काठमाडौं– काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ (जुवा) खेलाएको आरोपमा एक चिनियाँ नागरिकसहित ४ जना पक्राउ परेका छन्।
चिनियाँ नागरिक ४८ वर्षीय सु सुजीसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड सहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।