• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपालको राजनीति: पार्टी मृत छ, नेता बाँचिरहेको छ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  १७:४०
1140x725

नेपालका राजनीतिक पार्टीहरुमा किचलो र फुटको शृङ्खला लामो समयदेखि चल्दै आइरहेको छ। सुरुमा किचलो देखिने र निष्कर्षमा फुट्ने पक्रिया रोग जस्तै बनिसकेको छ। अझ रोचक चाहिँ के छ भने विभाजनले औपचारिकता नपाउँदै पार्टी एकीकरण पनि हुने गर्छ। नेपालका दलहरुमा देखिएको आन्तरिक किचलो, पार्टी विभाजनसम्म पुग्नुको कारण के होला? नेपालमा पार्टी फुटको श्रृङ्खलामा केन्द्रित रहेर राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरिएको संवाद: 

अहिले प्राय सबै पार्टीहरूमा किचलो देखिन्छ, वैचारिक वा सैद्धान्तिक भन्दा पनि व्यक्तिगत स्वार्थको टकरावले पार्टीहरु लथालिंग जस्तै छन्। खासमा पार्टीहरूमा यस्तो किन हुन्छ?
यस्तो विषयलाई पार्टीहरूले विभिन्न कुरा गर्छन्। केही पार्टीहरूले यसलाई लोकतन्त्रिक पारिपाटी भन्छन्, केहिले यसलाई जनवादी केन्द्रीयता भन्छन् भने केहिले अर्कै नाम देलान्। 

वास्तवमा यस्तो किचलो हुुनु चाहिँ राज्य सत्ताको दोहोनसँग गएर जोडिन्छ। पार्टीमा जति ठूलो पदमा हुन्छ मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, राजदूत बन्ने र राज्य सत्ताको दोहोनमा केन्द्रित हुने परिपाटी छ। जसले गर्दा पार्टी भनेको सामाजिक संगठन नरहेर अब राज्य दोहोनको एक औजार बन्न पुगे। पार्टीको पदमा झगडा गर्नु भनेको सत्तामा पुग्नको लागि लाइसेन्स तयार गर्नु भन्ने  छ। फेरि भइदिन्छ के भने जोसँग पैसा छ त्यसैले चुनाव जित्छ। फेरि अर्को चुनाव जित्नका लागि पैसा चाहियो, त्यो पैसा कहाँबाट ल्याउने भन्दा राज्य सत्ताबाट दोहोन गरेर अथवा सत्तामा पुगिसकेपछि नीतिगत अपचलन गरेर आर्यआर्जन हुने हो। 

त्यसकारण पार्टीको किचलो अरू कुनै सैद्धान्तिक विमति भएर, सांगठनिक छलफल हुनका लागि नभएर ‘मैले पाइनँ’ भन्ने दृष्टिकोणबाट निस्किन्छन्।

अहिले मूल नेतृत्वमा रहेको पुस्ता विस्थापित भएर नयाँ पुस्ता आए नेपाली राजनीति सुध्रिन्छ कि भन्ने आम अपेक्षा छ। त्यही पार्टी संरचनामा रहेको नयाँ पुस्ताबाट सुधारको अपेक्षा गर्न सकिन्छ त?
सुध्रिन्छ भन्ने अपेक्षा छैन। नयाँ आउने भनेका एकदम क्षमतावानलाई पार्टी संरचनाले बन्ध्याकरण गरेको छ। बन्ध्याकरण के मानेमा भने अहिलेको संरचनामा तिनीहरूले सिधै प्रविष्ट गर्न पाउने अवस्था छैन। यदि पार्टीका विभिन्न तहमा सिधै प्रवेश गर्न पाउने भए पार्टीको अवस्था पनि सुध्रिन्थ्यो होला।

