काठमाडौं–उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले टिपर चालकहरुमाथि निगरानी बढाएको छ।
लापरबाही तथा तिव्र गतिमा टिपर चलाउँदा टिपरको ठक्कबारट उपत्यकामा दुर्घटना भइरहने गरेको छ।
यसैबीच ट्राफिकले प्रहरीले टिपर चालकमाथि निगरानी गर्दै उनीहरुले लागु औषध सेवन गरे/नगरेको जाँच्न थालेको छ। साउन ९ गतेदेखि चालक, सहचालकहरुले लागुआषैध खाए/नखाएको जाँच सुरु गरेको ट्राफिकले अब टिपर चालकमाथि निगरानी बढाएको हो।
प्राविधिक टोली, तिएचसी किटसहित जाँच सुरु गरिएको ट्राफिक प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। यो कार्यक्रमलाई थप व्यवस्थीत गर्दै लगिने ट्राफिकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।