काठमाडौं– अवैध कस्मेटिक गोदाममा प्रहरीले छापा मारेको छ। काठमाडौं बौद्ध क्षेत्रमा रहेको कस्मेटिक गोदाममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।
भन्सार छलेर कस्मेटिक सामान ल्याउने गरेको भन्ने सूचनाका आधारमा छापा मारेर सामानहरु नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले नेपाल लाइभलाई जानकारी दिए।
ठूलो मात्रामा भन्सार छलिका सामानहरु बरामद भएको र अहिले पनि सामानहरु नियन्त्रणकै क्रममा रहेकाले कति सामान बरामद भयो भन्ने अहिले यकिन नभएको एसपी मैनालीले बताए।
उक्त सामान ल्याउने व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विस्तृत विवरण भने आउने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।