परम्परागत राजनितिक मान्यताभन्दा आधुनिक राजनीतिक मान्यताले राजनीतिक विचारभन्दा पनि सेवा प्रवाहमा जोड दिनु पर्छ भन्ने कुरामा जोड गर्छ। तर, यो होइन कि पार्टीको सिद्धन्त हुँदैन, संरचना हुंदैन। त्यो अवश्य हुन्छ। मूल कुरो चाहिँ आजका मान्छेका समस्यालाई पहिला सम्बोधन गर्नु पर्छ भन्ने हो। तर, नयाँ पुस्ता भनिएकाले यो कुरा बुझेका छैनन्। जस्तै अहिलेका परम्परागत पार्टी भित्र आउनेलाई पार्टीले बन्ध्याकरण नै गरेको छ। 

त्यस्तै नयाँ गर्छु भनेर आएका नयाँ पार्टीहरूले चाहिँ परम्परागत पार्टीहरू प्रतिको रिस, पुरानाले गर्न नसकेको भन्ने आक्रोश मात्र देखिन्छ।

नेपालमा नयाँ पार्टी बन्नका लागि नेपालको सामाजिक परिवेशले माग गर्नु पर्छ। त्यसरी माग गर्दा त्यो समाजले माग गरेको हो कि तपाईंलाई एउटा पार्टी चाहिएको हो? भन्ने कुरामा नेपाली समाज दुविधाग्रस्त छ। त्यसैले नयाँ भनिएका पार्टीमा परम्परागत पार्टीप्रतिको आक्रोश देखिन्छ, तर त्यो आक्रोश सुसंगठित ढङ्गले भने आउन सकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्को पाटोबाट हेर्दा नेपाली समाजले नयाँ आओस् भनेर चाहेको छ। त्यसको वस्तुगत आधार तयार पनि भएको छ। तर त्यस्तो अवस्थालाई बुझेर इच्छाशक्ति भएको नेतृत्व चाहिँ आएको छैन। 

पार्टी भित्रको समस्यालाई लोकतान्त्रिक तवरले भन्दापनि विभाजन गर्ने वा निस्कासन गर्ने परिपाटी रहेको छ। पार्टी भित्र लोकतान्त्रिक तवरबाट यस्ता समस्याको समाधान गर्न किन नसकेका होलान् दलहरूले? नेतृत्वमै समस्या हो कि पार्टी संरचना नै त्यस्तो भएर हो?
वास्तवमा संरचना नेतृत्वले बनाउने हो। संरचनाले नेतृत्व पनि बनाउँछ। नेतृत्व र संरचना एक अर्कोका परिपूरक कुराहरू हुन्। समस्या चाहिँ कहाँनेर आउँछ भने अहिलेको नेतृत्व लामो समयसम्म सांगठनिक रुपमा जाम बनाएर बसेको छ। नेतृत्व ५ बर्ष वा १० बर्षमा परिर्वतन भइसक्नुपर्ने हो। त्यहीभएर हाम्रो लोकतान्त्रिक पार्टीको संरचनालाई के भनिन्छ भने एउटा आदर्श सैद्धान्तिक रुपमा त्यसलाई ‘सेल्फ रेगुलेटिभ’ भनिन्छ।  जसको अर्थ हो स्वनियमकारी। तर, हाम्रोमा त्यस्तो छैन।

संरचनाले समाधान गर्थ्यो होला, तर नेताले के गरे भने त्यो संगठानिक संरचना स्वनियमकारी हुनु पर्ने हो त्यो पहिलै भुत्ते बनाइसकेका छन्। मतलब आफूलाई सहयोग गर्ने किसिमको संरचना बनाएका छन्। 

यो विषयका दुईवटा कुना देख्छु म। एउटा आफूलाई विरोध गर्नेलाई संरचनाबाट बाहिर निकाल्ने र सहयोगी आसेपासेलाई भित्र पार्ने। यसले पार्टी चाहिँ गैरलोकतन्त्रिक बनाउँछ। जसको उदाहरण नेपालका पार्टीहरू हुन्।

लोकतान्त्रिक संरचनालाई मारेर, अलोकतान्त्रिक संरचना खडा गरेको कारण अहिलेका नेतृत्वमा रहेका नेता त्यत्रो वर्षसम्म पार्टीमा रहेका छन्। पार्टी मृत छ, नेता बाँचिरहेको छ।  

