• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

रोजगारीको प्रमुख गन्तव्य साउदीमा नेपाली श्रमिक किन सधैं समस्यामा?

64x64
सुरेन्द्र बजगाईं आइतबार, साउन ८, २०७९  १०:५०
1140x725

काठमाडौं–साउदी अरबको जेद्दामा वैदेशिक रोजगारीका लागि पुगेका १२ जना नेपाली अलपत्र परेका छन्। उनीहरू करिब एक महिनादेखि त्यहाँ अलपत्र परेका हुन्। 

‘हामी यहाँ आएको एक महिना भयो। अलपत्र पर्ने सबै जना ब्लु ग्यालेक्सी म्यानपावरबाट आएका हौ,’ उनीहरुमध्येका एक युवाले भने, ‘आएको केही दिन हामीलाई यहीको एक होटेलमा राख्यो। ६२ जना साथीहरू आएकोमा ५० जना त घर लागिसके।’ 

उनीहरू भएको होटेलमा कम्पनीका एक जना आएर ‘हिँड जाऊँ’ भने। कम्पनीका प्रतिनिधिको त्यसो भनेपछि उनीहरूले घर पठाउन लाग्यो भन्ने सोचे। उनीहरु आफ्नो झोला बोकेर हिँडे। तर उनीहरूलाई न त काममा पठाइयो, न घर फिर्ता हुन नै पाए। उनीहरू १२ जनालाई २ दिन भनेर एउटा क्याम्पमा राखियो। तर एक महिना हुँदा पनि आफूहरू काममा वा घर कतै पनि जान नपाएको उनको दुखेसो छ। 

उनीहरू बस्ने कोठामा सुत्ने ओछ्यान मात्रै हैन, खाने बस्ने अन्य व्यवस्थासमेत थिएन। यसरी नेपाली दाजुभाइ अलपत्र परेको थाहा पाएर साउदीमा रहेका केही नेपालीहरूले सहयोग गर्दै आएका छन्। 

‘यहाँ छोडेर गएपछि कम्पनीको मान्छे फर्किएर आएको छैन। नेपालबाट रोजगारीको लागि पठाउनेले पनि फोन उठाउँदैन। हामी निकै समस्यामा पर्‍यौं’, आफ्नो दुःखको पोयो फुकाउँदै उनीहरु भन्छन्, ‘यसरी एक महिनादेखि एउटै कोठामा थुनिएर बस्दा हाम्रो स्वास्थ्यमा समेत समस्या देखिन सुरु भएको छ। विभिन्न एलर्जीले होला जिउ चिलाएर खपिसाध्ये छैन। हाम्रो कुरा सुनिदिने मान्छे कोही भएन। एउटै कोठामा थुनिएर बस्नु परेकाले कति बेला आफ्नै घर पुगौँ जस्तो भएको छ।’ 

यस्तै साउदीकै जेद्दामा  १४ जनालाई उनीहरू बसेको होटेलले निकालिदिएको छ। ती नेपालीहरूलाई रोजगारीका लागि बोलाउने कम्पनीले काममा लगाएको छैन। अनि आफैँले राखेको होटेलमा समेत पैसा दिएको छैन। कम्पनीले पैसा नतिरिदिँदा होटेलले निकाल्दिएको उनीहरूको गुनासो छ। 

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि एक महिनाअघि उनीहरु साउदीको जेद्दा पुगेका थिए। तर काम नपाएर अलपत्र परेपछि भने जसरी भए पनि आफ्नै घर फर्कन चाहन्छन्। पीडित नेपाली भन्छन्, ‘कम्पनीले काम गर्न दिएको छैन। बस्न ठाउँ छैन। अब हामी के गर्ने? हामी अन्धकारमा छौं।’

साउदीको खोवारमा पनि १७ जना नेपाली अलपत्र परेका छन्। एक लाख ७० हजारदेखि एक लाख ९० हजार बुझाएर साउदी पुगेका उनीहरू त्यहाँको कम्पनीले रोजगारी नदिएर अलपत्र परेको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कम्पनी एकदमै राम्रो छ। सरकारी कम्पनी भएकाले सेवा सुविधा पनि राम्रो छ भनेर हामीलाई एजेन्टले फसायो। हामी फस्यौ। हामीले जानेनौँ’ पीडितमध्येका एक भन्छन्,  ‘यहाँ आएको ४ महिनामा डेढ महिना काम गर्‍यौं। तर काम गरेको एक रुपैयाँ पनि हातमा परेन।’

