• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीको नाममा कन्सल्टेन्सीको ठगी धन्दा

64x64
सुरेन्द्र बजगाईं सोमबार, साउन ९, २०७९  ०७:०५
1140x725

काठमाडौं–सोलुखुम्बुको लिखु पिके गाँउपालिकाका राजकुमार कार्की काठमाडौंको एक होटलमा वेटरको काम गर्दै आएका थिए। तर कोरोना महामारीसँगै उनको रोजगारी गुम्यो।

एक वर्ष अगाडि उनले सामाजिक सञ्जालमा ‘क्रोएसियामा रोजगारीको अवसर’ भन्ने पोस्ट देखे। कोरोनाका कारण लामो समयदेखि कामविहीन बनेका कार्कीले क्रोएसिया जाने सपना देखे। उनी त्यही पोस्टका आधारमा काठमाडौंको बागबजारस्थित व्लु बर्ड इन्स्टीच्युट अफ ल्याङ्वेज एण्ड अब्रोड स्टडीमा पुगे। त्यहाँ उनको पुकार गिरीसँग भेट भयो।

गिरीले उनीहरुलाई क्रोेएसियामा महिनाको एक लाखभन्दा धेरै कमाइ हुने सपना देखाए। जाने लागत साढे ४ लाख रुपैयाँ भने। 

नेपालमा काम गरेर जेनतेन मासिक १८ हजार रुपैयाँ कमाउँदै आएका कार्कीलाई मासिक १ लाख तलबले निकै आकर्षित गर्‍यो। गिरीले भनेको जति पैसा ऋण गरेर भए पनि बुझाउने भए।

कार्कीले कन्सल्टेन्सीलाई केही पैसा आइएमइमार्फत् र केही मोवाइल बैंकिङमार्फत् तिरेका थिए। कार्कीमात्रै होइन, उनका अन्य ४ साथीहरु पनि सँगै गएका थिए। उनीहरुले पनि कार्कीले जसरी नै पैसा कन्सल्टेन्सीलाई बुझाए। 

पैसा बुझाएपछि अब त विदेश जान पाइन्छ र आफूलाई लागेको ऋण तिर्न सकिन्छ भन्नेमा उनीहरु ढुक्क थिए। तर उनीहरुले सोचेजस्तो काम भएन। कन्सल्टेन्सी धाइरहे। तर कन्सल्टेन्सीले उनीहरुलाई विदेश पठाउने कुनै छाँट देखाएन। 

‘हामीलाई विदेश पठाउने कुनै छाँट नदेखेपछि कि क्रोएसिया लैजाऊ, कि पैसा फिर्ता गर भन्यौँ। तर उनीहरुले हाम्रो पैसा फिर्ता गरेनन्’ उनी भन्छन्, ‘हाम्रो जसरी नै त्यो कन्सल्टेन्सीले अरुलाई पनि विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाएर पैसा उठाएको रहेछ। पछि त हामीले कन्सल्टेन्सी घेराउ नै गर्न गयौं।’

तर अहिले कन्सल्टेन्सीका सञ्चालक नै फरार रहेको कार्की बताउँछन्। त्यसपछि उनीहरुले आफूमाथि ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरीसमेत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बागमती गाउँपालिका मकवानपुरका विदुर राई पनि नेपालमा भनेको जस्तो कमाइ नभएकाले वैदेशिक रोजगारीमा जान खोज्दा एस स्क्वायर करियर एण्ड कन्सल्टेन्सीमा पुगेका थिए। साथीमार्फत् जानकारी पाएका उनले उक्त कन्सल्टेन्सीले क्रोएसिया रोजगारीका लागि पठाउने बताए। 

उनलाई क्रोएसिया जान चार लाख लग्ने र ५० हजार पैसा र पासपोर्ट दिएपछि प्रकृया सुरु हुने कन्सल्टेन्सीले बतायो। उनले पनि कन्सल्टेन्सीले भने अनुसारको पैसा र पासपोर्ट बुझाए। तर उनलाई उक्त कन्सल्टेन्सीले एक वर्षसम्म विदेश पठाएन।

यस्तै, धादिङका हस्तबहादुर गुरुङ र सिन्धुपाल्चोककी सपना श्रेष्ठलाई पनि कन्सल्टेन्सीले माल्टा पठाउने भन्दै १ लाख ३५ हजार ठगी गर्‍यो। गुरुङलाई इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिले माल्टामा आकर्षक रोजगारी दिने भन्दै पैसा लिएको थियो। तर उक्त संस्था फर्जी भएको पाइएको छ।

