• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पहिलो नम्बरमा एसएसपी बनाइएका प्रधानमन्त्रीका नातेदारको एसपीकै ‘कासमू’मा डीआईजी बन्ने दाउ!

64x64
नारायण अधिकारी मंगलबार, साउन १०, २०७९  १४:३६
1140x725

काठमाडौं– सशस्त्र प्रहरी नियमावली, २०७२ नै संशोधन गरेर पहिलो नम्बरमा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरिएका प्रधामन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुँवरलाई बढुवा गर्नकै लागि रिक्त हुँदासमेत नायब महानिरीक्षक (डीआईजी)को बढुवा नियोजित रुपमा रोकियो।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको डीआईजी बढुवा रोक्नका लागि गत बैशाखदेखि नै चलखेल सुरु भएको थियो। गत असार २३ गते सशस्त्र प्रहरी नियमावली संशोधन हुनुअघिसम्म एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी बढुवाका लागि योग्य हुने प्रावधान थियो। पछि यो प्रावधान कुँवरलाई बढुवा गर्नुपरेपछि संशोधन गर्दै ३ वर्षमा झारियो।

चार वर्षे प्रावधानअनुसार गत बैशाख २६ गते नै सि सं. १ का दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत एसएसपी बढुवाका लागि योग्य भइसकेका थिए। यसअघि एसएसपी रिक्त भएकाले उनीहरुलाई कामु एसएसपीको जिम्मेवारीसमेत दिइसकिएको थियो। 

तर, उनीहरुलाई बैशाख २६ गतेपछि लगत्तै एसएसपीमा बढुवा गरिएन। एक महिनापछि जेठ ३० गते बल्ल एसएसपी बढुवाका लागि सिफारिस गरियो।

त्यसको एक सातासम्म उजुरी गर्ने समय नै हुन्छ। उजुरीको समय सकिएपछि सिफारिस सदर भएर बल्ल एसएसपीको दज्र्यानी चिन्ह प्रदान गरिन्छ। सि सं. १ को टोलीले एसएसपीको दज्र्यानी चिन्ह लगाउँदै मध्य असार भइसकेको थियो। रिक्त रहेको तीन डीआईजीको पदमा साउन ६ गते अगावै बढुवा गरिक्नुपर्ने प्रावधान भएकाले उक्त समय अपुग भन्दै कसैको बढुवा गरिएन। 

‘बालुवाटारले चाहेको भए १५ दिनमै बढुवा गरेर डीआईजी बनाउन सक्थ्यो। बैशाखमै ४ वर्ष पूरा भएकाले सि सं. १ को टोलीलाई एसएसपी बनाएर डीआईजी बढुवाका लागि प्रक्रिया सुरु गरिन्थ्यो। तर, दरबन्दी खाली हुँदा पनि नियतवश डीआईजीमा बढुवा गरिएन’ सि संं. १ एक एसएसपीले नेपाल लाइभसँग भने। ती एसएसपीले प्रष्ट नखुलाए पनि बालुवाटारले डीआईजीको दरबन्दी खाली हुँदा पनि बढुवा रोक्नुको कारण उनै व्यक्ति हुन् प्रधानमन्त्री देउवाका नातेदार दीपेन्द्र कुँवर।

साउन ६ गतेदेखि असोज २२ गतेसम्म सशस्त्र प्रहरीको बढुवा रोकिन्छ। यो अवधिमा कार्यसम्पादन मूल्यांकन (कार्य सम्पादन मूल्यांकन) को विवरण भर्ने र संकलन गर्ने समय भएकाले सशस्त्र प्रहरीमा यो बीचमा बढुवा हुँदैन। जसकारण त्यतिन्जेलसम्म अब डीआईजी बढुवाको च्याप्टर क्लोज भएको छ।

एसएसपी बढुवाको पहिलो नम्बरमा आएका प्रधानमन्त्री देउवाका नातेदार तथा सि सं. २ का कुँवर डीआईजी बढुवा रोकिनुपर्ने कारणमा यसरी जोडिन आइपुगेका छन्। 

Ncell 2
Ncell 2

साउन ६ गतेभन्दा अगावै नियमावली संशोधन भएकै दिन असार २३ गते बढुवाका लागि सूचना जारी गर्दै कुँवरलाई एसएसपीका लागि सिफारिस गरिएको थियो। बढुवा प्रक्रिया अघिबाटै (असार २३) सुरु भएको भन्दै साउन ७ गते शनिबारको दिन आफ्नो ब्याचको पहिलो नम्बरमा कुँवरलाई बढुवाका लागि सिफारिस गरिएको छ। 

सिफारिस सदर हुनेबित्तिकै कामु एसएसपीबाट कुँवर कन्फर्म एसएसपी हुनेछन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपीबाट डीआईजीमा बढुवा हुनका लागि सेवा हद नलाग्ने भएकाले उनी डीआईजी बढुवाका लागि योग्य ठहरिन्छन्। यही प्रावधानलाई टेकेर शक्तिकेकन्द्रको आडमा कुँवर डीआईजी हुँदै आईजीपी बन्ने लाइनमा छन्। 

