• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा ठगीः रकम लिने र दिने दुवै पीडित!

64x64
सुरेन्द्र बजगाईं सोमबार, साउन १६, २०७९  ०७:४५
1140x725

काठमाडौं–
घटना १

पाँचथरकी किशोरादेवी चम्लागाईं काठमाडौंका एयर फ्लो कन्सल्टेन्सीमा कर्मचारीको रूपमा काम गर्दै थिइन्। चम्लागाईं कन्सल्टेन्सीमा काम गर्ने भएकाले आफन्तहरूले उनले काम गर्ने कन्सल्टेन्सीमार्फत् नै विदेश जाने सोच बनाए। उनले पनि आफ्ना मान्छेहरूलाई आफैंले काम गरेको कन्सल्टेन्सीबाट जाने कुरालाई सकारात्मक रुपमा नै लिइन्। 

‘म मार्फत् वैदेशिक रोजगारमा जापान जानुपर्‍यो भनी बुझ्न आउनेहरूलाई मैले नारायणप्रसाद पाण्डेसँग भेट गराउँथेँ,’ चम्लागाई भन्छिन्, ‘पाण्डेले जापानमा फुड प्याकिङको लागि कामदारको आवश्यकता भइरहेको आफन्तलाई बताए। मासिक तलब २ लाख ५० हजार हुने आश्वासन दिए। उनले जापान जान प्रतिव्यक्ती खर्च ८ लाख लाग्ने बताए।’

आठ लाख तिरेर भए पनि हरि रेग्मी, ओम प्रकाश ढकाल, मनकुमार सम्वाहाम्फे, रूपमणि बास्कोटाले सोहि कन्सल्टेन्सीबाट जापान जान प्रक्रिया सुरु गर्ने भए। 

त्यसपछि पाण्डेले प्रक्रिया गर्नको लागि एडभान्सबापत पैसा चम्लागाईंकै  खातामा जम्मा गरीदिन भने। र पाण्डेले चम्लागाईको खाताबाट उक्त पैसा आफ्नो बैंक खातामा जम्मा गरिदिन अह्राए।

त्यहाँ आउने अरु मानिसलाई पनि पाण्डेले चम्लागाईं कै खातामा पैसा जम्मा गर्न लगाउँथे। चम्लागाईंका आफन्तले पनि त्यसरी नै पैसा जम्मा गरे। 

‘मैले उक्त पैसा पाण्डेले भनेअनुसार नै उनको बैंक खातामा जम्मा गरेँ। प्रक्रियाबापतको पैसा पठाइसकेपछि उनले केही विद्यार्थीहरूको वर्किङ भिसाको स्पोन्सर लेटरसमेत निकालेका थिए,’ चम्लागाईंले भनिन्, ‘पैसा बुझाएको थुप्रै समय बितिसक्दा पनि आफन्तहरुलाई वैदेशिक रोजगारीका लागि जापान पठाउन उनले केही पहल गरेनन्। अझ् उनी त पैसा फिर्ता नगरी फरार भए।’

पाण्डे त पैसा लिएर फरार भइहाले, तर चम्लागाईं भने फसादमा परिन्। लाखौं रकम दिँदा पनि विदेश जाने टुंगो नलागेपछि पैसा दिएकाहरुले चम्लागाईं पैसा फिर्ता माग्न थाले। ‘दिनहुँ भेटेर, फोनमार्फत पैसा फिर्ता मागेर हैरान बनाउँछन्। मैले त त्यो पैसा कन्सल्टेन्सी सञ्चालकलाई दिइसकेँ।’

त्यतिमात्र होइन, त्यसरी विदेश जानका लागि दिइएको पैसा पाण्डेको खातामा मात्रै नभई पाण्डेले भनेका अन्य व्यक्तिको नाममासमेत चम्लागाईंले हालेकी थिइन्। ‘त्यो पैसा पाण्डेले भनेबमोजिम नै अन्य व्यक्तिलाई पनि पठाइदिएँ,’ उनी भन्छिन्, ‘पैसा मेरो खातामार्फत् आए पनि अरुकैमा हाल्ने हो। अहिले म कहाँबाट पैसा फिर्ता दिनु?’

