• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपालको राजनीति: पार्टी मृत छ, नेता बाँचिरहेको छ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  १७:४०
1140x725

नेपालका राजनीतिक पार्टीहरुमा किचलो र फुटको शृङ्खला लामो समयदेखि चल्दै आइरहेको छ। सुरुमा किचलो देखिने र निष्कर्षमा फुट्ने पक्रिया रोग जस्तै बनिसकेको छ। अझ रोचक चाहिँ के छ भने विभाजनले औपचारिकता नपाउँदै पार्टी एकीकरण पनि हुने गर्छ। नेपालका दलहरुमा देखिएको आन्तरिक किचलो, पार्टी विभाजनसम्म पुग्नुको कारण के होला? नेपालमा पार्टी फुटको श्रृङ्खलामा केन्द्रित रहेर राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरिएको संवाद: 

अहिले प्राय सबै पार्टीहरूमा किचलो देखिन्छ, वैचारिक वा सैद्धान्तिक भन्दा पनि व्यक्तिगत स्वार्थको टकरावले पार्टीहरु लथालिंग जस्तै छन्। खासमा पार्टीहरूमा यस्तो किन हुन्छ?
यस्तो विषयलाई पार्टीहरूले विभिन्न कुरा गर्छन्। केही पार्टीहरूले यसलाई लोकतन्त्रिक पारिपाटी भन्छन्, केहिले यसलाई जनवादी केन्द्रीयता भन्छन् भने केहिले अर्कै नाम देलान्। 

वास्तवमा यस्तो किचलो हुुनु चाहिँ राज्य सत्ताको दोहोनसँग गएर जोडिन्छ। पार्टीमा जति ठूलो पदमा हुन्छ मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, राजदूत बन्ने र राज्य सत्ताको दोहोनमा केन्द्रित हुने परिपाटी छ। जसले गर्दा पार्टी भनेको सामाजिक संगठन नरहेर अब राज्य दोहोनको एक औजार बन्न पुगे। पार्टीको पदमा झगडा गर्नु भनेको सत्तामा पुग्नको लागि लाइसेन्स तयार गर्नु भन्ने  छ। फेरि भइदिन्छ के भने जोसँग पैसा छ त्यसैले चुनाव जित्छ। फेरि अर्को चुनाव जित्नका लागि पैसा चाहियो, त्यो पैसा कहाँबाट ल्याउने भन्दा राज्य सत्ताबाट दोहोन गरेर अथवा सत्तामा पुगिसकेपछि नीतिगत अपचलन गरेर आर्यआर्जन हुने हो। 

त्यसकारण पार्टीको किचलो अरू कुनै सैद्धान्तिक विमति भएर, सांगठनिक छलफल हुनका लागि नभएर ‘मैले पाइनँ’ भन्ने दृष्टिकोणबाट निस्किन्छन्।

अहिले मूल नेतृत्वमा रहेको पुस्ता विस्थापित भएर नयाँ पुस्ता आए नेपाली राजनीति सुध्रिन्छ कि भन्ने आम अपेक्षा छ। त्यही पार्टी संरचनामा रहेको नयाँ पुस्ताबाट सुधारको अपेक्षा गर्न सकिन्छ त?
सुध्रिन्छ भन्ने अपेक्षा छैन। नयाँ आउने भनेका एकदम क्षमतावानलाई पार्टी संरचनाले बन्ध्याकरण गरेको छ। बन्ध्याकरण के मानेमा भने अहिलेको संरचनामा तिनीहरूले सिधै प्रविष्ट गर्न पाउने अवस्था छैन। यदि पार्टीका विभिन्न तहमा सिधै प्रवेश गर्न पाउने भए पार्टीको अवस्था पनि सुध्रिन्थ्यो होला।

