• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पहिलो नम्बरमा एसएसपी बनाइएका प्रधानमन्त्रीका नातेदारको एसपीकै ‘कासमू’मा डीआईजी बन्ने दाउ!

64x64
नारायण अधिकारी मंगलबार, साउन १०, २०७९  १४:३६
1140x725

काठमाडौं– सशस्त्र प्रहरी नियमावली, २०७२ नै संशोधन गरेर पहिलो नम्बरमा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरिएका प्रधामन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुँवरलाई बढुवा गर्नकै लागि रिक्त हुँदासमेत नायब महानिरीक्षक (डीआईजी)को बढुवा नियोजित रुपमा रोकियो।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको डीआईजी बढुवा रोक्नका लागि गत बैशाखदेखि नै चलखेल सुरु भएको थियो। गत असार २३ गते सशस्त्र प्रहरी नियमावली संशोधन हुनुअघिसम्म एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी बढुवाका लागि योग्य हुने प्रावधान थियो। पछि यो प्रावधान कुँवरलाई बढुवा गर्नुपरेपछि संशोधन गर्दै ३ वर्षमा झारियो।

चार वर्षे प्रावधानअनुसार गत बैशाख २६ गते नै सि सं. १ का दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत एसएसपी बढुवाका लागि योग्य भइसकेका थिए। यसअघि एसएसपी रिक्त भएकाले उनीहरुलाई कामु एसएसपीको जिम्मेवारीसमेत दिइसकिएको थियो। 

तर, उनीहरुलाई बैशाख २६ गतेपछि लगत्तै एसएसपीमा बढुवा गरिएन। एक महिनापछि जेठ ३० गते बल्ल एसएसपी बढुवाका लागि सिफारिस गरियो।

त्यसको एक सातासम्म उजुरी गर्ने समय नै हुन्छ। उजुरीको समय सकिएपछि सिफारिस सदर भएर बल्ल एसएसपीको दज्र्यानी चिन्ह प्रदान गरिन्छ। सि सं. १ को टोलीले एसएसपीको दज्र्यानी चिन्ह लगाउँदै मध्य असार भइसकेको थियो। रिक्त रहेको तीन डीआईजीको पदमा साउन ६ गते अगावै बढुवा गरिक्नुपर्ने प्रावधान भएकाले उक्त समय अपुग भन्दै कसैको बढुवा गरिएन। 

‘बालुवाटारले चाहेको भए १५ दिनमै बढुवा गरेर डीआईजी बनाउन सक्थ्यो। बैशाखमै ४ वर्ष पूरा भएकाले सि सं. १ को टोलीलाई एसएसपी बनाएर डीआईजी बढुवाका लागि प्रक्रिया सुरु गरिन्थ्यो। तर, दरबन्दी खाली हुँदा पनि नियतवश डीआईजीमा बढुवा गरिएन’ सि संं. १ एक एसएसपीले नेपाल लाइभसँग भने। ती एसएसपीले प्रष्ट नखुलाए पनि बालुवाटारले डीआईजीको दरबन्दी खाली हुँदा पनि बढुवा रोक्नुको कारण उनै व्यक्ति हुन् प्रधानमन्त्री देउवाका नातेदार दीपेन्द्र कुँवर।

साउन ६ गतेदेखि असोज २२ गतेसम्म सशस्त्र प्रहरीको बढुवा रोकिन्छ। यो अवधिमा कार्यसम्पादन मूल्यांकन (कार्य सम्पादन मूल्यांकन) को विवरण भर्ने र संकलन गर्ने समय भएकाले सशस्त्र प्रहरीमा यो बीचमा बढुवा हुँदैन। जसकारण त्यतिन्जेलसम्म अब डीआईजी बढुवाको च्याप्टर क्लोज भएको छ।

एसएसपी बढुवाको पहिलो नम्बरमा आएका प्रधानमन्त्री देउवाका नातेदार तथा सि सं. २ का कुँवर डीआईजी बढुवा रोकिनुपर्ने कारणमा यसरी जोडिन आइपुगेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

साउन ६ गतेभन्दा अगावै नियमावली संशोधन भएकै दिन असार २३ गते बढुवाका लागि सूचना जारी गर्दै कुँवरलाई एसएसपीका लागि सिफारिस गरिएको थियो। बढुवा प्रक्रिया अघिबाटै (असार २३) सुरु भएको भन्दै साउन ७ गते शनिबारको दिन आफ्नो ब्याचको पहिलो नम्बरमा कुँवरलाई बढुवाका लागि सिफारिस गरिएको छ। 

सिफारिस सदर हुनेबित्तिकै कामु एसएसपीबाट कुँवर कन्फर्म एसएसपी हुनेछन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपीबाट डीआईजीमा बढुवा हुनका लागि सेवा हद नलाग्ने भएकाले उनी डीआईजी बढुवाका लागि योग्य ठहरिन्छन्। यही प्रावधानलाई टेकेर शक्तिकेकन्द्रको आडमा कुँवर डीआईजी हुँदै आईजीपी बन्ने लाइनमा छन्। 

