काठमाडौं– राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ। पहिलोपटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ संक्रमबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन्।
तीन दिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि संक्रमित बनेको राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन्।
७९ वर्षीय बाइडेन संक्रमित बनेपछि पुनः एकान्तबासमा फर्केका छन्। उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए।
संक्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तिमा पाँच दिन एक्लै बस्नुपर्नेछ। राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।