परम्परागत राजनितिक मान्यताभन्दा आधुनिक राजनीतिक मान्यताले राजनीतिक विचारभन्दा पनि सेवा प्रवाहमा जोड दिनु पर्छ भन्ने कुरामा जोड गर्छ। तर, यो होइन कि पार्टीको सिद्धन्त हुँदैन, संरचना हुंदैन। त्यो अवश्य हुन्छ। मूल कुरो चाहिँ आजका मान्छेका समस्यालाई पहिला सम्बोधन गर्नु पर्छ भन्ने हो। तर, नयाँ पुस्ता भनिएकाले यो कुरा बुझेका छैनन्। जस्तै अहिलेका परम्परागत पार्टी भित्र आउनेलाई पार्टीले बन्ध्याकरण नै गरेको छ। 

त्यस्तै नयाँ गर्छु भनेर आएका नयाँ पार्टीहरूले चाहिँ परम्परागत पार्टीहरू प्रतिको रिस, पुरानाले गर्न नसकेको भन्ने आक्रोश मात्र देखिन्छ।

नेपालमा नयाँ पार्टी बन्नका लागि नेपालको सामाजिक परिवेशले माग गर्नु पर्छ। त्यसरी माग गर्दा त्यो समाजले माग गरेको हो कि तपाईंलाई एउटा पार्टी चाहिएको हो? भन्ने कुरामा नेपाली समाज दुविधाग्रस्त छ। त्यसैले नयाँ भनिएका पार्टीमा परम्परागत पार्टीप्रतिको आक्रोश देखिन्छ, तर त्यो आक्रोश सुसंगठित ढङ्गले भने आउन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को पाटोबाट हेर्दा नेपाली समाजले नयाँ आओस् भनेर चाहेको छ। त्यसको वस्तुगत आधार तयार पनि भएको छ। तर त्यस्तो अवस्थालाई बुझेर इच्छाशक्ति भएको नेतृत्व चाहिँ आएको छैन। 

पार्टी भित्रको समस्यालाई लोकतान्त्रिक तवरले भन्दापनि विभाजन गर्ने वा निस्कासन गर्ने परिपाटी रहेको छ। पार्टी भित्र लोकतान्त्रिक तवरबाट यस्ता समस्याको समाधान गर्न किन नसकेका होलान् दलहरूले? नेतृत्वमै समस्या हो कि पार्टी संरचना नै त्यस्तो भएर हो?
वास्तवमा संरचना नेतृत्वले बनाउने हो। संरचनाले नेतृत्व पनि बनाउँछ। नेतृत्व र संरचना एक अर्कोका परिपूरक कुराहरू हुन्। समस्या चाहिँ कहाँनेर आउँछ भने अहिलेको नेतृत्व लामो समयसम्म सांगठनिक रुपमा जाम बनाएर बसेको छ। नेतृत्व ५ बर्ष वा १० बर्षमा परिर्वतन भइसक्नुपर्ने हो। त्यहीभएर हाम्रो लोकतान्त्रिक पार्टीको संरचनालाई के भनिन्छ भने एउटा आदर्श सैद्धान्तिक रुपमा त्यसलाई ‘सेल्फ रेगुलेटिभ’ भनिन्छ।  जसको अर्थ हो स्वनियमकारी। तर, हाम्रोमा त्यस्तो छैन।

संरचनाले समाधान गर्थ्यो होला, तर नेताले के गरे भने त्यो संगठानिक संरचना स्वनियमकारी हुनु पर्ने हो त्यो पहिलै भुत्ते बनाइसकेका छन्। मतलब आफूलाई सहयोग गर्ने किसिमको संरचना बनाएका छन्। 

यो विषयका दुईवटा कुना देख्छु म। एउटा आफूलाई विरोध गर्नेलाई संरचनाबाट बाहिर निकाल्ने र सहयोगी आसेपासेलाई भित्र पार्ने। यसले पार्टी चाहिँ गैरलोकतन्त्रिक बनाउँछ। जसको उदाहरण नेपालका पार्टीहरू हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लोकतान्त्रिक संरचनालाई मारेर, अलोकतान्त्रिक संरचना खडा गरेको कारण अहिलेका नेतृत्वमा रहेका नेता त्यत्रो वर्षसम्म पार्टीमा रहेका छन्। पार्टी मृत छ, नेता बाँचिरहेको छ।  