कम्युनिष्ट र लोकतान्त्रिक पार्टीहरू भित्रको किचलोको कारण एउटै छ कि फरक पारेर हेर्न सकिन्छ?
अलिकति फरक तिनीहको केही प्रक्रियाहरूमा  देखिन्छ। जस्तो केही कम्युनिस्ट पार्टीहरूका निर्लज्ज प्रक्रियाहरू छन्। जस्तो माओवादी केन्द्रलाई हेर्नुहुन्छ भने त्यो असाध्यै अलोकतन्त्रिक र व्यक्तिवादी छ। नेकपा एमाले चौथो माधिवेशनबाट लोकतन्त्रिक ट्र्याकमा जान खोजेको थियो। त्यस्तै, आठौं माधिवेशनबाट चुनाव गर्ने नेतृत्व चयन गर्ने भन्ने थियो, तर त्यसको ढाँचा व्यक्तिवादीनै थियो। यो यसको केही फरक तरिका छ। अरू साना वामपन्थी पार्टीहरू पारिवारिक पार्टीहरू छन्। केही ‘वान म्यान’ पार्टी पनि छन्। 

लोकतन्त्रिक पार्टी भनेको कांग्रेस, मधेशवादी दलहरू हुन्। मधेश केन्द्रित पार्टी पनि मूलत: व्यक्ति केन्द्रित नै हुन्। 

नेपाली कांग्रेसको १४औं माधिवेशनबाट संगठनिक संरचना केही खकुलो बनाइएको छ। युवाहरूले प्रवेश पाएका छन्। जसकाकारण युवाहरू पनि चाँडै चाँडै नेतृत्वमा पुग्न सक्छन्। तर, माथिल्लो नेतृत्वमा भने बुढो गिरोहो छ। त्यो गिरोहो पार्टीमा बुढो हुन्जेल नेतृत्व छोडेको छैन। त्यो लामो समयसम्म पार्टीको नेतृत्वमा बसेको छ। त्यसले पार्टी कब्जा गरेको छ। विधानत: त त्यो प्रजातान्त्रीक देखिन्छ, तर व्यवहारमा त्यो त्यस्तो हुन्न। 

त्यसरी जितेर नेतृत्वमा पुग्न उसले पहिला भोटर बनाउँछ। अनि आफू नेतृत्वमा चुनिन्छ। यद्यपि  अहिलेको महाधिवेशनले उक्त कुरालाई करेक्सन गरेको छ, तर त्यसको नतिजा आउन समय लाग्छ। 

पार्टी नेतृत्वको कार्यशैली एकदमै अपारदर्शी देखिन्छ। व्यक्तिवाद र एकलौटीपन अपनाएको देखिन्छ। एउटै व्यक्तिलाई बारम्बार अवसरको थुप्रो लगाएको देखिन्छ। पार्टीहरूमा यो बाध्यता किन पर्छ?
अहिलेको नेतृत्वका प्रभावशाली नेताहरूलाई आन्तरिक स्रोतको परिचालनबाट किन्ने गरेका छन्। पार्टी भित्र कसले अवसर पाईरहेको छ भनेर हेर्नु हुन्छ भने २०४८ सालबाट २०६३ सम्म जसले अवसर पायो अहिलेसम्म पनि त्यहि नेतृत्वले अवसर पाइरहेको छ। र ती मान्छेको संख्या चाँही ३० देखि  ४० जनाको छ। यसर्थ एउटै तप्काले निरन्तर अवसर पाइरहेको छ। 

पार्टीभित्र धेरै विसङ्गत काम गरेको यो समूहले आफूलाई सहयोग गर्ने मान्छे मात्रै छानेर राख्छ। राम्रा काम गरेका वा अवसर नपाएकालाई झन् झन् बाहिर लान्छ। 

