काठमाडौं– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा ११५ वटा मुद्दा दायर भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७८/७९ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा ४ हजार १२७ वटा नमुनाहरूको विश्लेषण परीक्षण गरेको थियो।
जसमा फल तथा सागपातजन्य पदार्थका ६१ वटा, खाद्यान्न–दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा मुद्दा दायर गरिएको छ।
यस्तै दाना पदार्थका १७ वटा, दूध तथा दुग्धजन्य पदार्थका १५ वटा, तेल तथा घ्यूजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ वटा र अन्य ११ वटा गरी जम्मा २२४ वटा नमुनाहरुको परीक्षण गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।