nimb
nimb
Ncell 2
Ncell 2

यतिबेला पाण्डे चम्लागाईंको सम्पर्कमासमेत छैन्। उनले पटक–पटक सम्पर्क गर्न खोजिन्। तर, पाण्डे कहाँ छन् कुनै पत्तो छैन। 

‘पाण्डे मलाईसमेत धोका दिएर फरार भएका छन्। पटक–पटक आफन्तले पैसा फिर्ता गर्न दबाब दिएपछि वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएकी हुँ। मेरो खातामा जम्मा गर्न लगाएर अहिले मलाई नै फसाउन खोजे।’

घटना २
स्याङ्जा भिरकोटका रमेश शाही (३४) नेपालमा नै केही गर्न चाहन्थे। तर, यहाँ उनले सोचेको केही काम भएन। त्यहीबेला शाहीलाई विदेश गयो भने केही कमाई हुन्छ कि भन्ने सोच आयो र साथीलाई आफ्नो मनसाय सुनाए। शाहीलाई ती साथीले सुनिलकुमार परियारसँग चिनजान गराइदिए। 

परियारले अन्य केही साथीहरूसँग मिलेर वैदेशिक रोजगारीमा युक्रेन पठाउने काम गर्ने बताए। परियारले अरू थुप्रै मानिसहरूलाई पठाई काममा लगाइसकेको विश्वास दिलाए। 

‘हामीले पठाएका सबै जनाले राम्रो कमाई गरिरहेका छन्। तपाईं पनि जाने भए हामी सम्पूर्ण व्यवस्था मिलाइदिन्छौं’, परियारले दिएको आश्वासन सुनाउँदै शाहीले भने।

उनले काम, तलब र खर्च बारेमा बुझ्दा प्लास्टिक कम्पनीमा कामदारहरुकोे डिमान्ड भएको र मासिक तलब ६०० डलर हुने बताए।  जसका लागि लागत खर्च ६ लाख ५० हजार रुपैयाँ बताए। उनी त्यति पैसा तिरेर भए पनि युक्रेन जान तयार भए।

परियारको कुराले शाही विदेश जान ढुुक्क भए। तर, उनले आफू परियारको प्रलोभनमा परेको पत्तै पाएनन्। परियारले विदेश जानको लागि पैसा विभिन्न व्यक्तिहरुको नाममा पठाउन लगाए।  

उनी भन्छन्, ‘उनले प्रक्रियाको लागि साथीहरू भारतीय नागरिक कान्तराज चन्द्रशेखर, दिनेश खड्का र देवराज दाहालको बैंक खातामा रकम जम्मा गर्नुपर्ने बताए। म पनि प्रक्रियाको लागि त खर्च लाग्ला भनेर देवराज दाहालको खातामा ५० हजार, कान्तराज चन्द्रको खातामा ४ लाख र कनेक्ट आइपीएसमार्फत् ३५ हजार बुझाएँ।’

उनी भारतीय र नेपाली नागरिकलाई गरी जम्मा ४ लाख ८५ हजार बुझाएको बताउँछन्। पैसा बुझाइसकेपछि उनीहरूले ‘भिसा आयो अब श्रम स्वीकृति निकाल्न बाँकी छ त्यसपछि उडिहाल्नुहुन्छ’ भनेर आश्वासन दिए।

उनले विदेश जानको लागि पटक–पटक श्रम स्वीकृतिको बारेमा बुझ्न परियारलाई सम्पर्क गरे। तर, परियारलाई सम्पर्क गर्दा ‘काम भइरहेको छ’ भन्ने मात्रै आश्वासन पाउने गरेको उनी बताउँछन्। 