पार्टीको नियमन गर्ने संरचनालाई भत्काएर स्वेच्छाचारी संरचना बनाए पछि आफैं पनि स्वेच्छाचारी बनेका छन्। पार्टी स्वेच्छाचारी, संरचना स्वेच्छाचारी, नेतृत्व स्वेच्छाचारी भएपछि व्यवस्था नै स्वेच्छाचारी भएको छ। 

सबै राजनीतिक दलमा गुट छ। गुटलाई सरल भाषामा वैचारिक समूह पनि भनिन्छ। गुटले पार्टीमा ‘चेक एण्ड ब्यालेन्स’ गर्ने सन्तुलन मिलाउनु पर्ने हो, तर त्यहि गुटनै किचलोको कारकको रुपमा आएको छ। यो सन्तुलन  पार्टीहरूमा किन मिल्न सक्दैन?
गुटहरू विचारमा आधारित छैनन्। विचारका आधारमा गुट नै हुँदैन थियो, त्यो त राजनीतिक समूह हुन्थ्यो। 
एमालेमै हेर्नुहुन्छ भने जुन गुट भन्ने गरिन्थ्यो नि तिनीहरूलाई अवसर दिनवित्तिकै एउटै भए। अवसर पाउनेको एउटा गुट नपाउनेको अर्को गुट छ पार्टीमा। यदि बैचारिक गुट हुन्थ्यो भने अहिले त्यो समूहले पार्टी छोड्नुपर्ने बाध्यता छ। 

सिद्धान्तका आधारमा पार्टीहरू संचालन हुँदा ठिकै हुन्थ्यो। अहिले व्यवहारवादी राजनीतिमा वैचारिक गुट नभएर लुट्ने गुट बनेका छन्। अहिले पाउने र नपाउने गुट रहेको छ। 

कांग्रेसमा हिजो गिरिजाप्रसाद कोइरालाको विरोधमा रहेका शेरबहादुर देउवा आज उही कोइराला पथमा छन्। कोइरालालाई एकलौटी गरेको आरोप लाग्ने गर्थ्यो। अहिले देउवालाई हेरौं न, उनलाई त गिरिजा बन्न नपाएको कुण्ठा रहेछ। तसर्थ पार्टीको आन्तरिक स्रोत कब्जा गर्ने  र आफू अनुकूलको स्वार्थ समूह बनाउने उद्देश्य रहेछ।

नेपालमा प्रायस पार्टी फुट्ने जुट्ने भइरहन्छ। पार्टी विभाजनमा सैद्धान्तिक कारण नभए पनि पार्टी विभाजनको लागि नेताहरू किन यदि बिघ्न उत्प्ररित भएका होलान्?
यो विशेषगरी वामपन्थी पार्टीहरूमा हुन्छ। यसको कारण वामपन्थीहरू अत्यन्त व्यक्ति केन्द्रित हुन्छन्। उनीहरूको सैद्धान्तिक विचार पनि अत्यन्त परम्परागत छ। यिनीहरूको धारणा के हुन्छ भने सबै ज्ञान उनीहरूमा मात्र छ। त्यसकारण म चाहिँ पार्टीको प्रधिकार हो, अरु मेरा चेला हुन्, उनीहरूले भनेको मान्नु पर्ने भन्ने ठान्छन्। 

आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीमा के छ भने त्यो स्रोतबाट चलाउनु पर्छ भन्ने छ। वामपन्थी जस्तो म जान्ने छु भन्ने दम्म चाहिँ छैन, तर उनीहरूलाई पार्टी कब्जा गर्नका लागि यो उपभोक्तावादी समाजमा पैसा चाहिन्छ भन्ने छ। र, जो सँग धेरै पैसा छ त्यसैले पार्टी कब्जा गर्दछ। त्यहि नेता हुन्छ। साझा संस्थालाई निजी बनाएपछि पार्टीमा बिग्रह आउँछ। त्यहाँ प्रतिशोधले काम गर्छ। बाध्य भएर पार्टीहरू फुट्छन्।
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्