काठमाडौं– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो।
आइतबार मात्रै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका करिब डेढ स्कूल बस र तिनका चालकलाई कारबाही गरेको छ।
स्कूल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने १६ वटा स्कूल बसलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
स्कूलका सवारी साधनलाई सचेत गराउने अभियानअन्तर्गत आइतबार बिहान उक्त संख्यामा स्कूल बसमाथि कारबाही गरिएको हो।
काठमाडौं उपत्यकामा चेकजाँचका क्रममा उतत्यका ट्राफिक प्रहरी कार्यालेले विभिन्न कसुरमा कारबाही गरेको जनाएको छ।
कारबाहीमा परेकामध्ये पाँचवटा स्कूल बसका चालकले त मादक पदार्थ सेवन गरेर बस चलाइरहेको पाइएको छ। यसअघि पनि चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेर सवारी साधन चलाउने गरेको ट्राफिकले भेटाएको थियो।
आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।