बैशाखमै सि सं. १ को टोलीलाई एसएसपी बनाएको भए लगत्तै डीआईजी बढुवाका लागि पर्याप्त समय हुने र साउन ६ अगावै डीआईजी बढुवा हुँदा सि सं. १ को टोलीसँगै डीआईजी बढुवा हुने अवसर कुँवरका लागि बन्द हुन्थ्यो। त्यही भएर कुँवरका लागि सिट सुरक्षित गर्न बालुवाटारले सि सं. १ को टोलीको एसएसपी बढुवा नै ढिलो गर्दै डीआईजी पदलाई रिक्त राखिदियो।  

तर, बढुवाका लागि पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने प्रावधान छ। साउनमा कन्फर्म एसएसपी भएका कुँवरको भने पछिल्लो तीन वर्षको कार्य सम्पादन मूल्यांकन हेर्दा उनको एसएसपीको कार्य सम्पादन मूल्यांकन हुँदैन। असारमै कन्फर्म एसएसपीमा बढुवा भएको भए उनको पछिल्लो वर्षको कार्य सम्पादन मूल्यांकन एसएसपीको हुन्थ्यो। कुँवरलाई आगामी असोज २२ गतेपछि एसएसपीबाट डीआईजीमा बढुवा गरिएको अवस्थामा उनको एसपीकै कार्य सम्पादन मूल्यांकन गणना हुन्छ। 

अन्य प्रतिस्पर्धीहरुको एसएसपीकै कार्य सम्पादन मूल्यांकन हुँदाहुँदै उनीहरुलाई पन्छाएर एसपीको कार्य सम्पादन मूल्यांकनको आधारमा डीआईजी बढुवा गर्दा प्राविधिक (कानुनी) समस्या आउनसक्ने सुरक्षाका जानकारहरु बताउँछन्। तर, बालुवाटारको छनक हेर्दा एसएसपी मै रोकिने संकेत नदेखिएको उनीहरुको बुझाइ छ। यस्तो भएको अवस्थामा भोलि संगठनमा अराजकता निम्तिने सुरक्षा विज्ञहरु बताउँछन्।

नियमावली संशोधन नभएको भए आगामी चैतमा मात्रै बढुवाका लागि योग्य हुने कुँवरलाई नियमावली नै संशोधन गरेर बढुवा गर्नुको पछाडि बालुवाटार (प्रधामन्त्री कार्यालय) कै हात छ। ११ औं नम्बरबाट एसएसपी बढुवामा आफ्नो ब्याचीको पहिलो नम्बरमा आएका कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन्। भानु प्रधानमन्त्री देउवाका भतिजा हुन्।

कुँवर तीनै अधिकृत हुन् जो दुई पटकसम्म स्टाफ कलेज फेल भएपछि सेटिङमा पास गरेका थिए। सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। 

उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो। तत्कालीन एआईजी पुष्पराम केसी (पछि आईजी भएर अवकाश) को नेतृत्वमा प्रवेश परीक्षा समिति बनाएर कुँवरलाई पास गरिएको थियो। प्रवेश परीक्षा पास गरेपछि मात्रै शिवपुरीस्थित स्टाफ कलेजमा अवसर पाउँछन्। 

यतिमात्रै होइन यसअघि पनि कुँवरकै कारण सशस्त्रमा एसएसपी पद एक वर्षसम्म रिक्त रहेको थियो। एसपीबाट कामु एसएसपी बन्दा कुँवर ११ नम्बरमा थिए। रोलक्रम नमिची, कासमु नहेरी कामु बढुवा दिइन्छ। जसकारण एसपी बढुवा हुँदा ११ नम्बरमा रहेका कुँवर कामु एसएसपी बन्नका लागि ११ जना एसएसपी पद रिक्त हुनुपथ्र्यो।

२०७७ माघदेखि ८ वटा एसएसपी पद रिक्त हुँदासमेत झण्डै एक वर्षसम्म पद रिक्त राखेर २०७८ मंसिर २९ गते बल्ल कामु एसएसपी बनाइएको थियो। ११ एसएसपीको पद खाली भएपछि ११ औं नम्बरमा रहेका कुँवर कामु बन्न योग्य भएपछि बल्ल कामु एसएसपी दिइएको थियो। 

यो पनि पढ्नुहोस

बालुवाटारदेखि गृहसम्मको प्रहरीमा ‘मोलाहिजा’ : नातेदार छुट्ने भएपछि बढुवा रोक्नेदेखि काजको चरम दुरुपयोगसम्म

यो पनि पढ्नुहोस

सशस्त्रका आईजीको ‘पावर प्ले’: भाषणमा 'रामराज्य', काममा 'हुक्के चिलिमे'!

यो पनि पढ्नुहोस

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवा

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका नातेदारलाई बढुवा गर्न नियमावली संशोधन, एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ!

यो पनि पढ्नुहोस

नियमावली संशोधन गरेर प्रधानमन्त्रीका नातेदारलाई पहिलो नम्बरमा बढुवा

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ... आइतबार, मंसिर २८, २०८२
कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष... आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ। शनिबार, मंसिर २७, २०८२
ताजा समाचारसबै
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ आइतबार, मंसिर २८, २०८२
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस आइतबार, मंसिर २८, २०८२
सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला आइतबार, मंसिर २८, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे छुट्टै अवधारणा पत्र आइतबार, मंसिर २८, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्