फर्जी संस्थाले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको थाहा पाएपछि गुरुङले वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन्। उनले विभागमा उक्त कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदी, सरु अधिकारी, इन्दिरा पाण्डे, दीपक हमाल तथा सुरजराज पाण्डेका विरुद्ध उजुरी हालेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीले ठगी गरेको भन्दै विभागमा उजुरी गर्ने क्रम बढेको छ। उजुरीको संख्या बढेपछि विभागले केही कन्सल्टेन्सीमा छापा मारेको विभागका निर्देशक कृष्णप्रसाद भुसाल बताउँछन्। 

‘कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउन पाउदैनन्। तर केही कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएको छ। त्यस्तालाई हामीले मुद्दा पनि चलाएका छौ’, भुसालले भने ‘तर सिधा हाम्रो प्रत्यक्ष निगरानीमा नहुने भएकाले कारबाही गर्न पनि गाह्रो छ। तर उनीहरुले कानुनविपरीतका कार्य गरिरहेका छन्।’ 

त्यस्ता कन्सल्टेन्सीविरुद्ध विभागले मद्दा पनि चलाएको छ। संस्थागत मुद्दा चलाउन नमिल्ने भएकाले त्यस्ता कन्सल्टेन्सीविरुद्ध व्यक्तिगत मुद्धा चलाएर वैदेशिक रोजगार न्यायाधीकरणले हेर्ने गरेको छ। त्यसैले कुन कन्सल्टेन्सीले कति ठगी गर्‍यो भनेर विभागमा यकिन विवरण नभएको भुसाल बताउँछन्।

पढेलेखेका नै धेरै ठगको फन्दामा 
विदेश जानका लागि कन्सल्टेन्सी पुग्ने युवाहरुको मुख्य रोजाइ युरोप परेको देखिन्छ। विभागमा परेका मुद्दाको तथ्यांक हेर्दा ५ लाखदेखि १० लाख रुपैयाँसम्म उनीहरुले खर्च गर्ने गरेको पाइएको छ। पढेलेखेका युवाहरु नै वैदेशिक रोजगारी भन्दै कन्सल्टेन्सीको फन्दामा पर्ने गरेका छन्। 

‘युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा, माल्टा, क्रोएसिया, रोमानियाजस्ता देशमा जानका लागि युवाहरु कन्सल्टेन्सीमा पुग्ने गरेका छन्’ विभागका निर्देशक भुसाल भन्छन्, ‘जुन काम गर्नै पाउँदैनन् त्यही काम उनीहरुले गर्ने भन्दै ठगी गरेका छन्। त्यसैले हामीले बेला–बेला यसरी रोजगारीका लागि कन्सल्टेन्सीमा नजानू भनेर सूचना पनि निकाल्ने गरेका छौं। तर पढेलेखेका मानिस नै त्यहाँ पुगेर ठगिएका छन्।’ 

कन्सल्टेन्सीमार्फत् वैदेशिक रोजगारीमा जानु किन गैरकानुनी?
वैदेशिक रोजगारीका पठाउनका लागि म्यानपावर कम्पनीहरु श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत दर्ता हुनुपर्छ। उनीहरुले विदेश पठाउने कामदारसँग निश्चित रकम लिन पाउछन्। यसरी म्यानपावर कम्पनीहरुबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई म्यानपावरले ठगी गर्‍यो, भनेअनुसारका काम पाएनन् वा अन्य कुनै समस्या पर्‍यो भने म्यानपावरको धरौटीबाट पैसा काटी पीडितलाई क्षतिपूर्ति दिन पाउछन्। तर कन्सल्टेन्सीहरु भने दर्ता हुँदा धरौटीको व्यवस्था हुँदैन। त्यसैले उनीहरुले पैसा लिएर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्। 

वैदेशिक रोजगारी ऐन २०६४ बमोजिम इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउँदैनन्। उक्त ऐन अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रका लागि तोकिएबमोजिमको विवरण खुलाई विभागसमक्ष निवेदन दिनुपर्ने हुन्छ। तर एजुकेसन कन्सल्टेन्सीहरु शिक्षा मन्त्रालयमा दर्ता हुन्छन्। उनीहरुले नेपाली विद्यार्थीहरुलाई विदेश पढ्नका लागि परामर्श दिन मात्रै पाउने नेपाल शैक्षिक परामर्श संघ(इक्यान) का महासचिव शेषराज भट्टराई बताउँछन्। 

‘हाम्रो काम भनेको पढ्नका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने मात्रै हो। त्योभन्दा अरु काम गर्ने कन्सल्टेन्सीहरु गैरकानुनी हुन्,’ उनी भन्छन्, ‘यसरी गैरकानुनी काम गर्ने कन्सल्टेन्सीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’

नेपालमा ५ हजारभन्दा धेरै कन्सल्टेन्सीहरु छन्। जसमा १४ सयभन्दा धेरै त शिक्षा मन्त्रालयअन्तर्गत नै दर्ता भएका छन्। त्यसमा पनि ८ सयको हाराहारीमा इक्यानजस्ता छाता संगठनमा नै आबद्ध भएको भट्टराई बताउँछन्। 

