• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फूलप्रसादसहित बडिमालिका पठाइयो सरकारी डोल

64x64
रासस शनिबार, साउन १४, २०७९  १२:५२
1140x725

डोटी– सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसादसहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ। जनैपूर्णिमा अर्थात् यही साउन २७ गतेका दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको उक्त सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो। 

सिलगढीमा रहेको भैरवप्रशाद गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालयको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो।

राणा शासनकालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत्रुपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहेअनुसार उक्त डोल पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। 

उनले भनिन्, 'राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर आज विधिवत्रुपमा डोल पठाएका छौं।' 

उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ।

सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण जनैपूर्णिमामा उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताए। 

उनले भने, 'भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा बर्सेनि भक्तजनको भीड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो, हामीले पनि डोल पठाएका छौं, बडिमालिकाले भक्तजनको मनोकामना पूर्ण गर्छ।' 

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडिमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीमा या दुई दिन पैदल यात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले जानकारी दिए। 

Ncell 2
Ncell 2

उनका अनुसार सिलगढीबाट डोलको यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामनासहित ठाउँठाउँमा पानीका घडा तथा फूलमालाले स्वागत गर्ने गर्दछन्। 

डोल लगेर बडिमालिका जान लागेका मालपोत कार्यालयका कर्मचारी नारद गिरीले भने, 'तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडामा बडिमालिकाको प्रसाद राखेर आउछौं।' 

बडिमालिका जाने क्रममा बाटोमा खाने बस्ने व्यवस्थाका लागि भने समस्या रहेको छ। उक्त क्षेत्रमा जनैपूर्णिमाको मेलाबाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्। बडिमालिका जाने क्रममा बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडिमालिका मन्दिर गएका व्यक्ति बताउँछन्। 

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ। तीन नदीको सङ्गम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्व बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले जानकारी दिए। 

उनका अनुसार त्रिवेणीधामबाट कम्तीमा पनि छ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ। वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन्।

प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले त्यति प्रभावकारी योजना भने बनाउन सकेको छैन। जनैपूर्णिमाका बेला चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीका बासिन्दा बताउँछन्। 

बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्न लाम लागेर बस्ने गर्दछन्। पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञकुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अङ्गपतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार, मंसिर १५, २०८२
प्रधानमन्त्री कार्की र जेन जेड आन्दोलनका सहिद परिवारबीच छलफल सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरवारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भने... आइतबार, मंसिर १४, २०८२
देशभर नयाँ १६८ वटा मतदानस्थल थप आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी द... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मिति घोषणा गर्ने सोमबार, मंसिर १५, २०८२
एनपिएल: आज विश्राम, भोलि दुई खेल हुने सोमबार, मंसिर १५, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले लेखे– ‘देश बनाउने अभियानमा सँगै छौँ’ सोमबार, मंसिर १५, २०८२
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
काठमान्डु पाँच विकेटले विजयी हुँदै ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्