• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा ठगीः रकम लिने र दिने दुवै पीडित!

64x64
सुरेन्द्र बजगाईं सोमबार, साउन १६, २०७९  ०७:४५
1140x725

काठमाडौं–
घटना १

पाँचथरकी किशोरादेवी चम्लागाईं काठमाडौंका एयर फ्लो कन्सल्टेन्सीमा कर्मचारीको रूपमा काम गर्दै थिइन्। चम्लागाईं कन्सल्टेन्सीमा काम गर्ने भएकाले आफन्तहरूले उनले काम गर्ने कन्सल्टेन्सीमार्फत् नै विदेश जाने सोच बनाए। उनले पनि आफ्ना मान्छेहरूलाई आफैंले काम गरेको कन्सल्टेन्सीबाट जाने कुरालाई सकारात्मक रुपमा नै लिइन्। 

‘म मार्फत् वैदेशिक रोजगारमा जापान जानुपर्‍यो भनी बुझ्न आउनेहरूलाई मैले नारायणप्रसाद पाण्डेसँग भेट गराउँथेँ,’ चम्लागाई भन्छिन्, ‘पाण्डेले जापानमा फुड प्याकिङको लागि कामदारको आवश्यकता भइरहेको आफन्तलाई बताए। मासिक तलब २ लाख ५० हजार हुने आश्वासन दिए। उनले जापान जान प्रतिव्यक्ती खर्च ८ लाख लाग्ने बताए।’

आठ लाख तिरेर भए पनि हरि रेग्मी, ओम प्रकाश ढकाल, मनकुमार सम्वाहाम्फे, रूपमणि बास्कोटाले सोहि कन्सल्टेन्सीबाट जापान जान प्रक्रिया सुरु गर्ने भए। 

त्यसपछि पाण्डेले प्रक्रिया गर्नको लागि एडभान्सबापत पैसा चम्लागाईंकै  खातामा जम्मा गरीदिन भने। र पाण्डेले चम्लागाईको खाताबाट उक्त पैसा आफ्नो बैंक खातामा जम्मा गरिदिन अह्राए।

त्यहाँ आउने अरु मानिसलाई पनि पाण्डेले चम्लागाईं कै खातामा पैसा जम्मा गर्न लगाउँथे। चम्लागाईंका आफन्तले पनि त्यसरी नै पैसा जम्मा गरे। 

‘मैले उक्त पैसा पाण्डेले भनेअनुसार नै उनको बैंक खातामा जम्मा गरेँ। प्रक्रियाबापतको पैसा पठाइसकेपछि उनले केही विद्यार्थीहरूको वर्किङ भिसाको स्पोन्सर लेटरसमेत निकालेका थिए,’ चम्लागाईंले भनिन्, ‘पैसा बुझाएको थुप्रै समय बितिसक्दा पनि आफन्तहरुलाई वैदेशिक रोजगारीका लागि जापान पठाउन उनले केही पहल गरेनन्। अझ् उनी त पैसा फिर्ता नगरी फरार भए।’

पाण्डे त पैसा लिएर फरार भइहाले, तर चम्लागाईं भने फसादमा परिन्। लाखौं रकम दिँदा पनि विदेश जाने टुंगो नलागेपछि पैसा दिएकाहरुले चम्लागाईं पैसा फिर्ता माग्न थाले। ‘दिनहुँ भेटेर, फोनमार्फत पैसा फिर्ता मागेर हैरान बनाउँछन्। मैले त त्यो पैसा कन्सल्टेन्सी सञ्चालकलाई दिइसकेँ।’

त्यतिमात्र होइन, त्यसरी विदेश जानका लागि दिइएको पैसा पाण्डेको खातामा मात्रै नभई पाण्डेले भनेका अन्य व्यक्तिको नाममासमेत चम्लागाईंले हालेकी थिइन्। ‘त्यो पैसा पाण्डेले भनेबमोजिम नै अन्य व्यक्तिलाई पनि पठाइदिएँ,’ उनी भन्छिन्, ‘पैसा मेरो खातामार्फत् आए पनि अरुकैमा हाल्ने हो। अहिले म कहाँबाट पैसा फिर्ता दिनु?’

Ncell 2
Ncell 2

यतिबेला पाण्डे चम्लागाईंको सम्पर्कमासमेत छैन्। उनले पटक–पटक सम्पर्क गर्न खोजिन्। तर, पाण्डे कहाँ छन् कुनै पत्तो छैन। 

‘पाण्डे मलाईसमेत धोका दिएर फरार भएका छन्। पटक–पटक आफन्तले पैसा फिर्ता गर्न दबाब दिएपछि वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएकी हुँ। मेरो खातामा जम्मा गर्न लगाएर अहिले मलाई नै फसाउन खोजे।’

घटना २
स्याङ्जा भिरकोटका रमेश शाही (३४) नेपालमा नै केही गर्न चाहन्थे। तर, यहाँ उनले सोचेको केही काम भएन। त्यहीबेला शाहीलाई विदेश गयो भने केही कमाई हुन्छ कि भन्ने सोच आयो र साथीलाई आफ्नो मनसाय सुनाए। शाहीलाई ती साथीले सुनिलकुमार परियारसँग चिनजान गराइदिए। 

