछि उनले साहुलाई भने–अब मेरो जग्गा फुकुवा र तमसुक च्यातिदिनू। 

सुरुमा त बानियाँले ऋण लिएका सबैलाई एकै पटक फुकुवा गरिदिन्छु भनेर फकाए। उनी भन्छन्, ‘अहिले चक्रीय ब्याज भन्दै २५ लाख कर्जा तिर्न बाँकी छ भनेर साहुले हिसाब निकालेको छ।’ 

त्यति रकम मोहरलालले तिर्न सक्ने कुरै थिए। अनि साहुले जिल्ला अदालतमा मुद्दा हाले। अनि उनकाे शुरु भयाे ब्याजसँग अदालत धाउने दैनिकी ।  अहिले त्यो मुद्दा विचाराधीन छ। उनले त्यो बेला एक कट्ठामात्र जग्गा धितो राखेर कर्जा लिएका थिए। उनी पढ्नलेख्न जान्दैनन्। अहिले एक विगाहा जग्गाको लालपुर्जा साहुको हातमा छ। 

यादव दम्पतीले दुई कट्ठा जग्गा बेचेर साढे नौ लाख तिरे। कोभिडका कारण छोरीको मुत्यु भयो। लक्ष्मी भन्छिन्, ‘न जग्गा छ, न छोरी।’ 

यति भन्दै गर्दा लक्ष्मीका आँखामा आँशु भरिएर गालामा झर्न थालेका थिए। 

meter31659537073.jpg

Ncell 2
Ncell 2

०००

नवलपरासीको सुस्ताका उमाशंकर लोनीयाले साहु रामनरेश गुप्तासँग चार लाख रुपैयाँ कर्जा लिएका थिए। तर साहुले आठ लाखको तमसुक बनाए अनि  ११ कठ्ठा जग्गा पनि दृष्टिबन्धकमा लिए। उमाशंकरले पनि पटक–पटक गरेर साहुलाई ८ लाख २० हजार रुपैयाँ बुझाइसकेका छन्। तर, साहु भने अझै तिर्न बाँकी छ भन्दै १६ लाख मागिरहेका छन्। 

उमाशंकरले ‘म अब दिन सक्दिनँ, गर्न सकेजति गर्नू’ भने। जग्गा फुकुवा गर्न पनि माग गरे। तर, साहुले मानेनन्। उल्टै उमाशंकरविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन्। उनको मुद्दा पनि विचाराधीन छ।

 उमाशंकरका बुवा गंगा लोनीयाको २०७६ सालमा मृत्यु भइसकेको छ। उनी भन्छन्, ‘जहिल्यै पैसा माग्ने, बुबालाई साहुकारको टर्चरले तनाव दियो र मृत्यु भयो।’ अदालतमा रू १६ लाखको मुद्दा हालेकाले त्यसको तनाव खप्न नसकेर हृदयाघात भएर बाबुको मृत्यु भएको उमाशंकरले बताए। 

चक्रीय मिटरब्याजका कारण ठगिएको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा  किटानी जाहेरी पनि दिए। तर प्रहरीले उजुरी लिन मानेन। 

मिटरब्याजको ठगीमा संलग्नहरुलाई कारबाहीको माग गर्दै नवलपरासीका विभिन्न गाउँपालिकाका पीडितहरु अहिले माइतीघर मण्डलामा धर्नामा छन्। आफूहरु धर्नामा बसे पनि साहुहरु भने ‘जता जे गरे पनि केही फरक नपर्ने भनेर बसेको’ पीडितहरुले बताएका छन्।

meter21659537100.jpg

०००

प्रतापपुरका पारसनाथ गुप्ता पनि मिटरब्याजको फन्दामा परे। माइतीघर मण्डलामा धर्नामा भेटिएका उनले साहु सुनील शर्मासँग तीन लाख ५० हजार कर्जा लिएका थिए। तर तमसुक बनाइयो ७ लाखको। 

उनले साहुलाई साढे सात लाख तिरिसकेका छन्। 

उनीसँग पैसा तिरेको भर्पाई पनि छ। तर, उनको तमसुक साहुले च्यातेनन्। उनी भन्छन्, ‘म पढे लेखेको छैन। मलाई तमसुक च्यातियो भन्ने लाग्यो, उल्टै अझ पैसा तिर्न बाँकी भन्दै हिसाब जोडेको रैछ।’ जसका कारण उनीसँग ६० लाख रुपैयाँ साहुले लुटिसकेका छन्। अब तिर्न सक्दिनँ भनेपछि त्यही तमसुकलाई आधार मानेर पारसनाथविरुद्ध अदालतमा मुद्दा हालिएको छ। 

त्यही तनाव सहन नसकेर पारसनाथको श्रीमतीको ब्लडप्रेसर बढ्यो। उनी अहिले प्रेसरको औषधि खाइरहेकी छन्। उपचारमा मात्र उनले ६० हजार रुपैयाँ खर्च गरिसकेकी छन्। एक कटठा जग्गा पनि फुकुवा भएको छैन।

meter41659537120.jpg

०००

परासीका अकबर अली धुनीको कथा पनि उस्तै छ। उनले साहु अगलेश मिश्रसँग ७५ हजार कर्जा लिए। तर १ लाख २० हजारको तमसुक बनाइयो। उनले त्यो पनि तिरे। तर, साहुले २ लाख १० हजार मागे। अकबरले तिर्न नसकेपछि साहुले अदालतमा मुद्दा हाले। फैसला साहुको पक्षमा आयो। अब त्यो पैसा कसरी तिर्ने भने अन्योलमा छन् अकबर। भन्छन्, ‘साहुकारले ठग्यो, अब सरकारले नठगोस्। अन्तिम विकल्प यही हो। हामी न्याय माग्न कहाँ जाउँ?’ 

