काठमाडौं– ठूलो मात्रामा लागु औषधसहित प्रहरीले २२ जनालाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोली काठमाडौं उपत्यकासहित विभिन्न ठाउँबाट २२ जनालाई पक्राउ गरेको हो।
औषधीलाई लागु औषधको रुपमा प्रयोग गर्न किनबेच गर्ने गिरोहका १० जना पक्राउ परेका छन्। ९ पुरुष र १ महिलालाई डाइलेक्स डिसी १ हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट १ हजार २६० र प्रोक्सिनभन १५० थानसहित १० जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।
यस्तै, खैरो हेराइन ४५९ ग्रामसहित १२ जनालाई पक्राउ गरिएको छ। उनीहरुबाट बरामद लागु औषधको अवैध मूल्य ५८ लाख १० हजार ८ सय रहेको ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।
पक्राउ पर्नेहरुमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की ३३ वर्षीया तुलसा खड्का, सुनसरीको बराह नगरपालिका–७ का २७ वर्षीय युवराज खड्का, सिन्धुपाल्चोकको पाँचपोखरी थङपालका गाउँपालिका–१ का ४७ वर्षीय मानबहादुर तामाङ, रौतहटको डुमरियाका ४६ वर्षीय किशोर चौलागाई, सर्लाहीको हरिवन नगरपालिका–४ का ३५ वर्षीय बुद्धबहादुर बम्जन, सर्लाहीकै इश्वरपुर–६ का २१ वर्षीय विपीन कुसवाह, रौतहटको गरुडा–९ का २५ वर्षीय सुभाष राय यादव, सोही ठाउँका १९ वर्षीय मोहमद आसफाक आलम, सलार्हीको हरिवन–३ का ४२ वर्षीय रतन मोक्तान र २८ वर्षीय दीपक श्रेष्ठ छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का २७ वर्षीय राजकुमार तामाङ, सोही ठाउँको मौवाखोला गाउँपालिका–१ का ३५ वर्षीय सुशीला तामाङ, झापाको भद्रपुर नगरपालिका–२ की संचमाया तामाङ, सोही ठाउँका ३१ वर्षीय मनिराज लिम्बू, बझाङको जयपृथ्वी नगरपालिका–१० का २० वर्षीय उपेन्द्र जाग्री, झापाको शिवसतासी नगरपालिका–९ का ३३ वर्षीय प्रेम हाङ आङ्बो, रामेछाप–९ का ४० वर्षीया जुनमाई मोक्तान, काठमाडौंका ४३ वर्षीय अनुज शाही, इलाम नगरपालिका–४ का ३२ वर्षीय दिपेश विश्कर्मा र पाँचथरको फिदिम नगरपालिका–९ का ३० वर्षीय काजिमान गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।