• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण

64x64
रासस आइतबार, साउन १५, २०७९  १४:११
1140x725

तनहुँ– तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा  म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र  भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो।

देवघाट गाउँपालिकामा आव २०७७/७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा ४८ हजार १०० भत्ता वितरण भएको छ। देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा १२ हजार, देवघाट–३ का धनमाया पौडेल क्षेत्रीका नाममा दोस्रो चौमासिकमा १२ हजार र सोही वडाका अम्मरबहादुर थापाका नाममा तेस्रो चौमासिकमा १२ हजार भत्ता वितरण भएको छ।

सापकोटाको विसं २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारामबमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ।
 
ऋषिङ गाउँपालिकामा तीन मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ। वडा नम्बर ७ का भिमबहादुर दमाईंका नाममा प्रथम चौमासिकमा तीन हजार, विष्णुमाया आलेका नाममा प्रथम चौमासिकमा नौ हजार र डिलबहादुर थापाको नाममा प्रथम चौमासिकमा ११ हजार, दोस्रो तथा तेस्रो चौमासिकमा २४ हजार भत्ता वितरण भएको छ। 

दमार्इंको विसं २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको विसं २०७७ साउन १० गते मृत्यु भएको थियो। सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात् पनि भत्ता निकासा गरेको थियो। 

यस्तै शुक्लागण्डकी नगरपालिकाले पनि मृत्यु भएका आठ ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ। शुक्लागण्डकी–१० का केसरी थापालाई तेस्रो चौमासिकको चार हजार ५००, दानबहादुर थापालाई तेस्रो चौमासिकको तीन हजार, शुक्लागण्डकी–५ का हुमनाथ भण्डारीलाई तेस्रो चौमासिकको पाँच हजार, शुक्लागण्डकी–७ का रुपा विकलाई प्रथम चौमासिकको तीन हजार, पुमादेवी विकलाई प्रथम चौमासिकको तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको आठ हजार र नोमलाल बस्याललाई तेस्रो चौमासिकको सात हजार सात सय वितरण गरिएको छ। 

महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक भत्ता असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ। यस्तै आँबुखैरेनी गाउँपालिकाले मृत्यु भइसकेका सात जना व्यक्तिका नाममा उक्त भत्ता वितरण गरेको छ।

बुखैरेनी–३ का वेदनारायण श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेस्रो चौमासिकको सात हजार सात सय ४१, आँबुखैरेनी–५ का जालुमा गुरुङलाई तेस्रो चौमासिकको दुई हजार नौ सय, आँबुखैरेनी–४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको एक हजार आठ सय र दोस्रो चौमासिकको एक हजार तीन सय र आँबुखैरेनी–६ का आशबहादुर गुरुङलाई तेस्रो चौमासिकको दुई हजार सात सय वितरण गरिएको छ। 

घिरिङ गाउँपालिकाले पनि आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ। घिरिङ–३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी १२ हजार, नरबहादुर कामीलाई तेस्रो चौमासिकको नौ हजार, मानबहादुर श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार, सेती श्रेष्ठलाई तेस्रो चौमासिकको आठ हजार दुई सय, घिरिङ–४ का नरिमाया राना मगरलाई दोस्रो र तेस्रो गरी १६ हजार सात सय, लीलबहादुर कुमाललाई दोस्रो चौमासिकको तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेस्रो चौमासिकको चार हजार सात सय र घिरिङ–१ का मुक्तिलाल कुमाललाई तेस्रो चौमासिकको दुई हजार छ सय वितरण गरिएको छ। 

Ncell 2
Ncell 2

त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लीलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो।

यता भिमाद नगरपालिकाले पनि तीन ज्येष्ठ नागरिकको मृत्युपश्चात् भत्ता वितरण गरेको पाइएको छ। भिमाद–२ का सेती आलेलाई प्रथम चौमासिकको पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको दुई हजार आठ सय र भिमाद–६ का मनबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार वितरण गरिएको छ। 

सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो। बन्दीपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाका नाममा भत्ता वितरण गरेको छ। बन्दीपुर–३ का डम्बरबहादुर गुरुङलाई तेस्रो चौमासिकको चार हजार पाँच सय, बन्दीपुर–४ का नेप्टिमाया गुरुङलाई तेस्रो चौमासिकको पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेस्रो चौमासिकको दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार तीन सय, लीलादेवी अधिकारीलाई तेस्रो चौमासिकको आठ हजार चार सय, मनबहादुर मगरलाई दोस्रो र तेस्रो चौमासिकको १६ हजार एक सय वितरण गरिएको छ। 

तीमध्ये डम्बरको विसं २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लीलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो। महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ। 

यस्तै भानु नगरपालिकाले मृत्यु भएका ११ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। भानु–१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको १२ हजार, काली परियारको तेस्रो चौमासिकबापतको आठ हजार, जुठी थापाको दोस्रो र तेस्रोबापतको २४ हजार, भानु–१ का हर्कबहादुर लामाको दोस्रो चौमासिकबापतको १२ हजार, भानु–१२ का हरिबहादुर क्षेत्रीको तेस्रो चौमासिकबापतको १२ हजार, राममाया अधिकारीको तेस्रो चौमासिकबापतको १२ हजार, प्रेममाया थापाको तेस्रो चौमासिकबापतको १२ हजार, विष्णुमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, भगवती केसीको तेस्रो चौमासिकबापतको १२ हजार, भानु–४ का सुकमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, पशुपतिनाथ ढकालको तेस्रो चौमासिक बापतको १२ हजार निकासा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार, मंसिर १५, २०८२
प्रधानमन्त्री कार्की र जेन जेड आन्दोलनका सहिद परिवारबीच छलफल सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरवारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भने... आइतबार, मंसिर १४, २०८२
देशभर नयाँ १६८ वटा मतदानस्थल थप आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी द... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मिति घोषणा गर्ने सोमबार, मंसिर १५, २०८२
एनपिएल: आज विश्राम, भोलि दुई खेल हुने सोमबार, मंसिर १५, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले लेखे– ‘देश बनाउने अभियानमा सँगै छौँ’ सोमबार, मंसिर १५, २०८२
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
काठमान्डु पाँच विकेटले विजयी हुँदै ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्