परियारले अन्य केही साथीहरूसँग मिलेर वैदेशिक रोजगारीमा युक्रेन पठाउने काम गर्ने बताए। परियारले अरू थुप्रै मानिसहरूलाई पठाई काममा लगाइसकेको विश्वास दिलाए। 

‘हामीले पठाएका सबै जनाले राम्रो कमाई गरिरहेका छन्। तपाईं पनि जाने भए हामी सम्पूर्ण व्यवस्था मिलाइदिन्छौं’, परियारले दिएको आश्वासन सुनाउँदै शाहीले भने।

उनले काम, तलब र खर्च बारेमा बुझ्दा प्लास्टिक कम्पनीमा कामदारहरुकोे डिमान्ड भएको र मासिक तलब ६०० डलर हुने बताए।  जसका लागि लागत खर्च ६ लाख ५० हजार रुपैयाँ बताए। उनी त्यति पैसा तिरेर भए पनि युक्रेन जान तयार भए।

परियारको कुराले शाही विदेश जान ढुुक्क भए। तर, उनले आफू परियारको प्रलोभनमा परेको पत्तै पाएनन्। परियारले विदेश जानको लागि पैसा विभिन्न व्यक्तिहरुको नाममा पठाउन लगाए।  

उनी भन्छन्, ‘उनले प्रक्रियाको लागि साथीहरू भारतीय नागरिक कान्तराज चन्द्रशेखर, दिनेश खड्का र देवराज दाहालको बैंक खातामा रकम जम्मा गर्नुपर्ने बताए। म पनि प्रक्रियाको लागि त खर्च लाग्ला भनेर देवराज दाहालको खातामा ५० हजार, कान्तराज चन्द्रको खातामा ४ लाख र कनेक्ट आइपीएसमार्फत् ३५ हजार बुझाएँ।’

उनी भारतीय र नेपाली नागरिकलाई गरी जम्मा ४ लाख ८५ हजार बुझाएको बताउँछन्। पैसा बुझाइसकेपछि उनीहरूले ‘भिसा आयो अब श्रम स्वीकृति निकाल्न बाँकी छ त्यसपछि उडिहाल्नुहुन्छ’ भनेर आश्वासन दिए।

उनले विदेश जानको लागि पटक–पटक श्रम स्वीकृतिको बारेमा बुझ्न परियारलाई सम्पर्क गरे। तर, परियारलाई सम्पर्क गर्दा ‘काम भइरहेको छ’ भन्ने मात्रै आश्वासन पाउने गरेको उनी बताउँछन्। 

शाही केही दिन त चुप लागेर बसे। तर, उनीहरुले ‘काम सकियो’ भनेर कहिल्यै फोन गरेनन्। त्यसपछि बाध्य भएर आफैंले फोन गरे। तर, पैसा लिनेहरूको फोन ‘अफ’ थियो। उनीहरू पैसा लिएर सम्पर्कविहीन भइसकेका थिए। त्यसपछि उनी अहिले वैदेशिक रोजगार विभागकामा आफूलाई विदेश पठाउने भन्दै ठगी गरेको भन्दै उजुरी गर्न गर्न पुगेका छन्। 

घटना–३
विराटनगरकी स्मृति श्रेष्ठ माल्टामा होटेलमा काम गर्न जान चाहन्थिन्। यही क्रममा उनी काठमाडौंस्थित क्यापिटल रिक्युमेन्ट सर्भिस प्रालिमा पुगिन्। उक्त म्यानपावरका सञ्चालक टंकप्रसाद सुवेदीसँग कुरा भयो। सुवेदीले पैसा म्यानपावरका कर्मचारी अमित स्याङब तामाङको बैंक खातामा हाल्ने लगाए।

‘उनले मलाई तामाङको हिमालयन बैंकको खाता नम्बर दिए। मेलै तामाङको खातामा एक लाख ५० हजार हालिदिएँ। र मैले नै बुबा रामकुमाल श्रेष्ठको नामबाट  ५० हजार  र यहाँको कम्पनीको कर्मचारी लेखनाथ दाहालको नामबाट  ७ लाख तामाङको हिमालयन बैंकको खातामा पटक–पटक गरी  ९ लाख बुझाएँ,’ उनी भन्छिन्, ‘मैले पटक–पटक गरी पैसा त बुझाए तर उनले मलाई माल्टा पठाएनन्।’

विदेश जानको लागि उनले गाउँमा ऋण गरेर पैसा ल्याएकी थिइन्। महिनौंसम्म पनि विदेश जान नपाएपछि उता ऋण लिएका साहुहरूले पैसा मारेर हैरान बनाएका छन्। तर, पैसा लिने म्यानपावर सञ्चालक र कर्मचारी उनको सम्पर्कमा नै आउँदैनन्। त्यसैले अहिले उनी वैदेशिक रोजगार विभागमा आफ्नो पैसा फिर्ता पाउँ भन्ने निवेदन लिएर पुगेकी छन्।

