• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काभ्रेस्थली घटना

दिनेश पाण्डेको सुसाइड नोट: श्रीमतीको ज्यादति सहन सकिनँ, छोराछोरीको माया लागेर सँगै लैजान हत्या गरे

64x64
नेपाल लाइभ सोमबार, साउन १६, २०७९  १८:५३
1140x725

काठमाडौं–काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला परेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन  थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो।

तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विद्यालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदासमेत कसैको आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका थिए। 

दिनेशकी श्रीमती सुनितासहित १३ वर्षीय आशिका र ८ वर्षीया आशिककाे शव एउटै कोठामा विभत्स अवस्थामा फेला परेको थियो। आशिक र आशिकाको शव खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनी सबैको शरीरमा धारिलो वस्तु (हतियार)ले प्रहार गरेको चोट देखिएको छ। दिनेशको शव भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको थियो। 

प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको लेखिएको छ। 

आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सुसाइड नोटमा लेखेका छन्। साउदीबाट कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको, तर श्रीमती भने उक्त पैसा माइतीलाई बुझाउने गरेको सुसाइड नोटमा लेखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। 

‘मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएँ, तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा पनि ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्, ममाथि कुटपिट गर्थिन्, प्रतिकार गर्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिइन्,’ सुसाइड नोटमा उल्लेख विषय उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

श्रीमतीले आफूविरुद्ध घरेलु हिंसा र ज्यान मार्ने उद्योगको उजुरी दिएर प्रहरी चौकीमा थुनाएको पनि दिनेशले सुसाइड नोटमा लेखेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने, तर अरु (परपुरुष)सँग घण्टौं फोनमा कुरा गर्ने गरेको पनि दिनेशले सुसाइड नोटमा लेखेको प्रहरी स्रोतको भनाइ छ।  

‘ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने। मलाई वास्ता नगर्ने गर्थिन्,’ सुसाइड नोटमा उल्लेखित विषय उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो। 

सुसाइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ हत्या गरेको लेखेका छन्।       

घटनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको हत्या गरे पछि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ। मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ। 

स्थानीयका अनुसार दिनेश र श्रीमती सुनिताबीच यसअघि पनि विवाद तथा झगडा हुने गरेको थियो। उनीहरुको झगडाको केस प्रहरी वृत्त बालाजुसम्म पुगेको प्रहरीले जनाएको छ। 

श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेका कारण सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउन खोजेको थियो। सुनिता बेलायत जाने तयारीमा समेत थिइन्। 


 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन्
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्