इक्यानले वैदेशिक रोजगारीलगायतका अन्य कार्य गर्न नपाउने भनेर २०६३ सालमा नै आचार संहिता बनाएको छ। यसरी गैरकानुनी काम गरेको उजुरी लिएर इक्यानमा विद्यार्थी वा अभिभावक आएर ती सस्थाहरु विरुद्ध कारबाहीका लागि सहजीकरणसमेत आफूहरुले गर्ने भट्टराईको दावी छ। 

धरौटी कम भएपछि कन्सल्टेन्सीको नाममा म्यानपावर सकृय
२०७५ साल यता नेपालमा कन्सल्टेन्सीहरुको संख्या निकै बढेको देखिन्छ। जसको कारण हो वैदेशीक रोजगार ऐन २०६४ मा संसोधन। उक्त ऐनमा म्यानपावर दर्ताका लागि धरौटी र वार्षिक कामदार पठाउने संख्या बढेपछि म्यानपावर व्यवसायीहरु नै कन्सल्टेनसी सञ्चालन गर्न लागेको भट्टराई बताउँछन्।

उक्त ऐन २०७५ सालमा संसोधन गरेर म्यानपावर दर्ता गर्नका लागि वार्षिक ३ हजारसम्म कामदार पठाउने लक्ष्य राखी वैदेशिक रोजगार विभागमा इजाजत माग गर्नुपर्ने नियम छ। 

‘वैदेशिक रोजगारीमा पठाउनका लागि म्यानपावर दर्ता गर्न वैदेशिक रोजगार बोर्डमा २ करोड धरौटी राख्नु पर्छ। ‘वार्षिक ३ हजारसम्म कामदार पठाउने लक्ष्य लिएका सस्थाले धरौटीबापत ५० लाख नगदै र १ करोड ५० लाख बैंक ग्यारेण्टी राख्नु पर्छ। वार्षिक ३ हजारभन्दा धेरै ५ हजारसम्म कामदार पठाउने सस्थाले धरौटी बापत एक करोड नगद र बैंक ग्यारेन्टी ३ करोड राख्नु पर्छ’ उक्त ऐनमा भनिएको छ। 

यही कारणले म्यानपावर व्यावसायीहरु नै कन्सल्टेन्सीमार्फत् वैदेशिक रोजगारीमा पठाउने गरेको इक्यानका महासचिव भट्टराई बताउँछन्। 

‘म्यानपावर दर्ता गर्न नसक्नेहरु कन्सल्टेन्सी सञ्चालन गरेर गलत काम गर्दै छन्,’ उनी भन्छन्।  

समन्वयमा कमी 
शिक्षा मन्त्रालयअन्तर्गत दर्ता भएका त्यस्ता संस्थाहरु श्रम मन्त्रालयमातहत रहेको वैदेशिक रोजगार विभागले हेर्ने कि नहेर्ने भनेर विवाद बढेको देखिन्छ। 

‘कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठायो भने त वैदेशिक रोजगार विभागले हेर्नु पर्छ’,  शर्मा भन्छन्, ‘तर अरु नियमन, कारबाही गर्ने वा दर्ता खारेज गर्नु पर्ने भयो भनेचाहिँ दर्ता गर्ने निकाय (शिक्षा मन्त्रालय)ले नै हेर्नु पर्छ।’

शिक्षा मन्त्रालयले २०७४ पछि कन्सल्टेन्सी दर्ता गरेको छैन। अहिले त्यस्ता शैक्षिक कन्सल्टेन्सीहरु प्रदेशमा नै दर्ता हुन पाउछन्। त्यसले पनि उनीहरुलाई कसले नियमन र अनुगमन गर्ने भन्ने विवाद देखिन्छ। 

तर, दर्ता हुने निकायले नै उनीहरुको अनुगमन र नियमन गर्नु पर्ने वैदेशिक रोजगार विभागको भनाइ छ। 

‘यस्ता संस्थालाई वैदेशिक रोजगार विभागले भन्दा पनि जुन निकायले दर्ता गरेको हो उही बढी तात्नु पर्ने हो कि?’ विभागका निर्देशक भुसाल थप्छन्, ‘त्यस्ता संस्थालाई कारबाही गर्नका लागि कुनै न कुनै कानुन चलाउनु पर्ने हुन्छ। वैदेशिक रोजगारीका लागि भनेर पैसा दिएको खुल्यो भने त उनीहरुलाई हामी कारबाही गर्न सक्छौं। तर धेरैजसो उजुरी गर्न आउनेहरुको डकुमेन्टमा वैदेशिक रोजगारीका लागि भनेरे पैसा दिएको नखुल्नाले हामीले कारबाहीको दायरामा ल्याउन सकेका छैनौं।’ 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्