• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बजेट निर्माणमा ‘चलखेल’ प्रकरण

जनार्दनविरुद्ध भेटिएन प्रमाण, प्रहरीको रिपोर्ट कुर्दै संसदीय समिति

64x64
दुर्गा दुलाल बिहीबार, साउन ५, २०७९  १६:००
1140x725
बिहीबार बिहान संसदीय विशेष समितिमा बयानका लागि उपस्थित हुने क्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं– आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दरहरु हेरफेर गरेको विषय अहिले संसदीय छानबिनको क्रममा छ। शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् भने उनीमाथि समेत छानबिन गर्न गठित विशेष समितिले पहिलोपटक पाएको १० दिनको म्याद बिहीबार सकिँदैछ। 

सार्वजनिक सञ्चारमाध्यमसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत जोडतोडका साथ उठाएको ‘बजेट निर्माणमा चलखेल’को विषयबारे छानबिन गर्न प्रतिनिधि सभाले असार २२ गते ११ सदस्यीय विशेष समिति गठन गरेको थियो। गठन हुँदा समितिलाई कार्यविधि आफैं बनाउन सक्ने र सभापति चयन गर्ने अधिकारसहित १० दिनको समय उपलब्ध गराएको थियो।  

पहिलोपटकका लागि पाएको म्यादको अन्तिम दिन (बिहीबार) संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिएको छ। बिहान करिब ८ बजेतिर संघीय संसद्‌ सचिवालय सिंहदरबार पुगेका शर्माले करिब ३ घण्टा समितिका सदस्य (सांसद)हरुले सोधेका प्रश्नको जवाफ दिए। 

बयान दिएर निस्किने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदा शर्माले आफ्नो कुरा राखेको बताए। समितिका सदस्यहरुले आफूलाई लागेको कुरा सोधेको र आफूले सबै कुरामा जवाफ दिएको शर्माको भनाइ थियो। 

समितिका एक सदस्यका अनुसार बिहीबार बिहान बयानका लागि पुग्दा शर्मा सुरुमा नर्भस (आशंकित) देखिन्थे। सवालको सुरुवात भने समितिका सभापति लक्ष्मणलाल कर्णले गरेका थिए। सुरुमा शर्मालाई समितिमा स्वागत गरेर छलफलको सुरुवात गरेका कर्णले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता, करका दरको हेरफेर तथा सोसँग सम्बन्धित प्रमाण जनाउने सीसीटीभी फुटेज डिलिट भएकोबारे शर्मालाई प्रश्न गरे। 

कर्णको प्रश्नपछि शर्माले बजेट निर्माण प्रक्रियाबारे विस्तारमा सुनाए। आफूले बजेटमा समावेश गरेका कार्यक्रमबारे पनि उनले समितिका सदस्यहरुलाई ‘ब्रिफ’ गरे। बजेट निर्माणका क्रममा आफू अर्थ मन्त्रालयका अधिकारीसँगै रहेको, सम्बन्धित क्षेत्रका कर्मचारीहरुसँग पटक–पटक छलफल गरेको तथा सँगै पनि रहेको, तर आरोप लगाएको जस्तो बाहिरका (अनधिकृत) व्यक्तिलाई सहभागी गराएर बजेट निर्माण र करका दर हेरफेर नगरेको शर्माले बयान दिए। 

बजेट निर्माणको सन्दर्भमा प्रश्न उठेपछि असार २२ गते पदबाट राजीनामा दिनु अगाडि प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दा राखेकै कुरा शर्माले बिहीबार पनि समितिसमक्ष राखेको एक सदस्यले जानकारी दिए।  

‘उहाँको अधिकांश समय त्यही कुरा दोहोर्‍याएर भन्नुभयो। सभापति र सांसदहरुले प्रश्न गर्दा पनि उहाँको जवाफ उस्तै  थियो। मैले कुनै अनधिकृत व्यक्ति प्रवेश गराएको छैन। बजेट निर्माणको स्थापित विधि र सिद्धान्त बाहिर गएर काम भएको छैन भन्ने कुरा दोहोर्‍याउनुभयो,’ समितिका एक सदस्यले नेपाल लाइभसँग भने। 
 
