काठमाडौं–कर्तव्य ज्यान र अपहरण मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको इशानाथ गाउँपालिका–३ का ४७ वर्षीय इन्दल महतो कोइरी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार ललितपुरको गुसिङगालबाट पक्राउ गरेको हो।
अनुपी देवीले उनीविरुद्ध कर्तव्य ज्यान र अपहरणको कसुरमा जाहेरी दिएकी थिइन्। पक्राउ परेका कोइरीलाई थप अनुसन्धान र कारबाहीका लागि रौतहट पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।