आफूहरूलाई खाना खान मात्रै पैसा दिने गरेको उनीहरूको गुनासो छ। नेपालमा भएको सम्झौताभन्दा कममा काम गर भनेर कम्पनीले दुःख दिएको हो। ‘हामी १३ सय मासिक तलब सम्झौता गरेर यहाँ आएका थियौ। तर ८ सय मात्रैमा सम्झौता गर भनेर दबाब दिन सुरु गरे’, उनीहरू भन्छन्,  ‘त्यो पैसाले आफू खाने कि परिवारलाई पठाउने?

उद्धारका लागि हारगुहार
रौतहटका सिकिन्दर महतो केही दिनदेखि वैदेशिक रोजगार विभागका ढोका चहारिरहेका छन्। उनको छोरा विनोद महतो ५ महिनाअगाडि वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका थिए। तर गएको यतिका महिना हुँदासम्म पनि राम्रो काम पाउन सकेका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘नेपालमा १ लाख ५५ हजार खर्च गरेर छोरालाई विदेश पठाएको थिएँ। तर त्यहाँ भनेजस्तो काम भएन’, महतो छोराले सुनाएको दुःख सुनाए, ‘केही महिनापछि त कम्पनीले राम्रो काम लगाउला भनेको त्यो पनि पाएन। त्यसैले छोरालाई नेपालमा नै झिकाउन सकिन्छ कि भनेर यहाँ आएको।’

धनुषा मिथिला नगरपालिका–९ का जयकुमार ठाकुर पनि वैदेशिक रोजगार विभाग नै धाइरहेका छन्। उनका छोरा सरोजकुमार ठाकुर र आफन्तहरू भगवना बाबु धोबी र रामउद्गार महतो रोजगारीका लागि ३ महिनाअघि मात्रै साउदी गएका थिए। तर उनीहरूले त्यहाँ गएदेखि नै काम पाएका छैनन्। उनीहरूलाई त्यहाँ एउटा कोठामा राखिएको छ। अहिलेसम्म पनि काम नपाएकाले नेपालबाट नै केही पैसा पठाएर खाना खर्चको जोहो गरिदिएको ठाकुर बताउछन्। 

 

साउदीका नेपाली भन्छन् – हामीले कति दिन पालिदिने ?
साउदीमा ६ वर्षदेखि काम गरिरहेका दीपक गुभाजु अहिले साउदीमा हजारौँ नेपालीहरू अलपत्र परेको बताउछन्। उनीहरूलाई साउदीका विभिन्न सहरमा राखिएको छ। धेरैचाहिँ साउदीको जेद्दासहरस्थित उत्पाहा र कन्सुदामा छन्। केही भने दमाम सहरमा पनि भएको गुभाजु बताउछन्। 

‘यहाँ अलपत्र नेपालीहरूलाई कम्पनीले त परको कुरा, एम्बेसीले सम्म कुरा सुन्दैन। त्यसैले हामीहरू नै मिलेर खाना खुवाउँदै आएका छौं,’ उनी भन्छन्, ‘के गर्ने परदेशमा आफ्नो देशका मान्छेले दुःख पाउँदा नराम्रो लाग्ने रहेछ।’

त्यसरी अलपत्र पर्ने ४३ जनामध्ये २३ जना १८ जुलाईमा नेपाल फर्किएका छन्। बाँकी २० जना पनि फरक–फरक ठाउँमा भएकाले आफूहरूले मात्रै सहयोग गर्न असमर्थ भएको उनी बताउँछन्। त्यो ४३ जनाको टोलीमा आएका सबै जना फर्कने भएका छन्। फेरि अर्को एकै पटक ६० जना आएकाहरू पनि काम नपाएर अलपत्र परेको उनी बताउछन्। यसरी अलपत्र पर्नेको संख्या हजारौँ हुनसक्ने उनको बुझाई छ।