शर्माले जेठ १४ गते मध्यरातसम्म आफू अर्थ मन्त्रालयमै रहेर सचिवद्वय,बजेट महाशाखा प्रमुख र अन्यसँग छलफल गरेको अनि राति मन्त्रि क्वाटरमा गएर केही समय आराम गर्दै विहान ४ बजे पुन: मन्त्रालय आएको दाबी समितिमा गरे।  उक्त समयमा पनि अर्थ मन्त्रालयका कर्मचारी बाहेक अरु कोही पनि प्रवेश नगरेको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै भएको छैन,’ शर्माको भनाइ उद्धृत गर्दै समितिका ती सदस्यले भने, ‘तपाईंहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न सक्नुहुन्छ। सचिवद्वय र अन्य विभागका मानिसहरुसँग समितिले सोधपुछ पनि गरिसकेको छ। धेरै कुरा उहाँहरुले प्रष्ट पार्नु भएकै होला।’ 

सांसदहरुको प्रश्न– अनधिकृत व्यक्तिको प्रवेश भएको छैन भने  सीसीटीभी फुटेज किन मेटियो?   
सभापति कर्णको सुरुवाती प्रश्नमा शर्माले जवाफ दिइसकेपछि समितिका अन्य सदस्यलाई प्रश्न सोध्ने पालो दिइएको थियो। शर्माकै दल माओवादी केन्द्रका सांसदहरु देव गुरुङ र शक्ति बस्नेतले बजेट निर्माणका क्रममा के भएको हो? भन्दै प्रश्न गरे।   उनीहरुपछि एमाले र नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गरेका थिए। सांसदहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको छैन भने सीसीटीभी फुटेज किन मेटियो भन्दै प्रश्न गरेका थिए। 

जवाफका क्रममा शर्माले बजेट निर्माणका क्रममा जेठ १४ गते अनधिकृत व्यक्ति अर्थ मन्त्रालयका प्रवेश गरेको भन्ने कुरा झुटो भएको दाबी गरे। बजेट निर्माणअघि विभिन्न व्यक्तिहरुसँग छलफल र विज्ञको रुपमा राय सुझाव लिएको र यो नियमित प्रक्रिया भएको शर्माको भनाइ थियो। सीसीटीभी प्राविधिक विषय भएकाले त्यसको फुटेज कहिलेसम्म स्टोर हुन्छ, कहिले सम्मको दृश्य राख्न मिल्छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ थियो। 
 
समितिको म्याद थप होला? 
शर्माको बयानसँगै समितिको बैठक सकिएपछि माओवादी केन्द्रका सांसद गुरुङ र बस्नेत समितिको म्यादबारे आपसी छलफल गर्दै थिए। समितिको हलबाहिर उभिएरै कुराकानी गरिरहेका उनीहरु समितिको म्याद थपभन्दा पनि धेरै कुरा आइसकेकाले प्रतिवेदन लेख्नतिर लाग्नुपर्नेमा सहमत देखिए। 

केही समयपछि समितिका सचिव सुरेन्द्र अर्यालले समय थपका लागि सभामुखलाई पत्र लेख्ने निर्णय भएको जानकारी गराए। समितिले हार्ड डिस्क रिकभर गर्नका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको र त्यसको जवाफ आउदाँसम्म समितिलाई म्याद चाहिने देखिएपछि सभामुखलाई पत्र लेखिएको सचिव अर्यालले जानकारी दिए। 

प्रयोगशालाले उक्त हार्ड डिस्कमा भएका सामाग्रीहरु रिकभर हुनसक्छ कि सक्दैन भन्ने बारेमा अध्ययन भइरहेको भनेपछि समिति थप समय माग्ने निष्कर्षमा पुगेको थियो। समितिले उक्त पत्रको जवाफ आएपछि निष्कर्षमा पुग्न सहज हुने भएकाले कुर्ने निर्णयसहित यस्तो पत्र पठाएको सचिव अर्यालले बताए। अब समितिको म्याद थपको कुरा सभामुख सापकोटाको हातमा पुगेको छ।  सभामुखले समितिको बारेमा बिहीबार नै निर्णय गर्नुपर्ने छ। समितिको म्याद थप नभएमा अहिलेसम्म आएका विषयलाई समेटेर प्रतिवेदन बुझाउनुपर्ने छ। म्याद थप भएमा भने छानबिनका लागि थप समय प्राप्त हुनेछ। 

