• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ यू–२० : नेपाली टोली सदाबहार उपाधि दाबेदार

64x64
दीप सुवेदी सोमबार, साउन ९, २०७९  ०७:३३
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) सही रुपले चल्थ्यो भने यतिबेला नेपाली फुटबल निक्कै व्यस्त हुन्थ्यो। घरकै एक कुनामा थन्किएर बसेका बुट र जर्सीले मात्रै होइन फुटबल खेलेरै पेट पाल्ने सपना बुनेका सयौं खेलाडी मैदानमा उत्रिरहेका हुन्थे। 

तर, एन्फामा देखिएको राजनीतिक र आर्थिक संकटले यतिबेला नेपालमा फुटबलको गतिविधि शून्य छ। जसको असर साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल्ने योजना बुनेर भारतको भुवनेश्वर पुगेको युवा टोलीमा पनि देखिने लगभग पक्का छ।

सोमबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ भने श्रीलंकाले बंगलादेशसँग। भारतको पहिलो खेल २७ जुलाईमा श्रीलंकासँग हुनेछ। नेपाल र माल्दिभ्सबीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा सोमबार नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरू हुनेछ। नेपालले पहिलो खेलमा नै जित हात पार्दै उपाधि जित्ने लक्ष्य बनाएको छ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन्। अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन। तर, हाम्रो टिम बलियो छ। हामी यहाँ जित्न आएका हौं। हामीले जितका लागि तयारी गरेका छौं,’ च्याम्पियनसिपको प्रि–म्याच कन्फ्रेन्समा आइतबार मुख्य प्रशिक्षक मेघराज केसीले भने।

नेपालले यस प्रतियोगिताको लागि २ महिनायता नै तयारी गर्दै आएको थियो। तर, त्यसको अधिकांश समय भने खेलाडी छनोट मै बित्यो। टोलीका मुख्य प्रशिक्षक केसीले खुला छनोटमार्फत् ७०० खेलाडीबाट ३० जना छान्न निकै पापड झेल्नु पर्‍यो। 

बिशेषगरी कोरोना महामारीपछि अस्तव्यस्त बनेको नेपाली फुटबल र नयाँ नेतृत्व पदकै लागि लडिरहँदा आयोजना हुनुपर्ने नेपाल सुपर लिग मात्रै होइन उमेर समूहका प्रतियोगिता पनि सञ्चालन भएनन्। यसले टोली बनाउन निक्कै गाह्रो परेको केसीको भनाइ छ।

‘कोभिडले पनि असर गर्‍यो। यू-२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन। आज भन्दा ५-६ वर्षअघि यू-१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि। तर, अहिले त्यो छैन। त्यसैले अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो,’ केसीले भारत पुग्नु अघि भने।

यसअघि उमेर समूहमा ललित स्मृति यू–१८ च्याम्पियनससिप हुन्थ्यो। त्यसबाट यू–१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो। तर, यसपटक त्यो प्रतियोगिता भएन। जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, उनले खुला छनोटमार्फत् भएपनि ‘ए’ डिभिजन लिगको अनुभव संगालेका आयुष घलना, क्रितिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई जस्ता खेलाडीहरुलाई समेटेर टोली बनाएका छन्। 

आयुष सिनियर राष्ट्रिय टोलीमा नियमित रहँदा क्रितिश र आशिष बन्द प्रशिक्षणमा परिसकेका छन्। अनुभवी र कम अनुभव तर सक्षम खेलाडीहरुको संयोजनले टोली बलियो बनेको र यही टोलीले साफ जित्नेमा ढुक्क छन् प्रशिक्षक केसी।

‘साफ रिजनको कुरा गर्दा सबै टोली एउटै स्तरका छन्। पहिलो म्याच माल्दिभ्ससँग छ। दुवै बराबरीका टिम हुन्। हामीले केही फरक तयारी गरेका छौं। यसमा थप काम गर्न सके उनीहरुलाई सजिलै हराउन सक्नेछौं,’ उनले भने।

यसअघि साफ यू–१८ र साफ यू–१९ को नामबाट प्रतियोगिता भएको थियो। तर, फुटबलको सर्वोच्च निकाय फिफाको प्रतियोगितामा एसियाली टिमलाई पनि प्रतिस्पर्धात्मक बनाउन एएफसीले एसियाली उमेर समूहको प्रतियोगितामा परिवर्तन गरेको छ। जसकारण यसपटक यू–२० लेभलमा प्रतियोगिता हुँदैछ।

Xtrem

Xtrem

सन् २०१५ मा पहिलो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना हुँदा घरेलु टोली नेपालले भारतलाई हराउँदै उपाधि उचालेको थियो। त्यसको दुई वर्षपछि भुटानमा यू–१८ को नामबाट भयो। सिंगल राउन्ड रोविन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो।

२०१९ मा तेस्रो संस्करण नेपालमै आयोजना भएको थियो। उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य साथ मैदान उत्रिएको नेपालले अघिल्लो संस्करणमा जस्तो प्रभावसाली खेल प्रदर्शन गर्न सकेन र समूह चरणबाटै बाहिरियो। घरेलु मैदानमा नेपालले माल्दिभ्ससँग बराबरी खेल्दा भुटानसँग पराजित भएको थियो। फाइनलमा भारतले बंगलादेशलाई पराजित गरेर उपाधि जित्यो।

यद्यपि, साफको सदाबहार दाबेदार टोली रहेको भन्दै मुख्य प्रशिक्षक केसीले यसपटक पनि उपाधि रक्षा गर्ने बताए। ‘नेपाल साफको सदाबहार दाबेदार टोली हो। उमेर समूहको टोली मात्र हैन, हामीले व्यवस्थापन सहि तरिकाले अघि बढाउन सक्यौं भने जुनसुकै साफ प्रतियोगिताको दाबेदार रहन्छौं। दाबेदारी प्रस्तुत गर्न सुरुमा प्रदर्शन उच्च रहन पर्‍यो। त्यसमा हामीले विशेष जोड दिएका छौं,’ उनले भने।

सुरुआती ३ अंक
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै महत्त्वपूर्ण ३ अंक जोड्ने लक्ष्य लिएको छ। यसैका लागि धेरै मिहिनेत गरेको कप्तान घलान बताउँछन्। ‘पहिलो म्याच माल्दिभ्ससँग छ। हामीलाई कुनै दवाब छैन। हामी तीन अंकका लागि खेल्नेछौं। हामी अन्तिमसम्म फाइट गर्नेछौं,’ उनले भने।

नेपाल र माल्दिभ्सले यो स्तरमा यसअघि दुई पटक खेलेका छन्। जसमा नेपालले एक खेल जित्दा माल्दिभ्सले एक खेल बराबरीमा रोकेको छ। तर, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले भने नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको बताउँदै खेल्न कठिन हुने बताउँछन्। 

उनले व्यक्तिगत रुपमा भारतलाई बलियो टोली मान्दै नेपालविरुद्धको खेलको नतिजा आफ्नो पक्षमा आउने उनले विश्वास व्यक्त गरे। ‘म व्यक्तिगत रूपमा भारतलाई राम्रो टिम ठान्छु किनभने उनीहरू करिब २-३ वर्षदेखि सँगै छन्। हामीसँग राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भएका तीन खेलाडी छन्। म प्रतियोगिताको लागि धेरै उत्सुक छु,’ उनले भने।

साफ यू–२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउन्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्। 

नेपालले ११ साउनमा श्रीलंका, १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ। सिंगल राउन्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन्।

नेपाली टिम:
गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्