काठमाडौं– प्रहरी प्रधान कार्यालयले १३ प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा गरेको छ।
आइतबार सूचना निकाल्दै १३ एसपीहरुको काज सरुवा गरिएको हो। सूचीअनुसार एसपी ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुरको प्रहरी प्रमुख बनेका छन्।
प्रभुप्रसाद ढकाललाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। इलाममा दिलिप घिमिरेलाई पठाइएको छ भने एसपी रमेश पण्डितले नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।