जनार्दन दोषी ठहरिन्छन्?
अर्थ मन्त्रालय र सिंहदबारमा शर्मा फेरि अर्थमन्त्रीको रुपमा छिट्टै फर्किँदैछन् भन्ने चर्चा चलिरहेको छ। शर्मा बयानका लागि पुग्दा मन्त्रालय र संघीय संसद् सचिवालयमा पनि यस बारेमा चर्चा भइरहेको थियो। संसद् सचिवालयमा भेटिएका  सांसदहरु नै शर्मा पुन: अर्थमन्त्रीको रुपमा फर्किन सक्छन् भन्ने सम्भावना व्यक्त गरिरहेका थिए। 

समितिले छानबिनका लागि थप समय प्राप्त गरेपनि शर्माविरुद्ध प्रमाण हात लाग्ने सम्भावना भने कम छ। यस्तो अवस्थामा समितिले अहिलेसम्मका विषयहरुलाई समेटेर प्रतिवेदन बुझाउनुपर्ने छ। समितिले तयार पार्ने प्रतिवेदनमा शर्मालाई दोषी देखाउने आधार छैन। 

समितिले अहिलेसम्म अर्थ मन्त्रालयका दुई सचिव र मन्त्रालयका कर्मचारीको बयान लिएको छ। यस्तै, सीसीटीभीको पनि ‘अध्ययन’ गरेको छ। तर, अहिलेसम्म भए/गरेका कुराबाट शर्माविरुद्ध ठोस प्रमाण हात पार्न नसकिएको समितिका सदस्यहरु नै बताउँछन्। 

समितिको म्याद केही समय थप भएमा र विधि विज्ञान प्रयोगशालाबाट प्रतिवेदन प्राप्त भएमा त्यहीअनुसार प्रतिवेदन दिने सचिव अर्यालको भनाइ छ। ‘विधिविज्ञान प्रयोगशालाबाट कहिले रिर्पोट आउँछ भन्ने यकिन छैन,’ अर्यालले भने, ‘आवश्यक पर्ने समय थप होला भन्ने अपेक्षा गरौं।’  

मन्त्रालयबाट लिनुपर्ने प्रमाण र सोधपुछ सकिएकाले निष्कर्षमा पुग्नका लागि अब विधिविज्ञान प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टकै प्रतिक्षा छ। रिपोर्ट प्राप्त भइसकेपछि बैठक बसेर रिपोर्टका आधारमा निष्कर्ष निकालेर निर्णय लिइने अर्यालको भनाइ छ। समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने अर्यालले जानकारी दिए। 

संसदीय विशेष समितिमा सत्ता पक्षकै बहुमत छ। सत्ता पक्षीय दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २/२ जना सांसद छन्। यस्तै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १/१ जना सांसद छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४ जना र सत्ता गठबन्धनमा नरहे पनि सरकारलाई समर्थन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टीका १ जना सांसद समितिको सदस्य छन्। सत्ता पक्षका ६ जना सांसद् छन् भने प्रतिपक्षी एमालेका ४ र लोसपाका १ सांसद छन्। शर्माविरुद्ध बहुमतका आधारमा निर्णय गर्दा पनि सत्ता पक्ष नै हाबी हुने देखिन्छ। 

समितिमा एमालेबाट सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यस्तै, लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्। 

सत्ता गठबन्धनका दल नेपाली कांग्रेसबाट मानवबहादुर विक र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीका सरला यादव र  जसपाका सुरेन्द्र यादव सदस्य छन्। 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका रास्वपाको सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता गणेश परा... बिहीबार, भदौ १८, २०८३
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँ... बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्