साउदीमा पहिले गइसकेकाहरूलाई भन्दा नयाँ जानेहरूले धेरै समस्या भोग्नु गुभाजु बताउँछन्। ‘नेपालीहरू सबै कागजात मिले पनि दुःख पाउने गरेका छन्। तर यहाँ कम्पनीले काम दिइहाल्यो भने पनि सम्झौताभन्दा निकै कम तलबमा काम लगाउँछ’ उनले भने। 

किन समस्याको चाङ ?
नेपाली युवाहरूको वैदेशिक रोजगारीका लागि साउदी अरब पहिलो रोजाइमा पर्छ। आर्थिक वर्ष २०७८–७९ को असार ३० गते सम्म ४ लाख ६१ हजार ८०५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसमा १ लाख ८८ हजार ३९८ जनाले त साउदी जान मात्रै श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।  

वैदेशिक रोजगार विभागले पनि अहिले साउदीमा समस्या परेको भनेर उजुरी गर्नेको संख्या बढेको जनाएको छ।

‘त्यहाँ सप्लाई कम्पनीका लागि एउटा कम्पनीले लिएर जान्छ। उसले अन्य कम्पनीहरूमा कामदार पठाउने रहेछ। र, त्यहाँ नेपालमा सम्झौता भए अनुसारको काम नपाउने समस्या आएको छ’ विभागका निर्देशक कृष्णप्रसाद भुसाल भन्छन्, ‘तर श्रमिकहरू अन्य देशमा जानका लागि पनि नेपाल फर्कन चाहेका हुन सक्छन्।’

कोभिड महामारीका कारण साउदीका कम्पनीहरूले श्रमिकहरूको सेवा सुविधा कटौती गरेको थियो। कोभिड सकिएपछि पनि त्यहाँका कम्पनीहरूले सेवा सुविधामा वृद्धि गरेको छैन। तर नेपालीहरूको अर्को गन्तव्य मुलुक मलेसियाले भने कोभिडपछि तलब र सेवा सुविधामा वृद्धि गरेको छ। त्यही कारणले साउदी छोड्न चाहनेको संख्या पनि बढेको छ। 

‘कोभिड महामारीभन्दा पहिले मलेसियाले कामदार लैजान रोक लगाएको थियो। अहिले मलेसिया जान खुल्ला भएको पनि ५–६ महिनामात्रै भयो। सेवा सुविधा पनि थप गरेको छ’ निर्देशक भुसाल भन्छन्, ‘मलेसिया जानसाउदीमा बहाना बनाएर आउनेहरूको संख्या पनि उल्लेख्य छ। तर यसो भन्दैमा साउदीमा समस्या नै नदेखिएको भने हैन। कतिपयका वास्तविक समस्या परेका पनि छन्। त्यस्तालाई हामीले फर्काएका छौं। केही फर्कने प्रक्रियामा नै छन्।’

श्रम सम्झौता नै छैन साउदीसँग
नेपालले २०७२ सालदेखि घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको छ। यदि घरेलु कामदारहरूको  रूपमा विदेश जान चाहेमा नेपालसँग श्रम सम्झौता भएको मुलुकमा मात्रै जान पाउँछन्। तर साउदीमा घरेलु कामदारदेखि उद्योगहरुसम्म काम गर्नका लागि समेत नेपालीहरू जाने गरेका छन्। बर्सेनि झन्डै २ लाख नेपाली जाने साउदीसँग नेपालको श्रम सम्झौता छैन। जसका कारण साउदी पुगेका लाखौँ नेपाली युवा समस्यामा पर्ने गरेका छन्।  अझ नेपालसँग श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को मूल्य मान्यता अनुसारको सेवासुविधाबाट कामदार वञ्चित हुनु परेको छ। 

गत असोजदेखि साउदीमा राजदूतसमेत नहुँदा त्यहाँका कामदारहरू झन् समस्यामा परेका छन्। 

‘साउदी जस्तो नेपालीहरूको प्रमुख गन्तव्य मुलुकमा श्रम सम्झौता गर्न आवश्यक छ। त्यसो भएमा नेपालबाट साउदी जाने नेपाली श्रमिकहरूलाई केही राहत हुन्छ’ निर्देशक भुसालले भने।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्