कैलाली– कैलालीको घोडाघोडी क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच विवाद हुँदा चक्कु प्रहार भएको छ। घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सुखडदेखि मसुरिया आउने क्रममा सार्वजनिक बसमा विवाद हुँदा चक्कु प्रहार भएको हो।
चक्कु प्रहारबाट दुई जना घाइते बनेका छन्। घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्वजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा–९ का सुनिल आउजी र गौरीगंगा ५ का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।
चक्कु प्रहार गर्ने दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ। उनको पहलमानपुर पोलिक्लिनकमा उपचार भइरहको छ।
विवाद मिलाउन प्रयास गर्ने अर्का व्यक्ति जुद्ध साँउद पनि घाइते भएका छन्। वसमा सवार साँउदको झडपलाई नियन्त्रणमा लिने क्रममा हातमा चोट लागेको हो। चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।