शाही केही दिन त चुप लागेर बसे। तर, उनीहरुले ‘काम सकियो’ भनेर कहिल्यै फोन गरेनन्। त्यसपछि बाध्य भएर आफैंले फोन गरे। तर, पैसा लिनेहरूको फोन ‘अफ’ थियो। उनीहरू पैसा लिएर सम्पर्कविहीन भइसकेका थिए। त्यसपछि उनी अहिले वैदेशिक रोजगार विभागकामा आफूलाई विदेश पठाउने भन्दै ठगी गरेको भन्दै उजुरी गर्न गर्न पुगेका छन्। 

घटना–३
विराटनगरकी स्मृति श्रेष्ठ माल्टामा होटेलमा काम गर्न जान चाहन्थिन्। यही क्रममा उनी काठमाडौंस्थित क्यापिटल रिक्युमेन्ट सर्भिस प्रालिमा पुगिन्। उक्त म्यानपावरका सञ्चालक टंकप्रसाद सुवेदीसँग कुरा भयो। सुवेदीले पैसा म्यानपावरका कर्मचारी अमित स्याङब तामाङको बैंक खातामा हाल्ने लगाए।

‘उनले मलाई तामाङको हिमालयन बैंकको खाता नम्बर दिए। मेलै तामाङको खातामा एक लाख ५० हजार हालिदिएँ। र मैले नै बुबा रामकुमाल श्रेष्ठको नामबाट  ५० हजार  र यहाँको कम्पनीको कर्मचारी लेखनाथ दाहालको नामबाट  ७ लाख तामाङको हिमालयन बैंकको खातामा पटक–पटक गरी  ९ लाख बुझाएँ,’ उनी भन्छिन्, ‘मैले पटक–पटक गरी पैसा त बुझाए तर उनले मलाई माल्टा पठाएनन्।’

विदेश जानको लागि उनले गाउँमा ऋण गरेर पैसा ल्याएकी थिइन्। महिनौंसम्म पनि विदेश जान नपाएपछि उता ऋण लिएका साहुहरूले पैसा मारेर हैरान बनाएका छन्। तर, पैसा लिने म्यानपावर सञ्चालक र कर्मचारी उनको सम्पर्कमा नै आउँदैनन्। त्यसैले अहिले उनी वैदेशिक रोजगार विभागमा आफ्नो पैसा फिर्ता पाउँ भन्ने निवेदन लिएर पुगेकी छन्।

घटना ४ 
कैलालीका भानुभक्त पाण्डे वैदेशिक रोजगारमा जानको लागि चिनजानको दाईमार्फत् सुशील चापागाईँसँग भेट भयो। चापागाईँले रोमानियाको फ्याक्ट्रीमा कामको अवसर भएको बताए। मासिक कमाई ६५० डलर हुन्छ र लागत जम्मा साढे चार लाख मात्रै हुने जानकारी गराए। 

‘उनले अरूलाई पनि रोमानियामा पठाएको र राम्रो कमाई भएको बताएपछि म पनि जान तयार भएँ,’ पाण्डे भन्छन्। ‘चापागाईँले प्रक्रियाको लागि सक्कल राहदानी र २ लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाए।’

पैसा जम्मा गरेको केही समयमा भिसा आइसकेको र भिसाका लागि थप रकम आवश्यक भएको चापागाईँले भनेपछि पाण्डेले पुनः चापागाईँका साथी रामहरि कार्कीको बैंक खातमा डेढ लाख रुपैयाँ जम्मा गरे। उनले त्यो पैसा जम्मा गरिसकेपछि  भिसाको फोटो ह्वाट्स एपमा पठाए।

‘मैले उक्त भिसा सक्कली हो कि नक्कली भनेर चेक गर्दा भिसा त नक्कली पो रहेछ। त्यतिकैमा उनले श्रम स्वीकृति भएपछि उड्न आश्वासन दिए। तर, श्रम स्वीकृतिको लागि उनलाई फोन गर्दा सम्पर्क नै भएन’, पाण्डेले गुनासो गरे। 