घटना ४ 
कैलालीका भानुभक्त पाण्डे वैदेशिक रोजगारमा जानको लागि चिनजानको दाईमार्फत् सुशील चापागाईँसँग भेट भयो। चापागाईँले रोमानियाको फ्याक्ट्रीमा कामको अवसर भएको बताए। मासिक कमाई ६५० डलर हुन्छ र लागत जम्मा साढे चार लाख मात्रै हुने जानकारी गराए। 

‘उनले अरूलाई पनि रोमानियामा पठाएको र राम्रो कमाई भएको बताएपछि म पनि जान तयार भएँ,’ पाण्डे भन्छन्। ‘चापागाईँले प्रक्रियाको लागि सक्कल राहदानी र २ लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाए।’

पैसा जम्मा गरेको केही समयमा भिसा आइसकेको र भिसाका लागि थप रकम आवश्यक भएको चापागाईँले भनेपछि पाण्डेले पुनः चापागाईँका साथी रामहरि कार्कीको बैंक खातमा डेढ लाख रुपैयाँ जम्मा गरे। उनले त्यो पैसा जम्मा गरिसकेपछि  भिसाको फोटो ह्वाट्स एपमा पठाए।

‘मैले उक्त भिसा सक्कली हो कि नक्कली भनेर चेक गर्दा भिसा त नक्कली पो रहेछ। त्यतिकैमा उनले श्रम स्वीकृति भएपछि उड्न आश्वासन दिए। तर, श्रम स्वीकृतिको लागि उनलाई फोन गर्दा सम्पर्क नै भएन’, पाण्डेले गुनासो गरे। 

पैसा पठाएकामध्येका कार्कीलाई फोन गर्दा चापागाईँले बैंकमा आएको पैसा आफूलाई मात्र पठाउन भने। तर, उनी अहिले भागेर भारत गइसकेको पाण्डे बताउँछन्। 

विदेश जाने आधाजति दलालबाटै ठगिन्छन्–पिपुल फोरम 
वैदेशिक रोजगारीको क्रममा ठगिनेमध्ये आधा त एजेन्टमार्फत् नै ठगीमा पर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा पठाउने म्यानपावरहरूले एजेन्ट राख्न पाउने व्यवस्था खारेज गरिएको छ। 

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरूलाई परामर्श दिनको लागि वैदेशिक रोजगार विभागको बाहिर पिपुल फोरम नामक संस्था छ। उसले विभिन्न समस्या परेर विभाग जाने मानिसहरूलाई निःशुल्क परामर्श र आवश्यक निवेदन लेखिदिने गरेको छ। 

गत आर्थिक वर्षमा मात्रै १३ सय ७६ जना (४८.२१ प्रतिशत) पीडित एजेन्टले ठगी गरेको उजुरी लेखाउन त्यहाँ पुगेका थिए। पिपुल फोरमका प्रोजेक्ट को–अडिनेर सुदीप देवकोटाका अनुसार गत आर्थिक वर्षमा १४ सय ८७ जना संस्थागत ठगीको उजुरी लिएर पिपुल फोरम पुगेका थिए।

‘वैदेशिक रोजगारीको नाममा ठगिने आधा पीडित दलालमार्फत् ठगिएका छन्। यसरी ठगी गर्ने ती मानिसहरूले आफ्नो खातामाभन्दा अन्य व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउने गरेको पाएका छौं। अझ कोहीलाई त के करणले आफ्नो बैंक खातामा पैसा आएकोसम्म थाहा हुँदैन,’ उनी थप्छन्, ‘पछिल्लो समय वास्तविक पिडक र रकम बुझाइएको व्यक्ति फरक–फरक रहेकोले वास्तविक पिडकलाई न्यायको कठघरामा ल्याउन कठिन भएको छ।’

निर्दोष फस्ने समस्या बढ्यो –विभाग
वैदेशिक रोजगार विभागलाई पनि ठगीमा दोस्रो व्यक्तिको प्रयोग भएका कारण निर्दोष व्यक्तिहरू नै समस्यामा पर्ने गरेको थाहा छ। विदेश जाँदा लाग्ने सरकारले तोकेको खर्च म्यानपावरमा रसिद लिएर मात्रै दिनुपर्ने विभागका निर्देशक  शेषनारायण पौडेल बताउँछन्।

उनी विभिन्न सुन काण्डमा हुँदा भरिया समातिने तर मुख्य योजनाकार चाहिँ नसमातिने भएजस्तै वैदेशिक रोजगारमा पनि दोस्रो व्यक्ति फस्ने गरेको बताउँछन्।

‘कुरा एक जनासँग गर्ने र पैसा चाहिँ म्यानपावरसँग असम्बन्धित मानिसलाई दिने गरेको पाइएको छ। हामीले त जुन मानिसको खातामा पैसा गएको देखिन्छ त्यसलाई समाउनुपर्‍यो। तर, अनुसन्धान गर्दै जाँदा उ नै पीडित हुन्छ।’ 

पौडेल थप्छन्, ‘यो सचेतनाको अभावमा भएको हो। हामीले सचेतना बढाउनको लागि रेडियोलगायतका सञ्चार माध्यमबाट प्रयास गरेका छौं।’

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्