यस्तै, प्रेमनारायण कोईरीले साहुकार वसन्त कोहारसँग ९ लाख ८० हजार रुपैयाँ कर्जा लिए। साहुले १६ लाखको तमसुक बनाए। उक्त रकम प्रेमनारायणले २ कटठा जग्गा बेचेर तिरे। तर, तमसुक भने च्यातिएको रहेनछ। अहिले साहुले प्रेमनारायणलाई ४२ लाख तिर्न भनेर दबाब दिन थालेका छन्। उनै प्रेमनारायणले अर्का साहु गोविन्द मुराउसँग २ लाख ५० हजार कर्जा लिए। त्यसको पनि ६ लाखको तमसुक बनाईयो। उनले त्यो पनि तिरे। 

अझै पैसा माग्दैछन् साहुहरु प्रेमनारायणसँग। उनी भन्छन्, ‘अब कपालको रौँ उखालेर लिएमात्र हो। त्यो पनि म ७० वर्षको मान्छेले कहाँबाट दिनु?’ उनको पनि ११ कट्ठा जग्गा साहुले अझै फुकुवा गरिदिएका छैनन्।
मिटरब्याजीबाट गाउँका मात्र करिब ५ हजार किसान मारमा परेको पीडितले बताएका छन्।

०००

मिटरब्याजीको फन्दामा पर्नेमा धनिराम चौधरी पनि छन्। उनले साहुकार वीरेन्द्र तेलीसँग १४ लाख ८० हजार कर्जा लिए। २० लाखको तमसुक र १६ लाखको जग्गा दृष्टिबन्धक गरी जम्मा ३६ लाख साहुलाई तिर्ने कागज बन्यो। उनले जग्गा बेचेर फिर्ता गरे। मुद्दामामिलाको झन्झटमा पर्नुभन्दा साहुले भनेको रकम तिर्नुमै कल्याण देखे उनले। भन्छन्, ‘म मुद्दा मामिला गर्न सक्दिनँ। साहुकारको जताततै पहुँच छ।’ 

धनिरामले साहुलाई पैसा त तिरे। तर जग्गा भने फुकुवा भएन। साहुले उल्टै ८० लाख माग्न सुरु गरे। धनिरामले तिर्न नसकेपछि साहु अदालत गए। तर, अदालतमा मिलापत्र गरेर पठाएको उनले बताए।

धनिरामले सुनवलस्थित सनराईज बैंकका म्यानेजर राजन पोखरेलसँग ५ लाख कर्जा मागे। त्यसमध्ये उनले ३ लाख तिरे। अरु रकम तिर्न सकेका थिएनन्। म्यानेजरले आफ्नो सहायक कर्मचारीसँग जग्गा दृष्टिबन्धक राख्न लगाए। अन्ततः १४ लाखको दृष्टिबन्धक गराइयो। तिनै सहायक कर्मचारीले अदालतमा मुद्दा हालेको धनिरामले बताए।

296163940_1096500954298052_3689269538372023898_n1659537151.jpg

०००

मिटरब्याजपीडित किसान मजदूर संघर्ष समितिका अध्यक्ष रामशरण गुप्ता पहिलो पटक गत जेठ २९ मा न्यायको माग र दोषीलाई कारबाहीको माग गर्दै माईतीघर मण्डलामा धर्नामा बसेका थिए। त्यो बेला १४ जनाको समूह थियो। धर्ना बसेको १४ औँ दिनमा गृहमन्त्रालयले समस्या समाधान गरिदिने चिठी पठायो। 

त्यसपछि सबै जना न्यायको आशा बोकेर घर फर्किए। केही समयका लागि साहुकार जगदीश र सुनील बानियाँलाई प्रहरीले पक्राउ गर्‍यो। तर केही समयपछि नै साहुहरु रिहा भए। कुनै पनि माग सम्बोधन भएन। ‘जनताले बाह्रै  महिना धर्ना गर्नुपर्ने हो? कि काठमाडौंमा बास बस्नुपर्ने हो ?’ उनी प्रश्न गर्छन्। 

296003045_1281621765705585_2280532519259186945_n1659537186.jpg

मिटरब्याजपीडितको माग सरकारले नसुनेपछि उनीहरु फेरि धर्नामा उत्रिएका छन्। अहिले ७७ जनाको समूह धर्नामा छ। अब अनिश्चितकालीन धर्ना दिएर दबाब दिने योजनामा छन् उनीहरु।

आफूले गरेको तमसुक फिर्ता गर्नुपर्ने, दृष्टिबन्धक फुकुवा गर्नुपर्ने, मिटरब्याजबाट ठगिएको पैसा फिर्ता गर्नुपर्ने लगायतका माग उनीहरुको छ। ‘जबसम्म न्याय पाईदैन, हामी आन्दोलनलाई अझै कडा रुपमा अगाडि बढाउँछौं,’ रामशरण भन्छन्, ‘सरकारले कि न्याय दिनुपर्छ, कि यही गोली हानोस्।’ 

मिटरब्याजकै कारण चार जनाको हृदयाघातबाट मृत्यु भइसकेको छ। ‘बिहान–बेलुका काम गरेर घरको खर्च टार्ने हामी यति चर्को मिटरब्याजको पैसा कहाँबाट तिरौं?’ रामशरण प्रश्न गर्छन्। उनका अनुसार सुस्तामा मात्रै मिटरब्याजीबाट ५ सय जना ठगिएका छन्। जिल्लाभर यो संख्या  ५ हजार रहेको उनको अनुमान छ। 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्