काठमाडौं–त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मंगलबार ३५ लाख रुपैयाँ बराबरको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मंगलबार दिउँसो १ बजे थाई स्माइल एयरलाइन्सको उडानमार्फत् बैंकबाट काठमाडौं अवतरण गरेका भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरिएको हो।
मक्करले ५ वटा हाफपाइन्टभित्र अस्वाभाविक संख्यामा जडान गरिएका टाँकभित्र स–सानो रिङ बनाएर ४२६ ग्राम सुन लुकाईछिपाई ल्याएको पाइएपछि उनलाई नियन्त्रणमा लिएर भन्सार ऐनबमोजिम कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।
मक्करले निकै कुशलतापूर्वक रेडिमेड हाफपाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिटगरेर राखेका थिए। उक्त सुनको प्रचलित मूल्य करिब ३५ लाख रहेको जनाइएको छ। उनले आफू एक्लैले यो कसुर गरेका हुन् यो अन्य व्यक्तिको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान प्रारम्भ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।