बैशाखमै सि सं. १ को टोलीलाई एसएसपी बनाएको भए लगत्तै डीआईजी बढुवाका लागि पर्याप्त समय हुने र साउन ६ अगावै डीआईजी बढुवा हुँदा सि सं. १ को टोलीसँगै डीआईजी बढुवा हुने अवसर कुँवरका लागि बन्द हुन्थ्यो। त्यही भएर कुँवरका लागि सिट सुरक्षित गर्न बालुवाटारले सि सं. १ को टोलीको एसएसपी बढुवा नै ढिलो गर्दै डीआईजी पदलाई रिक्त राखिदियो।  

तर, बढुवाका लागि पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने प्रावधान छ। साउनमा कन्फर्म एसएसपी भएका कुँवरको भने पछिल्लो तीन वर्षको कार्य सम्पादन मूल्यांकन हेर्दा उनको एसएसपीको कार्य सम्पादन मूल्यांकन हुँदैन। असारमै कन्फर्म एसएसपीमा बढुवा भएको भए उनको पछिल्लो वर्षको कार्य सम्पादन मूल्यांकन एसएसपीको हुन्थ्यो। कुँवरलाई आगामी असोज २२ गतेपछि एसएसपीबाट डीआईजीमा बढुवा गरिएको अवस्थामा उनको एसपीकै कार्य सम्पादन मूल्यांकन गणना हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य प्रतिस्पर्धीहरुको एसएसपीकै कार्य सम्पादन मूल्यांकन हुँदाहुँदै उनीहरुलाई पन्छाएर एसपीको कार्य सम्पादन मूल्यांकनको आधारमा डीआईजी बढुवा गर्दा प्राविधिक (कानुनी) समस्या आउनसक्ने सुरक्षाका जानकारहरु बताउँछन्। तर, बालुवाटारको छनक हेर्दा एसएसपी मै रोकिने संकेत नदेखिएको उनीहरुको बुझाइ छ। यस्तो भएको अवस्थामा भोलि संगठनमा अराजकता निम्तिने सुरक्षा विज्ञहरु बताउँछन्।

नियमावली संशोधन नभएको भए आगामी चैतमा मात्रै बढुवाका लागि योग्य हुने कुँवरलाई नियमावली नै संशोधन गरेर बढुवा गर्नुको पछाडि बालुवाटार (प्रधामन्त्री कार्यालय) कै हात छ। ११ औं नम्बरबाट एसएसपी बढुवामा आफ्नो ब्याचीको पहिलो नम्बरमा आएका कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन्। भानु प्रधानमन्त्री देउवाका भतिजा हुन्।

कुँवर तीनै अधिकृत हुन् जो दुई पटकसम्म स्टाफ कलेज फेल भएपछि सेटिङमा पास गरेका थिए। सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। 

उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो। तत्कालीन एआईजी पुष्पराम केसी (पछि आईजी भएर अवकाश) को नेतृत्वमा प्रवेश परीक्षा समिति बनाएर कुँवरलाई पास गरिएको थियो। प्रवेश परीक्षा पास गरेपछि मात्रै शिवपुरीस्थित स्टाफ कलेजमा अवसर पाउँछन्। 

यतिमात्रै होइन यसअघि पनि कुँवरकै कारण सशस्त्रमा एसएसपी पद एक वर्षसम्म रिक्त रहेको थियो। एसपीबाट कामु एसएसपी बन्दा कुँवर ११ नम्बरमा थिए। रोलक्रम नमिची, कासमु नहेरी कामु बढुवा दिइन्छ। जसकारण एसपी बढुवा हुँदा ११ नम्बरमा रहेका कुँवर कामु एसएसपी बन्नका लागि ११ जना एसएसपी पद रिक्त हुनुपथ्र्यो।

२०७७ माघदेखि ८ वटा एसएसपी पद रिक्त हुँदासमेत झण्डै एक वर्षसम्म पद रिक्त राखेर २०७८ मंसिर २९ गते बल्ल कामु एसएसपी बनाइएको थियो। ११ एसएसपीको पद खाली भएपछि ११ औं नम्बरमा रहेका कुँवर कामु बन्न योग्य भएपछि बल्ल कामु एसएसपी दिइएको थियो। 

यो पनि पढ्नुहोस

बालुवाटारदेखि गृहसम्मको प्रहरीमा ‘मोलाहिजा’ : नातेदार छुट्ने भएपछि बढुवा रोक्नेदेखि काजको चरम दुरुपयोगसम्म

यो पनि पढ्नुहोस

सशस्त्रका आईजीको ‘पावर प्ले’: भाषणमा 'रामराज्य', काममा 'हुक्के चिलिमे'!

यो पनि पढ्नुहोस

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवा

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका नातेदारलाई बढुवा गर्न नियमावली संशोधन, एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ!

यो पनि पढ्नुहोस

नियमावली संशोधन गरेर प्रधानमन्त्रीका नातेदारलाई पहिलो नम्बरमा बढुवा

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्