• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ यू–२० : नेपाली टोली सदाबहार उपाधि दाबेदार

64x64
दीप सुवेदी सोमबार, साउन ९, २०७९  ०७:३३
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) सही रुपले चल्थ्यो भने यतिबेला नेपाली फुटबल निक्कै व्यस्त हुन्थ्यो। घरकै एक कुनामा थन्किएर बसेका बुट र जर्सीले मात्रै होइन फुटबल खेलेरै पेट पाल्ने सपना बुनेका सयौं खेलाडी मैदानमा उत्रिरहेका हुन्थे। 

तर, एन्फामा देखिएको राजनीतिक र आर्थिक संकटले यतिबेला नेपालमा फुटबलको गतिविधि शून्य छ। जसको असर साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल्ने योजना बुनेर भारतको भुवनेश्वर पुगेको युवा टोलीमा पनि देखिने लगभग पक्का छ।

सोमबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ भने श्रीलंकाले बंगलादेशसँग। भारतको पहिलो खेल २७ जुलाईमा श्रीलंकासँग हुनेछ। नेपाल र माल्दिभ्सबीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा सोमबार नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरू हुनेछ। नेपालले पहिलो खेलमा नै जित हात पार्दै उपाधि जित्ने लक्ष्य बनाएको छ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन्। अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन। तर, हाम्रो टिम बलियो छ। हामी यहाँ जित्न आएका हौं। हामीले जितका लागि तयारी गरेका छौं,’ च्याम्पियनसिपको प्रि–म्याच कन्फ्रेन्समा आइतबार मुख्य प्रशिक्षक मेघराज केसीले भने।

नेपालले यस प्रतियोगिताको लागि २ महिनायता नै तयारी गर्दै आएको थियो। तर, त्यसको अधिकांश समय भने खेलाडी छनोट मै बित्यो। टोलीका मुख्य प्रशिक्षक केसीले खुला छनोटमार्फत् ७०० खेलाडीबाट ३० जना छान्न निकै पापड झेल्नु पर्‍यो। 

बिशेषगरी कोरोना महामारीपछि अस्तव्यस्त बनेको नेपाली फुटबल र नयाँ नेतृत्व पदकै लागि लडिरहँदा आयोजना हुनुपर्ने नेपाल सुपर लिग मात्रै होइन उमेर समूहका प्रतियोगिता पनि सञ्चालन भएनन्। यसले टोली बनाउन निक्कै गाह्रो परेको केसीको भनाइ छ।

‘कोभिडले पनि असर गर्‍यो। यू-२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन। आज भन्दा ५-६ वर्षअघि यू-१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि। तर, अहिले त्यो छैन। त्यसैले अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो,’ केसीले भारत पुग्नु अघि भने।

यसअघि उमेर समूहमा ललित स्मृति यू–१८ च्याम्पियनससिप हुन्थ्यो। त्यसबाट यू–१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो। तर, यसपटक त्यो प्रतियोगिता भएन। जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, उनले खुला छनोटमार्फत् भएपनि ‘ए’ डिभिजन लिगको अनुभव संगालेका आयुष घलना, क्रितिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई जस्ता खेलाडीहरुलाई समेटेर टोली बनाएका छन्। 

आयुष सिनियर राष्ट्रिय टोलीमा नियमित रहँदा क्रितिश र आशिष बन्द प्रशिक्षणमा परिसकेका छन्। अनुभवी र कम अनुभव तर सक्षम खेलाडीहरुको संयोजनले टोली बलियो बनेको र यही टोलीले साफ जित्नेमा ढुक्क छन् प्रशिक्षक केसी।

‘साफ रिजनको कुरा गर्दा सबै टोली एउटै स्तरका छन्। पहिलो म्याच माल्दिभ्ससँग छ। दुवै बराबरीका टिम हुन्। हामीले केही फरक तयारी गरेका छौं। यसमा थप काम गर्न सके उनीहरुलाई सजिलै हराउन सक्नेछौं,’ उनले भने।

यसअघि साफ यू–१८ र साफ यू–१९ को नामबाट प्रतियोगिता भएको थियो। तर, फुटबलको सर्वोच्च निकाय फिफाको प्रतियोगितामा एसियाली टिमलाई पनि प्रतिस्पर्धात्मक बनाउन एएफसीले एसियाली उमेर समूहको प्रतियोगितामा परिवर्तन गरेको छ। जसकारण यसपटक यू–२० लेभलमा प्रतियोगिता हुँदैछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१५ मा पहिलो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना हुँदा घरेलु टोली नेपालले भारतलाई हराउँदै उपाधि उचालेको थियो। त्यसको दुई वर्षपछि भुटानमा यू–१८ को नामबाट भयो। सिंगल राउन्ड रोविन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो।

२०१९ मा तेस्रो संस्करण नेपालमै आयोजना भएको थियो। उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य साथ मैदान उत्रिएको नेपालले अघिल्लो संस्करणमा जस्तो प्रभावसाली खेल प्रदर्शन गर्न सकेन र समूह चरणबाटै बाहिरियो। घरेलु मैदानमा नेपालले माल्दिभ्ससँग बराबरी खेल्दा भुटानसँग पराजित भएको थियो। फाइनलमा भारतले बंगलादेशलाई पराजित गरेर उपाधि जित्यो।

यद्यपि, साफको सदाबहार दाबेदार टोली रहेको भन्दै मुख्य प्रशिक्षक केसीले यसपटक पनि उपाधि रक्षा गर्ने बताए। ‘नेपाल साफको सदाबहार दाबेदार टोली हो। उमेर समूहको टोली मात्र हैन, हामीले व्यवस्थापन सहि तरिकाले अघि बढाउन सक्यौं भने जुनसुकै साफ प्रतियोगिताको दाबेदार रहन्छौं। दाबेदारी प्रस्तुत गर्न सुरुमा प्रदर्शन उच्च रहन पर्‍यो। त्यसमा हामीले विशेष जोड दिएका छौं,’ उनले भने।

सुरुआती ३ अंक
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै महत्त्वपूर्ण ३ अंक जोड्ने लक्ष्य लिएको छ। यसैका लागि धेरै मिहिनेत गरेको कप्तान घलान बताउँछन्। ‘पहिलो म्याच माल्दिभ्ससँग छ। हामीलाई कुनै दवाब छैन। हामी तीन अंकका लागि खेल्नेछौं। हामी अन्तिमसम्म फाइट गर्नेछौं,’ उनले भने।

नेपाल र माल्दिभ्सले यो स्तरमा यसअघि दुई पटक खेलेका छन्। जसमा नेपालले एक खेल जित्दा माल्दिभ्सले एक खेल बराबरीमा रोकेको छ। तर, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले भने नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको बताउँदै खेल्न कठिन हुने बताउँछन्। 

उनले व्यक्तिगत रुपमा भारतलाई बलियो टोली मान्दै नेपालविरुद्धको खेलको नतिजा आफ्नो पक्षमा आउने उनले विश्वास व्यक्त गरे। ‘म व्यक्तिगत रूपमा भारतलाई राम्रो टिम ठान्छु किनभने उनीहरू करिब २-३ वर्षदेखि सँगै छन्। हामीसँग राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भएका तीन खेलाडी छन्। म प्रतियोगिताको लागि धेरै उत्सुक छु,’ उनले भने।

साफ यू–२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउन्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्। 

नेपालले ११ साउनमा श्रीलंका, १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ। सिंगल राउन्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन्।

नेपाली टिम:
गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्