चन्द्रौटा– खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव बुधबार फेला परेको छ। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मंगलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो।
वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मंगलबार नै फेला परेको थियो। घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए।
सुनारको शव बुधबार बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।