• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

थपिँदै नेपालमा नै गाडी उत्पादन गर्ने उद्योग

64x64
रासस शुक्रबार, साउन ६, २०७९  १४:४८
1140x725

काठमाडौं– सरकारले चालू आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन्। सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ। पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ। 

गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो।

बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो। पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको चालू आवको बजेटमा भएको विशेष व्यवस्थाका कारण सिमेन्ट र रडकोसमेत निर्यात हुन थालेको छ।

उद्योग विभागको तथ्यांकअनुसार पछिल्लो समय ‘एसेम्बलिङ’ गर्ने उद्योगको सङ्ख्यामा वृद्धि हुन थालेको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी छ वटा उद्योग दर्ता भएका छन्। यसअघि पनि उद्योग दर्ता गर्नेको संख्यामा वृद्धि हुने गरे पनि उद्योग दर्तामै सीमित भएका थिए।  

हाल नेपालमा दुई कम्पनीले मात्र दुईपाङ्ग्रे सवारी साधन उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन्। तथ्यांकमा धेरै उद्योग दर्ता भए पनि हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टिभिएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन्।

गत आव २०७८/७९ मा विभागमा सवारी एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी बनाउन सिजी अटोमोटिभ इन्डस्ट्रिज प्राली, यमाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लु अटो प्राली, विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्राली, दुईपाङ्ग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका हुन्।
  
सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी एसेम्बल गर्न चौधरी समूहअन्तर्गतको सिजी होल्डिङले बाराको परवानीपुरमा एक अर्ब ३१ करोड ६९ लाखको लगानीमा उद्योग दर्ता गरेको छ। उक्त कम्पनीले वार्षिक १० हजार दुईपाङ्ग्रे, तीन हजार तीनपाङ्ग्रे र १० हजार चारपाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राख्दै उद्योग दर्ता गरेको हो।

यस्तै यमाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लु अटो प्रालीले गत असोजमा उद्योग विभागमा दर्ता भएको छ। एमएडब्लु इन्टरप्राइजेजले यमाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने जनाइएको छ।

इ–बोल्ट मोबिलिटी प्राली नामक उद्योग विभागमा दर्ता भएको छ। ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा २४ करोड ३० लाख लगानी गर्ने स्वीकृत भएको छ। इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएको छ।
 
यस्तैगरी दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्राली दर्ता भएको छ। विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीनपाङ्ग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र पाँच हजार तीनपाङ्ग्रे अटोरिक्सा उत्पादन गर्नेगरी ४६ करोड ४५ लाख ९२ हजारको लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो।

एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा चिनिएका व्यवसायी शिवप्रसाद घिमिरेले दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका छन्।

तीन अर्ब बढी लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वड नम्बर ११ मा स्थापना हुने उक्त उद्योगले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपाङ्ग्रे १२ सय थान, विद्युतीय कार–जीप ६०० र इ–बस १२० युनिट उत्पादन गर्नेछ।

इन्टरनल कम्बसन इञ्जिन (आइसिइ) मोटरसाइकल तथा स्कुटर १० हजार ५०० युनिट, आइसिइ तीनपाङ्ग्रे रिक्सा १५ सय युनिट, आइसिइ फोर ह्विलर्स (कार, एसयुभी, जीप) ६०० युनिट र आइसिइ सिक्स ह्विलर्स गाडी ७५० युनिट उत्पादन गर्नेछ।

Xtrem

Xtrem

दुगड अटो क्लिनिक प्रालीले दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ। ३० करोडको लगानी रहने उक्त उद्योगले वार्षिकरुपमा २४ हजार दुईपाङ्ग्रे र चार हजार वटा तीनपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी उद्योग दर्ता भएको हो।

बजेटमार्फत नै सरकारले सवारी एसेम्बलिङ उद्योगमा छुटको घोषणा गरेपछि नयाँ उद्योग दर्ताको सङ्ख्यामा वृद्धि भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। उनले विभिन्न ठूला व्यावसायिक घरानाले नेपालमा नै सवारी एसेम्बलिङ गर्नेगरी उद्योग दर्ता गर्न थालेको बताए। 

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्रबहादुर थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताए। उनका अनुसार अनुसार सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न नेपालमा नै सवारी उत्पादन गर्ने उद्योगलाई छुट दिँदा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो।

उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए। 

'नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्, दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगतरुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन', उनले भने, 'नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा लगानी गर्न व्यवसायी तयार छैनन्।' 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्