पैसा पठाएकामध्येका कार्कीलाई फोन गर्दा चापागाईँले बैंकमा आएको पैसा आफूलाई मात्र पठाउन भने। तर, उनी अहिले भागेर भारत गइसकेको पाण्डे बताउँछन्। 

विदेश जाने आधाजति दलालबाटै ठगिन्छन्–पिपुल फोरम 
वैदेशिक रोजगारीको क्रममा ठगिनेमध्ये आधा त एजेन्टमार्फत् नै ठगीमा पर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा पठाउने म्यानपावरहरूले एजेन्ट राख्न पाउने व्यवस्था खारेज गरिएको छ। 

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरूलाई परामर्श दिनको लागि वैदेशिक रोजगार विभागको बाहिर पिपुल फोरम नामक संस्था छ। उसले विभिन्न समस्या परेर विभाग जाने मानिसहरूलाई निःशुल्क परामर्श र आवश्यक निवेदन लेखिदिने गरेको छ। 

गत आर्थिक वर्षमा मात्रै १३ सय ७६ जना (४८.२१ प्रतिशत) पीडित एजेन्टले ठगी गरेको उजुरी लेखाउन त्यहाँ पुगेका थिए। पिपुल फोरमका प्रोजेक्ट को–अडिनेर सुदीप देवकोटाका अनुसार गत आर्थिक वर्षमा १४ सय ८७ जना संस्थागत ठगीको उजुरी लिएर पिपुल फोरम पुगेका थिए।

‘वैदेशिक रोजगारीको नाममा ठगिने आधा पीडित दलालमार्फत् ठगिएका छन्। यसरी ठगी गर्ने ती मानिसहरूले आफ्नो खातामाभन्दा अन्य व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउने गरेको पाएका छौं। अझ कोहीलाई त के करणले आफ्नो बैंक खातामा पैसा आएकोसम्म थाहा हुँदैन,’ उनी थप्छन्, ‘पछिल्लो समय वास्तविक पिडक र रकम बुझाइएको व्यक्ति फरक–फरक रहेकोले वास्तविक पिडकलाई न्यायको कठघरामा ल्याउन कठिन भएको छ।’

निर्दोष फस्ने समस्या बढ्यो –विभाग
वैदेशिक रोजगार विभागलाई पनि ठगीमा दोस्रो व्यक्तिको प्रयोग भएका कारण निर्दोष व्यक्तिहरू नै समस्यामा पर्ने गरेको थाहा छ। विदेश जाँदा लाग्ने सरकारले तोकेको खर्च म्यानपावरमा रसिद लिएर मात्रै दिनुपर्ने विभागका निर्देशक  शेषनारायण पौडेल बताउँछन्।

उनी विभिन्न सुन काण्डमा हुँदा भरिया समातिने तर मुख्य योजनाकार चाहिँ नसमातिने भएजस्तै वैदेशिक रोजगारमा पनि दोस्रो व्यक्ति फस्ने गरेको बताउँछन्।

‘कुरा एक जनासँग गर्ने र पैसा चाहिँ म्यानपावरसँग असम्बन्धित मानिसलाई दिने गरेको पाइएको छ। हामीले त जुन मानिसको खातामा पैसा गएको देखिन्छ त्यसलाई समाउनुपर्‍यो। तर, अनुसन्धान गर्दै जाँदा उ नै पीडित हुन्छ।’ 

पौडेल थप्छन्, ‘यो सचेतनाको अभावमा भएको हो। हामीले सचेतना बढाउनको लागि रेडियोलगायतका सञ्चार माध्यमबाट प्रयास गरेका छौं।’

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शनिबार, साउन ३०, २०८३
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्यायका लागि दुई महिनादेखि सडक संघर्षमा शनिबार, साउन ३०, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्