कम्युनिष्ट र लोकतान्त्रिक पार्टीहरू भित्रको किचलोको कारण एउटै छ कि फरक पारेर हेर्न सकिन्छ?
अलिकति फरक तिनीहको केही प्रक्रियाहरूमा  देखिन्छ। जस्तो केही कम्युनिस्ट पार्टीहरूका निर्लज्ज प्रक्रियाहरू छन्। जस्तो माओवादी केन्द्रलाई हेर्नुहुन्छ भने त्यो असाध्यै अलोकतन्त्रिक र व्यक्तिवादी छ। नेकपा एमाले चौथो माधिवेशनबाट लोकतन्त्रिक ट्र्याकमा जान खोजेको थियो। त्यस्तै, आठौं माधिवेशनबाट चुनाव गर्ने नेतृत्व चयन गर्ने भन्ने थियो, तर त्यसको ढाँचा व्यक्तिवादीनै थियो। यो यसको केही फरक तरिका छ। अरू साना वामपन्थी पार्टीहरू पारिवारिक पार्टीहरू छन्। केही ‘वान म्यान’ पार्टी पनि छन्। 

लोकतन्त्रिक पार्टी भनेको कांग्रेस, मधेशवादी दलहरू हुन्। मधेश केन्द्रित पार्टी पनि मूलत: व्यक्ति केन्द्रित नै हुन्। 

नेपाली कांग्रेसको १४औं माधिवेशनबाट संगठनिक संरचना केही खकुलो बनाइएको छ। युवाहरूले प्रवेश पाएका छन्। जसकाकारण युवाहरू पनि चाँडै चाँडै नेतृत्वमा पुग्न सक्छन्। तर, माथिल्लो नेतृत्वमा भने बुढो गिरोहो छ। त्यो गिरोहो पार्टीमा बुढो हुन्जेल नेतृत्व छोडेको छैन। त्यो लामो समयसम्म पार्टीको नेतृत्वमा बसेको छ। त्यसले पार्टी कब्जा गरेको छ। विधानत: त त्यो प्रजातान्त्रीक देखिन्छ, तर व्यवहारमा त्यो त्यस्तो हुन्न। 

त्यसरी जितेर नेतृत्वमा पुग्न उसले पहिला भोटर बनाउँछ। अनि आफू नेतृत्वमा चुनिन्छ। यद्यपि  अहिलेको महाधिवेशनले उक्त कुरालाई करेक्सन गरेको छ, तर त्यसको नतिजा आउन समय लाग्छ। 

पार्टी नेतृत्वको कार्यशैली एकदमै अपारदर्शी देखिन्छ। व्यक्तिवाद र एकलौटीपन अपनाएको देखिन्छ। एउटै व्यक्तिलाई बारम्बार अवसरको थुप्रो लगाएको देखिन्छ। पार्टीहरूमा यो बाध्यता किन पर्छ?
अहिलेको नेतृत्वका प्रभावशाली नेताहरूलाई आन्तरिक स्रोतको परिचालनबाट किन्ने गरेका छन्। पार्टी भित्र कसले अवसर पाईरहेको छ भनेर हेर्नु हुन्छ भने २०४८ सालबाट २०६३ सम्म जसले अवसर पायो अहिलेसम्म पनि त्यहि नेतृत्वले अवसर पाइरहेको छ। र ती मान्छेको संख्या चाँही ३० देखि  ४० जनाको छ। यसर्थ एउटै तप्काले निरन्तर अवसर पाइरहेको छ। 

पार्टीभित्र धेरै विसङ्गत काम गरेको यो समूहले आफूलाई सहयोग गर्ने मान्छे मात्रै छानेर राख्छ। राम्रा काम गरेका वा अवसर नपाएकालाई झन् झन् बाहिर लान्छ। 

पार्टीको नियमन गर्ने संरचनालाई भत्काएर स्वेच्छाचारी संरचना बनाए पछि आफैं पनि स्वेच्छाचारी बनेका छन्। पार्टी स्वेच्छाचारी, संरचना स्वेच्छाचारी, नेतृत्व स्वेच्छाचारी भएपछि व्यवस्था नै स्वेच्छाचारी भएको छ। 

