काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सवारी साधनका चालकमाथि निगरानी बढाएको छ। सोमबारदेखि ट्राफिक प्रहरीले सवारीचालकले लागूऔषध सेवन गरी सवारी चलाएको/नचलाएकोबारे चेकजाँच थालेको हो।
यसका लागि ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित चेकजाँच अभियान सुरु गरेको जनाएको छ। चेकजाँचका लागि टीएचसी किटको प्रयोग गरिएको छ।
साथै ट्राफिक प्रहरीले स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाइएकाले कारबाही गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।