धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
चेक अनादरको मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्र पठाइएको प्रहरी निरीक्षक साउदले बताए। कृष्णकुमार रानाले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।