सबै राजनीतिक दलमा गुट छ। गुटलाई सरल भाषामा वैचारिक समूह पनि भनिन्छ। गुटले पार्टीमा ‘चेक एण्ड ब्यालेन्स’ गर्ने सन्तुलन मिलाउनु पर्ने हो, तर त्यहि गुटनै किचलोको कारकको रुपमा आएको छ। यो सन्तुलन  पार्टीहरूमा किन मिल्न सक्दैन?
गुटहरू विचारमा आधारित छैनन्। विचारका आधारमा गुट नै हुँदैन थियो, त्यो त राजनीतिक समूह हुन्थ्यो। 
एमालेमै हेर्नुहुन्छ भने जुन गुट भन्ने गरिन्थ्यो नि तिनीहरूलाई अवसर दिनवित्तिकै एउटै भए। अवसर पाउनेको एउटा गुट नपाउनेको अर्को गुट छ पार्टीमा। यदि बैचारिक गुट हुन्थ्यो भने अहिले त्यो समूहले पार्टी छोड्नुपर्ने बाध्यता छ। 

सिद्धान्तका आधारमा पार्टीहरू संचालन हुँदा ठिकै हुन्थ्यो। अहिले व्यवहारवादी राजनीतिमा वैचारिक गुट नभएर लुट्ने गुट बनेका छन्। अहिले पाउने र नपाउने गुट रहेको छ। 

कांग्रेसमा हिजो गिरिजाप्रसाद कोइरालाको विरोधमा रहेका शेरबहादुर देउवा आज उही कोइराला पथमा छन्। कोइरालालाई एकलौटी गरेको आरोप लाग्ने गर्थ्यो। अहिले देउवालाई हेरौं न, उनलाई त गिरिजा बन्न नपाएको कुण्ठा रहेछ। तसर्थ पार्टीको आन्तरिक स्रोत कब्जा गर्ने  र आफू अनुकूलको स्वार्थ समूह बनाउने उद्देश्य रहेछ।

नेपालमा प्रायस पार्टी फुट्ने जुट्ने भइरहन्छ। पार्टी विभाजनमा सैद्धान्तिक कारण नभए पनि पार्टी विभाजनको लागि नेताहरू किन यदि बिघ्न उत्प्ररित भएका होलान्?
यो विशेषगरी वामपन्थी पार्टीहरूमा हुन्छ। यसको कारण वामपन्थीहरू अत्यन्त व्यक्ति केन्द्रित हुन्छन्। उनीहरूको सैद्धान्तिक विचार पनि अत्यन्त परम्परागत छ। यिनीहरूको धारणा के हुन्छ भने सबै ज्ञान उनीहरूमा मात्र छ। त्यसकारण म चाहिँ पार्टीको प्रधिकार हो, अरु मेरा चेला हुन्, उनीहरूले भनेको मान्नु पर्ने भन्ने ठान्छन्। 

आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीमा के छ भने त्यो स्रोतबाट चलाउनु पर्छ भन्ने छ। वामपन्थी जस्तो म जान्ने छु भन्ने दम्म चाहिँ छैन, तर उनीहरूलाई पार्टी कब्जा गर्नका लागि यो उपभोक्तावादी समाजमा पैसा चाहिन्छ भन्ने छ। र, जो सँग धेरै पैसा छ त्यसैले पार्टी कब्जा गर्दछ। त्यहि नेता हुन्छ। साझा संस्थालाई निजी बनाएपछि पार्टीमा बिग्रह आउँछ। त्यहाँ प्रतिशोधले काम गर्छ। बाध्य भएर पार्टीहरू फुट्छन्।
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] हामी दशैंमा दरबारमा पनि टीका लगाउन जान्थ्यौँ। पछि दरबारसँग कलाकारको नाताले मेरो राम्रो सम्बन्ध भयो। उहाँहरूले मेरो स्वरलाई मन पराउनु... बुधबार, कात्तिक ४, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढा... मंगलबार, कात्तिक ३, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्